जनतासँग घनिष्ठ सम्बन्ध बनाउने र सबै विषयमा तिनीहरुसंग छलफल गर्ने कार्यशैली पार्टीको परम्परागत कार्यशैली हो र शक्तिको स्रोत हो, जसले पार्टीलाई सबै दुश्मनलाई हराउन र सबै समस्याको सामना गर्नसक्ने बनाएको छ ।

हार्दिक शुभकामना !

माक्र्सवादले मान्दछ कि जनसमुदाय भनेका इतिहासका मालिक हुन्, तिनीहरु समाजलाई अगाडि बढाउने निर्णायक शक्ति हुन् । जनसमुदाय केबल संसारको भौतिक र आत्मिक सम्पत्तिका निर्माता मात्र होइनन्, बरु तिनका क्रान्तिकारी संघर्षहरु समाजलाई अगाडि बढाउने चालक शक्ति हुन् । दासहरु इतिहासका निर्माता हुन्, यो आधारभूत ऐतिहासिक भौतिकवादी दृष्टिकोण हो । माक्र्स र एंगेल्सले औंल्याउनु भयो, “ऐतिहासिक आन्दोलन जनताको काम हो”, (१५६) र लेनिनले लेख्नुभयो, “जीवन्त, सिर्जनशील समाजवाद जनता कै उपज हो”, (१५७) अध्यक्ष माओले पनि औल्याउनु भएको छ, “जनता र केबल जनता विश्व इतिहासका चालक शक्ति हुन् ।” (१५८) जनतासँंग घनिष्ठ सम्बन्ध बनाउन हामीहरु “जनता नै असली नायक हुन्” भन्ने विचारले सुसज्जित हुनै पर्दछ, क्रान्तिको तागत जनसमुदायमा रहन्छ भन्ने कुरामा विस्वस्त हुनु पर्दछ र इतिहासको निर्माताका रुपमा तिनीहरुको गौरवशाली भूमिकालाई पूर्णतः स्वीकार्नु पर्दछ । हाम्रो पार्टीले जनसमुदायलाई नेतृत्व गर्न सक्ने कारण के हो भने यसले जनताका हितको प्रतिनिधित्व गर्दछ, हार्दिकताका साथ तिनीहरुको सेवा गर्दछ, तिनीहरुमा विश्वास गर्दछ, तिनीहरुमा भर पर्दछ र तिनहिरुसंँग घनिष्ठ सम्बन्ध बनाएर साम्यवादको प्राप्तिका निम्ति संघर्ष गर्दछ ।

जनतासंँग घनिष्ठ सबन्ध बनाउने कुरा हाम्रो पार्टीको गौरवशाली परम्परा हो । जनवादी क्रान्तिका बेला हाम्रो पार्टीले अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशाको नेतृत्वमा जनतालाई परिचालन गरेर र तिनीहरुमा भर परेर जनमुक्ति सेनाको निर्माण ग¥यो र क्रान्तिकारी आधारहरु स्थापना ग¥यो । यसरी, २८ बर्षको वीरतापूर्ण संघर्ष पछि, केबल कोदो र भरुवा बन्दुकको भरमा यसले आफुलाई अपराजेय ठान्ने जापानी फासिवादी लुटेराहरुलाई हराउन र अमेरिकी साम्राज्यवादद्वारा आपुर्ति गरिएको कोमिन्ताङ्गको ८० लाख प्रतिक्रियावादी सेनालाई नामेट पार्न सफल भयो । कठोर संघर्षका ती वर्षहरुमा हाम्रो पार्टी र जनमुक्ति सेनाले सुखदुःख साटासाट गरेर शक्तिशाली दुश्मनलाई पराजित ग¥यो र नया जनवादी क्रान्तिमा पूरा जीत हात पा¥यो । सम्पूर्ण देशको मुक्ति पछि, जनतालाई पुरा परिचालन गरेर र तिनीहरु माथि दृढतापूर्वक भर परेर हाम्रो पार्टीले देशभित्र र बाहिरका दुश्मनहरुद्वारा भड्काइएका अवरोध र तोडफोडलाई ध्वस्त पारिदिएको छ । स्वाधीनता, आत्म–निर्भरता र कठोर संघर्षको क्रान्तिकारी स्पिरिटलाई प्रदर्शन गर्दै र सँधै चौतर्फी नेतृत्व प्रदान गर्दै यसले पुरानो, गरीव, पिछडिएको र संकटग्रस्त चीनलाई सम्बृद्धितर्फ अगाडि बढेको एउटा समाजवादी चीनमा फेरेको छ । माओले व्यक्तिगत रुपमा सुरु गरेर नेतृत्व प्रदान गर्नुभएको महान् सर्बहारा सांस्कृतिक क्रान्तिको प्रक्रियामा हाम्रो पार्टीले ठूलो मात्रामा जनतालाई परिचालन ग¥यो, तिनीहरु माथि भर प¥यो र सर्बहारा वर्गको अधिनायकत्व अन्तर्गत र व्यापक जनवादमार्फत् उग्र आँंधीका रुपमा एउटा जबर्जस्त जनआन्दोलनको उठान गरायो र यसरी महान् सर्बहारा सांस्कृतिक क्रान्तिका क्रममा एउटा लिउ शाओचीले र अर्को लिन पियाओले अगुवाई गरेका दुई बुर्जुवा मुख्यालय ध्वस्त भए र धेरै महत्वपूर्ण जीतहरु हासिल भए । असंख्य तथ्यहरुले यो देखाउँंछन् कि हामीले जनतामा विश्वास गरेको, तीमाथि भर परेको र तिनीहरुसंग घनिष्ठ सम्बन्ध बनाएको स्थितिमा, माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधाराले सुसज्जित जनसमुदायहरु अपराजेय हुन्छन् र हामीले अनिवार्य विजय हासिल गर्ने छौं ।

जनतासंँग घनिष्ठ सम्बन्ध हुने वा तिनीहरुबाट अलग हुने (अथवा जनताबाट डराउने वा क्रान्तिकारी जनआन्दोलनको विरोध गर्ने) कुरा विधिको मात्र प्रश्न होइन, बरु यो त अडान र विश्व दृष्टिकोणसँंग जोडिएको एउटा आधारभूत प्रश्न हो ।ं यो अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशा र दक्षिण तथा “वाम” अवसरवादी कार्यदिशाका बीचमा चल्ने संघर्षको एउटा महत्वपूर्ण प्रश्न हो । अवसरवादी कार्यदिशाका मुखियाहरु सबै आदर्शवादी हुन्छन्, तिनीहरुले हठपूर्वक बुर्जुवाको पक्ष लिन्छन्, सम्पूर्ण तागत लगाएर जनतालाई बदनाम र तिरस्कार गर्दछन् । तिनीहरुले इतिहासका निर्माताका रुपमा जनसमुदायको महत्वपूर्ण भूमिकालाई इन्कार गर्छन्, पार्टीले नेतृत्व गरेका क्रान्तिकारी जनआन्दोलनका विरोधी हुन्छन् र त्यसलाई ध्वंश गर्छन् । पहिलो क्रान्तिकारी गृहयुद्धका बेला दक्षिणपन्थी अवसरवादी कार्यदिशाको मुखिया छन् तु–शुले चिनियाँ सर्बहारा वर्र्ग “वचकाना” छ “यो स्वतन्त्र क्रान्तिकारी शक्ति होइन”, भनेर बद्नाम ग¥यो र चिनियाँ जनता “अनुशासनहीन” र “रुढीवादी” छन्, “तिनीहरुलाई क्रान्तिको पक्षमा तान्न गाह्रो हुन्छ” भन्ने दावी ग¥यो । उसमा क्रान्तिको तागतमा विश्वास थिएन, उसले दक्षिणपन्थी आत्मसमर्पणवादी कार्यदिशा लियो र वीरतापूर्ण क्रान्तिकारी आन्दोलनलाई पराजयमा पु¥यायो । समाजवादको ऐतिहासिक अवधिमा पार्टीको आधारभूत कार्यदिशालाई बदल्नका निम्ति लिउ शाओची, लिन पियाओ र त्यस्तै अरु ठगहरुले पार्टीको जनदिशा र जनतासँंग घनिष्ठ सम्बन्ध बनाउने उत्कृष्ट कार्यशैलीलाई ध्वस्त गर्न आफ्नो पुरै तागत लगाएर काम गरे । “पिछडिएका जनता”को सिद्धान्तलाई खुला रुपमा अगाडि सारेर लिउ शाओचीले “चार सफाई आन्दोलन”का बेला जन परिचालनको विरोध ग¥यो (१६०) र महान सर्बहारा सांस्कृतिक क्रान्तिको अवधिभरि उसले बुर्जुृवा प्रतिक्रियावादी कार्यदिशा लागु ग¥यो र क्रान्तिकारी जनआन्दोलनलाई दबायो । लिन पियाओका सन्दर्भमा, उसले “प्रतिभाको सिद्धान्त”को हल्ला मच्चायो र निर्लज्जतापूर्वक आफूमा “जन्मजात ज्ञान” र “जन्मजात चेतना”भएको भनेर आफैलाई “प्रतिभा”को पगरी गुथायो । साथै, “धनी हुन र मोजमस्ती गर्न” रुचाउने र “तेल, नुन, भट्टको सस, अमिलो र दाउरा” बाहेक अरु केही नचिनेका गंवारका रुपमा व्यवहार गर्दै उसले आम मजदुर तथा किसान जनसमुदायलाई होच्याउंथ्यो । लिन पियाओ र उसको गुटले माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तलाई निषेध गर्न द्वैत कुतर्कको प्रयोग गर्दै “वीर र दासहरु दुबैले संगै मिलेर इतिहासको निर्माण गर्दछन्” भन्ने बकबासको पनि प्रचार गर्दथ्यो । हामीले लिउ शाओची र लिन पियाओका इतिहाससम्बन्धी प्रतिक्रियावादी र आदर्शवादी अवधारणको सांगोपांगो आलोचना गर्नु पर्दछ, जनता र पार्टीका बीचको सम्बन्धलाई निरन्तर बलियो बनाइराख्नु पर्दछ र दशौं महाधिबेशनद्वारा स्थापित गरिएको राजनीतिक कार्यदिशा अनुसार साहसका साथ अगाडि बढनु पर्छ ।

