कोरोनाविरुद्धको संघर्षमा पहिलो विजय  रुसले कोरोनाविरुद्ध खोप बनायो

कोरोनाविरुद्धको संघर्षमा पहिलो विजय  रुसले कोरोनाविरुद्ध खोप बनायो

 

२९ श्रावण काठमाडौँ,

रुसले कोभिड १९ विरुद्ध खोप तयार पारेको खबरले कोरोनाविरुद्धको संघर्षमा पहिलो विजय  हात लागेको भनिएकोछ , जसले आम मानवजगतमा केही खुसी सञ्चार भएको देखिएको छ । हालै रुसी वैज्ञानिकहरुले अनवरत कोसिसपछि कोभिडविरुद्धको खोपमा उल्लेख्य सफलता हातपारेको बताएपछि मानवजगतमा खुसी सञ्चार भएको हो ।

रुसले कोभिडविरुद्धको खोप तयार पारेको खबरले अन्तराष्ट्रिय बजारमा सुनको मूल््य घटेको अनुमान गरिएकोछ । मङ्गलबार १ लाख १ हजार ६ सयमा कारोबार भएको सुनको भाउ एकै दिन ६ हजार २ सय रुपैयाँ घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायीले जनाएका छन । सुनचाँदी व्यवसायीका अनुसार नेपाली बजारमा एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट भएको पहिलोपटक हो ।

रुसले कोभिड १९ विरुद्धको खोप तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएकाले सुनको मूल्य ओरालो लागेको र डलर बलियो हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको भनाइ छ ।

बुधबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्धको खोपमा प्रभावकारी औषधी तयार भएको भन्दै देशको नियामक निकायले कोरोना भाइरस सङ्क्रमणविरुद्ध एउटा खोपलाई स्वीकृति प्रदान गरेको जानकारी दिएका थिए । साथै उक्त खोप कोरोनाविरुद्ध निकै प्रभावकारी भएको भन्दै आफ्नी एउटी छोरीले पनि उक्त खोप लगाएको पुटिनले बताएका थिए ।

रुसले उक्त खोप प्रभावकारी भएको भन्दै त्यसले मानिसको प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेको छ । यस्तै चीन, अमेरिकालगायत देशका वैज्ञानिकहरुले पनि कोरोनाविरुद्धको खोप तयार गर्न रातदिन लागिपरेको बताएका छन ।