पोखरा । रुकुम सोती घटनाका दोषीलाई कारवाही गर्न माग देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ ले माग गरेको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ४ नं प्रदेश समितिका अध्यक्ष नेत्र रानाभाटद्वारा सोमबार जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो ।
विज्ञप्तिमा रुकुम सोती घटनालाई एक्काइसौ शताव्दीको उत्तराद्र्धमा आई पुग्दा समेत नेपाल जातीय भेदभाव र छुवाछुतवाट ग्रसित घटनाको ज्वलन्त उदाहरण भन्दै दलित युवाहरु माथि र उनका साथीहरुलाई जातीयताको आधारमा गरिएको नृशंस सामुहिक हत्याको घोर निन्दा र भतर््सना गरिएको छ ।
विज्ञप्तिमा हत्यामा ज्यान गुमाउने प्रति सांस्कृतिक शहिद घोषणा गर्न, घाइतेहरुको उपचार गर्न र हत्यामा दोषी उपर कडा कारवाही गर्न नेपाल सरकारसंग माग गरिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर