तिमीहरूलाई
प्रीतिकर लागोस
नलागोस
म देशको कुरा गर्छु
विद्रोहको बात मार्छु

हार्दिक शुभकामना !

इतिहासमा
गडबड भएको छ
गद्दारी पनि भएको छ
आफैंले
आफैंलाई पनि
बेचिएको छ

त्यागको अर्थ
फेरिएको छ
आफ्नै अनन्त
आकाङ्क्षा पुरा गर्न
संसद र पुँजीको
बजारमा
उभिएर
मोलतोल गरिएको छ

तिमीहरूको बोध
अनि
तिमीहरूको खोज
आत्मसमर्पणमा
टुङिएको छ

तिमीहरू
कुनै दुर्घटनामा
मरेनौ
नत कुनै
आकस्मिकतामा
मर्यौ
नत कुनै
नयाँ गर्ने गरि मर्यौ

चमत्कार
फ्युजन
जस्ता बेकारका कुरा
गरि गरि मर्यौ
सुकेका पात जस्तो
काँपी काँपी मर्यौ

तिमीहरूको
ढंग रंग
तिमीहरूको
जीवन
दुर्तृप्तमय
र प्लास्टिक जस्तो छ

तिमीहरू
मुक्त आकाशबाट
बन्ध आकाशमा
लुटपुटियौ
हामी
चम्किलो बिजुलीको
खोजीमा छौं
यो विषम विभेदयुक्त
गीत बोलीका
व्याकरण र लयका
विरुद्ध
अनाहत र मुक्त
नादका पक्षमा छौं
अर्थात्
नाम-संज्ञा मात्रको
उज्यालोको
विपक्षमा छौं

प्रतिक्रिया

सम्बन्धित खवर