जनता र पार्टीका बीचमा घनिष्ठ सम्बन्ध बनाइराख्न हामीले जनतासँंग छलफल गर्नु पर्दछ र नम्र भएर तिनीहरुको विचार सुन्नु पर्दछ । अध्यक्ष माओले हामीलाई सिकाउनु भएको छ कि “वास्तविक निजी ज्ञान भएका जनताहरु ती हुन्, जुन संसारभरी व्यवहारमा जोडिएका हुन्छन् ।” (१६१) तीन महत्वपूर्ण क्रान्तिकारी आन्दोलनको अग्र मोर्चामा लडेका आम जनसमुदामा गहिरो व्यावहारिक ज्ञान हुन्छ । जनताका बिचारलाई नम्र भै सुनेर र तिनीहरुसँंग छलफल गरेर मात्र हामीले तिनीहरुको ज्ञानलाई केन्द्रीत गर्न सक्छौं, तिनीहरुको नयांँ खोजलाई प्रयोग गर्न सक्छौं, अनुभवलाई संश्लेषण गर्न सक्छौं र क्रान्तिकारी व्यवहारलाई नेतृत्व गर्न आवश्यक सही ज्ञान प्राप्त गर्न सक्छौं । जनतासँंग छलफल गर्न हामीले तिनीहरुको विचार सुन्नु पर्दछ । हाम्रो काम गर्ने सिप पुगेन भने, अपठ््यारो आई प¥यो भने वा हाम्रो अनुभव पुगेन भने हामीले जनताबाट तिनीहरुको विचार सुन्नु पर्दछ र हामीले परिस्थिति बुझे पनि, काम राम्रोसंग अगाडि बढे पनि र हामीले जिते पनि यो आवश्यक भैरहन्छ । उनीहरुसंँग सहमत भए पनि नभए पनि हामीले जनताका सबै विचारलाई सुन्नु पर्दछ । हामीले सबैलाई आफ्नो भनाइ बोल्न दिनु पर्दछ, तिनीहरुको मनमा के छ जनतालाई अभिव्यक्त गर्न दिनु पर्दछ । हामीले जनताको ज्ञानलाई जम्मा गर्नु पर्दछ, कुन मूल्यको छ, कुन छैन छुट्याउनु पर्दछ र माओ त्सेतुङ्ग विचारधाराका आधारमा सोचाईमा एकरुपता प्राप्त गर्नु पर्दछ । त्यसरी मात्र हामीले जनताको पहलकदमी र सिर्जनशीलतालाई पूरा अगाडि ल्याउन सक्छौं, तिनीहरुको ज्ञानलाई पुरा एकत्रित गर्न सक्छौं र क्रान्ति तथा निर्माणको विकासका निमित्त थप प्रेरणा दिन सक्छौं । केही कमरेडहरुले आफुमात्र बोल्न चाहन्छन् र जनतालाई आफ्नो विचार राख्न दिंदैनन् । अनुसन्धानको काम होस् वा समस्या समाधान गर्न होस्, समस्याको समाधान गर्ने आफुमात्र हुन चाहन्छन्, तिनीहरुले अरु कसैलाई बोल्न दिंदैनन्, जनताले त अरुले भनेको सुन्ने र आदेश मान्ने मात्र हो भन्ने ठान्छन् । यस्तो कार्यशैली पूर्णतः गलत छ, यसले जनतालाई आफ्नो विचार व्यक्त गर्नबाट पुरै रोक्दछ, तिनीहरुको पहलकदमी कमजोर हुन्छ र पार्टी र तिनीहरुका बीचको सम्बन्ध बिग्रन्छ ।


जनतासँंग घनिष्ठ सम्बन्ध कायम राख्न, हाम्रोे उनीहरुप्रति सही दृष्टिकोण हुनु पर्दछ र तिनीहरुलाई सही व्यवहार गर्नु पर्दछ । माक्र्सवादले मान्दछ कि जनतामा विस्वास गरेर, जनतामा भर परेर र जनतासँंग घनिष्ठ सम्बन्ध बनाएर मात्र प्रत्येक व्यक्तिले आफ्नो भूमिका खेल्न सक्दछ र जनसमुदायको उद्देश्यमा राम्रो योगदान पु¥याउन सक्छ । यदि व्यक्तिको भूमिकालाई बढी मूल्यांकन र जनसमुदायको भूमिकालाई कम मूल्यांकन गछौं भने, यदि हामीले गरेको जति सबै राम्रो र जनताले गरेको सबै नराम्रो भन्नेमा विश्वास गर्छौं भने हामीले जनता र व्यक्तिको अवस्थिति उल्ट्याई दिने छौं र ऐतिहासिक आदर्शवादमा चिप्लिने छौं । जहाँंसम्म पार्टीका कार्यकर्ताहरु र सदस्यताको कुरा छ जनतालाई सही व्यवहार गर्नका निम्ति तिनीहरु स्वेच्छाले जनताका विद्यार्थी हुनु पर्दछ, नम्र भएर तिनीहरुबाट सिक्नु पर्दछ, जनताले तिनीहरुलाई सामान्य श्रमजीवि व्यक्तिका रुपमा देख्नु पर्दछ र जनताका बीचमा गहिरो जरा गाडनु पर्दछ । पार्टीका कार्यकर्ताहरुले सामुहिक उत्पादन श्रममा भाग लिईराख्नु पर्दछ, श्रमजीवि जनताको विशेषतालाई बचाई राख्नु पर्दछ र जनतासंग रहिराख्नु पर्दछ ।

जनतालाई सही ढङ्गले नेतृत्व गर्नका निम्ति हामीले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई कसरी प्रयोग गर्ने भन्ने पनि जान्नु पर्दछ । कम्युनिष्ट पार्टीका सदस्यहरका निम्ति जनतासंँग घनिष्ठ सम्बन्ध बनाउने भन्नुको अर्थ जनताबाट सिक्नु हो, यसको अर्थ तिनलाई सशस्त्र गर्न र संगठित गर्नका निम्ति तिनीहरुको बीचमा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई प्रचार गर्नु हो । जहाँंसम्म जनतासँंग व्यवहार गर्ने विधिको प्रश्न छ, एकातिर हामीले “नेतृत्व सर्बज्ञानी हुन्छ”, “जनता पिछडिएको हुन्छ” भन्ने सिद्धान्तका विरुद्ध लड्नु पर्दछ र नोकरशाही तथा आदेशात्मक गलत कार्य शैलीलाई पराजित गर्नु पर्दछ र अर्कोतिर “जनताले त्यस्तै चाहन्छन् भने होस्” भन्ने सोचको विरोध गर्नु पर्दछ र पुच्छरवादको हानिकारक प्रवृत्तिलाई पराजित गर्नु पर्दछ । यो तरिकाले मात्र हामीले अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशालाई सही ढङ्गले लागु गर्न पार्टीको कामलाई राम्ररी सम्पन्न गर्न सक्छौं ।

जनतासंँग घनिष्ठ सम्बन्ध कायम राख्न, हामीले नम्र, विवेकी र कठोर संघर्षको कार्यशैली अपनाउनु पर्दछ । हामी कम्युनिष्ट पार्टीका सदस्यहरुले सधै जनताले फेर्ने हावाको सासफेर्नु पर्दछ र उही भाग्य बांँड्नु पर्दछ, हामीले आराम र आनन्द खोज्नु हँुदैन र कठोर जीवनलाई तिरस्कार गर्नु हुंदैन । हाम्रो पदोन्नति भयो भने पनि हामीले नम्र, विवेकी र जनतासंँग घनिष्ठ सम्बन्ध बनाउने कार्यशैली बिर्सनु हँुदैन, हाम्रो जीवनस्तर राम्रो भए पनि हामीले कठोर संघर्षको शैली छाड्नु हँुदैन । यसरी मात्र हामीले बुर्जुवा विचार र जीवन शैलीले गर्ने भ्रष्टीकरणको प्रभावकारी ढङ्गले विरोध गर्न सक्नेछौं, हामी जनताबाट अलग हुने छैनौं र यसरी क्रान्ति र निर्माणमा अरु ठूला जित हात पार्नका निम्ति हाम्रो पार्टीको जनतासँंगको सम्बन्ध सँधैं माछाको सम्बन्ध पानीसँंग जस्तो हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर