विपरित तत्व बीचको एकता र संघर्षका नियमवारे

विपरित तत्व बीचको एकता र संघर्षका नियमवारे

द्धन्द्धात्मक भौतिकवादी दर्शनले यो विश्वमा जे जति  विपरित तत्वहरु छन् तीनिहरुको एकता र संघर्ष दुवै ह«न्छ भन्दछ ।  त्यसैले द्धन्द्धात्मक भौतिकवादलाई एकता र संघर्षका नियमहरू बुझाउने दर्शन हो भनिन्छ । यसको एउटा आधारभूत नियम भनेको विरोधी पक्षहरू ज लाई यहाँ विपरितहरू भनिन्छ, को एकताको वा एकत्वको र उनीहरु बीच संघर्षको नियम हो । यो भनेको निकटका मित्र शक्तिहरूसँग घनिष्ट एकता र तत्कालिन प्रमुख शत्रुसँग संघर्ष । तर नेपालको कम्युनिस्ट आन्दोलनमा द्धन्द्धवादको अर्थ निकटका मित्र शक्तिहरूसँग नै सधै लडाई, झगडा गर्ने र सत्ताको लागि भने क्रान्ति र परिवर्तनका प्रधान सत्रुसँग समेत एकता गर्न बाँकी नराख्ने, जसको परिणाम पार्टी विभिन्न गुट उपगुटमा विभाजित भएर जाने र जनतामा सधैभरी भ्रम र अन्यौलता मात्रै सृजना गर्ने रहदै आएको छ ।
यहाँनेर ‘एकता’ र ‘संघर्ष’ दुइ शव्दहरू छन् जसलाई अथ्र्याउन« आवश्यक छ । लेनिनको भनाइमा ‘एकता’को अर्थ होः प्रथम, हरेक वस्त«हरूभित्र विद्यमान अन्तर्विरोधी पक्षहरू भएका कारणले तिनीहरूको बीचमा संघर्ष हुन्छ र यही संघर्षले गर्दा त्यसमा गति हुन्छ । तर ती पक्षहरू एकअर्कोबाट छुट्टिएर रहने नभई संगसंगै, अन्तर्सम्वन्धित रहन्छन् । एक पक्षको अभावमा अर्को पक्षको अस्तित्व रहन सकदैन् । ती विरोधी पक्षहरू कस्तो ढंगबाट एकसाथ र आपसी निर्भरतामा बाँधिएर रहेका हुन्छन् भने एउटा पक्ष अर्काको अस्तित्वको अवस्थामा बन्दछ । उदाहरणको रूपमा, जीवन नभए मृत्यु हुँदैन, मृत्य नभए जीवन हुँदैन । त्यसैगरी विजय र पराजय, अन्धकार र प्रकाश, तल र माथि, शोषक र शोषित, सर्वहारा र पुँजीपति, मोही किसान र सामन्त, प्रतिक्रान्ति र क्रान्ति आदि । यसरी प्रकृति र समाजको हर चीजमा हुने विरोधी पक्षहरूमा एकता, अन्तर्सम्वन्ध, अन्तरनिर्भरताको चरित्र हुन्छ र ती पक्षहरू संगसगै अभिन्न रूपमा रहन्छन् । एकताको एउटा अर्थ यो हो ।
एकताको अर्को अर्थ के हो भने कुनै खास अवस्थामा अन्तर्विरोधी पक्षहरूमा प्रत्येकले आफूलाई विरोधीको स्थितिमा फेर्छ । यसवारे क. माओले एउटा राम्रो उदाहरण दिनुभएको छ र भन्नु भएको छ “ युद्ध र शान्तिले एकले अर्कोमा आफूलाइ फेर्छन् । युद्ध शान्तिमा फेरिन्छ र शान्ति युद्धमा फेरिन्छ ।”
नेपालको माओवादी जनयुद्ध कतिपटक युद्धविरामको रूपमा शान्तिमा फेरिएको थियो र फेरि यद्धविराम भंग भएर शान्ति जनयुद्धमा फेरिएको थियो । अहिले पनि विद्यमान शान्ति भोली पुनः रक्तपातपूर्ण जनयुद्धमा वा सशस्त्र जनविद्रोहमा नफेरिएला भन्न सकिदैन् । माओवादीको जनयुद्धका कारण उत्पन्न युद्धरत अवस्था भोली माओवादी र सरकारले सशस्त्र जनविद्रोहमा  फेरिने सम्भावना रहिरहन्छ । अहिले पनि चलिरहेको शान्तिप्रक्रिया अगाडि बढिरहेको छ । यहि अघि बढिरहेको शान्तिप्रक्रियालाई यदि नेपालका राजनीतिक दलहरूले यसलाई देश, जनता र परिवर्तनका लागि राम्रोसंग उपयोग गर्दै व्यवस्थापन गर्न सकेनन् भने यो प्रक्रिया फेरी द्धन्द्ध र अशान्तिमा नफेरिएला भन्न सकिदैन् ।  किन यसो हुन्छ भन्नेवारे लेनिन भन्नु हुन्छ “वर्गविभक्त समाजमा खास अवस्थाहरूमा युद्ध र शान्तिबीच यसखालको एकता रहेको हुन्छ ।”
त्यसैगरी शासक शासितमा र शासित शासकमा फेरिएका घटनाहरू इतिहासमा प्रशस्त छन् । सन १९१७ अगाडि शासित रहेका रसियाली सर्वहारावर्ग अक्टोवर समाजवादी क्रान्तिद्धारा शासकमा फेरिए भने त्यसवेलासम्मको शासक पुँजीपतिवर्ग शासितमा फेरिए । चीन, भियतनाम आदि अनेक देशहरूमा शासित स्थितिमा रहेका जनताहरू क्रान्तिद्धारा शासकमा फेरिएका छन् ।
हाम्रै देशको उदाहरणमा पनि आफ्नो निहीत वर्गस्वार्थले गर्दा २०६२÷२०६३को जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक दलहरू र नागरिक समाजका अगुवाहरू अहिलेको अवस्थामा क्रान्ति तथा जनविरोधीमा फेरिएका छन् । त्यसैगरी दशवर्षे जनयुद्धलाई सफलतापूर्वक नेतृत्व गरेका माओवादी नेताहरूले जनयुद्धमा प्रभावकारी नेतृत्व गरेका मध्ये केहीले क्रान्तिबाट थाकेर वा नयाँ वदलिएको परिस्थितिमा जनयुद्धको सान्दर्भिकता  छैन् भन्दै पुँजीपति र सामन्तवर्गले चाहे जस्तो शान्ति र संविधानको पक्षमा लागेको उदाहरण छ  । त्यही पार्टीभित्रका केहिले नयाँ वदलिएको परिस्थितिमा पनि उही २०५२ सालको जस्तै पुरानै खालको दृघकालीन जनयुद्धको सान्दर्भिकता देखिरहेका पनि छन् भने वाँकी केहीले अहिलेको वदलिएको राजनीतिक परिस्थितिमा नयँ खालको आन्दोलनको र सशस्त्र जनविद्रोहको कार्यदिशा का लागि तैयारीमा लागेका छन् ।
यसरी एउटै माओवादी पार्टीमा पनि विभिन्न विपरित विचारहरू आउन सक्छन् र अहिले आइरहेका पनि छन् । एउटा क्रान्तिकारी पार्टीमा यसो हुनुलाई पुरै गलत भन्न मिल्दैन् । तर ती सबै बीचार समुहहरूलाई क्रान्ति र अग्रगमनकारी परिवर्तनको लागि जनवादी केन्द्रीयताका आधारमा कसैलाई निषेद नगर्ने तरिकाले पार्टीभित्रको अन्तरसङ्घर्षलाई सञ्चालन र व्यवस्थापन गर्ने हो भने पार्टीभित्रको एकता अझ मजवुत वन्दै जान्छ ।   यो सत्य हो, दशवर्षे जनयुद्धको लागि  सकारात्मक भूमिका खेलेको नेतृत्व पछि आएर अहिलेको अवस्थामा दक्षिणपन्थी संसोधनवादी कित्तामा फेरिएको उदाहरण ताजै छ । त्यसैगरी अहिलेका गणतन्त्रवादीहरू निरङ्कुश राजावादी वा सेरिमोनियल राजावादी पक्षमा उभिने सम्भावनालाई पनि पुरै इन्कार गर्न सकिने  अवस्था टरेको छैन् । तर पनि शान्ति र संविधानभित्र जनविद्रोहको सम्भावना छदैछैन् भनेर जनविद्रोहको सम्भावना नै छैन् भन्नु गल्ती ठहर्छ । त्यसभित्र त्यसको तयारी पनि आवश्यक छ । अहिलेको परिस्थितिमा सशस्त्र जनविद्रोहको सम्भावनालाई ठाडै अस्विकार गर्ने र संसदवादमानै रमाउन चाहने तर आफूलाई माओवादी चाही भन्न रुचाउने माओवादीहरुको कमि छैन ।  तर ती संसवदादी माओवादी भित्र पनि भ्रममा परेर रहेका र क्रान्तिप्रति आशावादीहरुको बलियो उपस्थितिलाई  पुरै इन्कार गर्नु माक्र्सवादी दृष्टिकोण नभै अधिूतवादी दृष्टिकोण हो । किनभने अधिभूतवादले प्रकृति र समाजमा विद्धमान हरेक वस्तु र प्रक्रियालाई स्थिरता, अलगाउ, एकपक्षीयता र परिवर्तनहीनताको अवस्थामा देख्दछ । यसको उल्टो द्धन्द्धवादले हरेक वस्तु, प्रक्रिया र विश्वलाई गति, पारस्परिक अन्तःसम्वन्ध, बहुविधता र परिवर्तनको अवस्थामा देख्दछ । यसरी कुनै अन्तर्विरोधमा बिरोधी पक्षहरूको एकताको वास्तविक अर्थ यहि हो । धेरैको सोचाइ के हुने गरेको छ भने यसरी कुनै निस्चित कार्य वा सवालमा विरोधी पक्षहरूको बीचमा एकता भयो भने त्यो एकताको मतलव तिनीहरूका माझ संघर्ष हुँदैन् र हुनु हुँदैन् भन्ने रहेको हुन्छ र तिनीहरू सानो भन्दा सानो आलोचना पनि मन पराउँदैनन्, विरोध गर्छन ।
विपरितहरूको बीचको एकता र तिनीहरूबीचको संघर्षको नियमअनुसार हरेक वस्तु र प्रक्रियामा एकता र संघर्ष सँगसँगै रहने कुरा अंगिकार गर्दछ  र यसले एकतालाई सापेक्ष (यसको अर्थ विश्वको कुनै पनि कुरा आफैमा स्वतन्त्र नभएर एक अर्कासित कुनै न कुनै रूपमा सम्वन्ध हुन्छ भनेर मान्ने सिद्धान्त) र संघर्षलाई निरपेक्ष(असम्वन्धित) रूपमा लिन्छ र विपरितहरू एक अर्कोमा गुणात्मक ढंगले बदलिने कुरा स्वीकार गर्दछ । यसरी भौतिकवादी द्धन्दवादले वावविवाद मात्रै होइन, सम्वाद, संश्लेषण वा गुणात्मक फड्कोलाई अंगिकार गर्छ । बहुलवाद इतिहासमा जस्तै आज पनि कम्युनिस्ट आन्दोलनभित्रको दुई लाइन संघर्षसम्म मात्रै सिमित छैन् । जसरी भौतिकवादी द्धन्दवाद सिंगो प्रकृति, चिन्तन र वर्गसंघर्षको विशाल क्षेत्रसम्म फैलिएको छ, त्यसैगरी बहुलवादको परिधी पनि फैलिएको छ । विपरितहरूको एकताको नियमको अध्यन, विकास र बहसमा हामी जति स्पष्ट हुन्छौ त्यति नै अनेक खालका संशोधनवादी अवसरवादीसँगका विचारधारात्मक संघर्षमा सफलता प्राप्त गर्न सक्छौ ।
प्रथम विपरितहरूबीच एकता हुन्छ वा हुँदैन् ? यदि विपरितहरूबीच एकता हुन्छ भने त्यो कस्तो हुन्छ ? दोस्रो एकको दुईमा विभाजन हुन्छ वा दुइको एकमा संयोजन ? यी प्रश्नहरूबारे कम्तीमा पनि माक्र्सवादका अनुयायीहरूमा दार्शनिक स्पष्टता हुन सक्यो भने यसले उनीहरूमा पार्टीमा वेलावेलामा आउने र आउन सक्ने विवाद र क्रान्ति र परिवर्तनका लागि पार्टीमा हुने एकतालाई असहज र हुनै नहुने घटनाका रूपमा लिदैनन्, परिणाम माक्र्सवादका अनुयायीहरूमा पार्टीभित्रको विवादले पार्टी, क्रान्ति र परिवर्तनप्रति नैरास्यता आउने र पार्टीमा एकताका केही सकारात्मक घटना हुँदा वित्तिकै त्यसलाई लिएर उछलकुद गर्ने निम्नपुँजीवादी रोगले ग्रसित वन्ने सम्भावना कम हुने छ । यो वर्तमानमा नेपालको कम्युनिस्ट आन्दोलनबारे पनि सत्य हो । यसैलाई नेपालको कम्युनिस्ट आनदोलनमा व्यवहारमा अपनाउन नस्कनुको परिणाम द्धन्द्धवादको नाममा आफ्नै निकटका मित्र शक्तिहरूसँग सधैभरि अस्वस्थ लडाई र झगडा भएका छन् एउटै पार्टीभित्र पनि यो अवस्था देखिएको छ र परिणाम स–साना कार्यनितीक सवालमा मतभेद हुँदा वित्तिकै नेपालको कम्युनिस्ट पार्टीहरूमा सधै विभाजन भएका छन् ।
जगपगmकष्लनजद्दण्ज्ञद्द२थबजयय।अयm । कष्लनजजगपगmटडघ२नmबष्।िअयm