नेकपा (क्रान्तिकारी माओवादी)पूर्व केन्द्रीय सल्लाहकार तथा सहीद क. विष्णु बास्कोटाका बुवा क.डिल्ली वास्कोटाको निधन

पार्टीका सिसिएम क. सिताराम बुढाथोकीले पार्टीको झण्डा ओढाई श्रद्धान्जली व्यक्त

प्रकाशित मिति : २०७७ श्रावण ३०

२८ स्रावण २०७७
नेकपा(क्रान्तिकारी माओवादी)का पूर्व केन्द्रीय सल्लाहकार तथा सहीद क. विष्णु बास्कोटाका बुवा आदरणिय क. डिल्ली बास्कोटाको निधन यही श्रावण २८ गते भएको छ । उहाँको एक जना सहीदको पिता र क्रान्ति र परिवर्तनप्रति प्रतिवद्ध पार्टी सल्लाहकार सदस्य हुनुहुन्थ्यो ।  उहाँको दाहासंस्कार मोरंगको बुढी गंगा आर्यघाटमा गरियो । नोवल मेडिकल टिचींग अस्पत्तालमा मृगौला उपचारको क्रममा उहाँको निधन भएको थियो । पार्टीका सिसिएम क. सिताराम बुढाथोकीले पार्टीको झण्डा ओढाई  उहाँप्रति भावपुर्ण स्रद्धान्जली, सोकस्तब्ध परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै सम्मानका साथ उहाँको दाहा संस्कार गरियो । उहाँको जन्म २०१३ माघ १७ गते सुन्दर हरैचा न.पा वाड नं ९मा भएको थियो । उहाँको निधनले पार्टीलाई अपूर्णीय क्षेती पुरयाएकोछ ।