पाेखरा । नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ ले काेराेना संक्रमणबाट मृत्यु भएकाकाे व्यक्तिकाे दाहसंस्कारकाे व्यवस्था मानव वस्तीबाट टाढाकाे क्षेत्रमा गर्न माग गरेकाे छ ।

बुधबार नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ सेक्रेटरी केशबहादुर परियारले विज्ञप्ति जारी गर्दै यस्ताे माग गरेकाे हाे ।

हार्दिक शुभकामना !

विज्ञप्तिमा भनिएकाे छ – संक्रमितहरूकाे शीघ्र स्वास्थ्य उपचार, मृतककाे दाहसंस्कारका लागि मानववस्ती रहित स्थानमा व्यवस्था अविलम्ब गरियाेस् ।

विज्ञप्तिमा भारत तथा तेस्राे मुलुकबाट आएकाहरूलाई व्यवस्थित तरिकाले क्वारेन्टाईनमा राख्न, पिसिआर जाँचलाई तिब्र पार्न गण्डकी प्रदेश सरकार असफल भएकाे भन्दै यसमा विशेष ध्यान दिन प्रदेश सरकारसँग माग समेत गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर