नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश ५ नंं समितिको कार्यालयको तर्फबाट प्रदेश सचिव प्रमोदद्धारा यही २५ गते एमसीसीलगायत भारतीय अतिक्रमण, कोरोनाको संक्रमण तथा देशका अन्य समसामयिक सवालहरुको सन्दर्भमा ओली सरकारको असक्षमता तथा अकर्मणेतालाई लिएर एक प्रेस विज्ञप्ती प्रकाशित गरेका छन् । प्रेस विज्ञप्तीको पूर्णपाठ तल दिइएकोछ ः

हार्दिक शुभकामना !

प्रेस विज्ञप्ती
१. मिलेनिय मच्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना नेपाल र नेपालीको हितमा नरहेको स्पष्ट हुँदाहुँदै, वर्तमान सरकारले घुमाउरो बाटोबाट उक्त परियोजना संसदबाट अनुमोदन गर्ने योजना बनाएकोले त्यसका विरुद्ध सशक्त आन्दोलन आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ । नेपालको असंलन प्रराराष्ट नीतिका विरुद्ध तथा अमेरिकी शैन्य रणनीति इन्डोप्यासिफिकको अभिन्न अङ्गको रुपमा अगाडि सारिएको एमसीसीले नेपालको सार्वभौमिकता र स्वतन्त्रता माथि गम्भीर नकरात्मक प्रभाव पार्ने हुँदा त्यसका विद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी समुदायको एकताबद्ध सघर्षद्वारा उक्त संझौता खारेज गर्नु यतिबेलाको महत्वपूर्ण कार्यभार हो । त्यसैले हाम्रो पार्टी एमसीसी संझौता खारेज गर्न जोड दिन्छ ।
२. राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई निरंतरता दिदै अतिक्रमित भूमि फिर्ता, सिमा नियमन र नियन्त्रण, स्वतन्त्र आत्मनिर्भर अथतन्त्रको बिकास तथा सबै प्रकारका वैदेशिक हस्तक्षेपको अन्त्यका लागि संयुक्त आन्दोलनको आवश्यकता छ । हाम्रो पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपाल र विभिन्न राजनैतिक दल लगाएतका संघ संस्थाह?ले नेपालको वास्तविक नक्शा सार्वजनिक गर्न चलाएको आन्दोलनको दबावमा सरकारले नक्शा प्रकाशित गरेको छ त्यो आन्दोलनको महत्वपुर्ण उपलब्धि हो । त्यसलाई कर्यरुप दिन निरन्तर संघर्ष र नेपालीहरुको एकता अपरिहार्य छ ।
३. कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपालको जनजीवन थप जटिल र कष्टकर बन्दै गएको स्तिथिमा मूख्यत स् ए ऋ च् प्रविधिद्वारा परिक्षणलाई व्यापक पार्ने, विदेशबाट आएका नेपालीह?लाइ सिमा क्षेत्रमा नै चेक जाँचको व्यबस्था गर्ने, क्वरेन्टाइनमा रहेकाह?को परिक्षण र खानपिनको उचित ब्यवस्थापन जस्ता न्युनतम कार्यहरु पनि सरकारले गरेको छैन । जसले गर्दा कोरोना भाइरसको प्रकोपले महामारीको रुप लिने खतरा झन बड्दै गएको छ । सरकारले लकडाउनलाई नै अचुक उपचार बताउँदै आएकोमा त्यसको कार्यान्वयन पनि प्रभावकारी हुन नसकिरहेको पृष्ठभूमिमा त्यसको उपदेयता प्रती गम्भीर प्रश्न उठेको छ ।
४. सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समेत कोरोना भाइरसले पारेको प्रभाव र क्षतिका बारेमा ठोस योजना र कार्यक्रम बन्न नसकेको स्पष्ट छ । लामो समयको लकडाउनका कारण दैनिक जीवन चलाउन नसकेर भोक भोकै मृत्युवरण गरेका मजदुर, गरिव र किसानहरुप्रती सरकारको ठोस नीति योजना र कार्यक्रम नभएकोले उनिहरुको दैनिक समस्यालाई हल गर्न न्युनतम मासिक ज्यालाको अनिवार्य ब्यवस्था गर्न सरकारसँग हाम्रो पार्टी माग गर्दछ ।
५. वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुको समयमै स्वास्थ्य परिक्षण गरि उनीहरुको श्रम, शिप र लगानीको उचित व्यवस्था गर्दै, देशमा रोजगारका अवसर सिर्जना गर्नेतर्फ सरकारले विशेष ध्यान दिन हाम्रो पार्टी माग गर्दछ ।
६. हालै पश्चिम् रुकुममा भएको जातीय विभेद् तथा मानवता विरुद्धको जघन्य अपराध गर्नेहरुको छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कडा कार्वाही गर्न हाम्रो पार्टी माग गर्दछ । साथै केही दिन पहिले अमेरिकामा भएको अश्वेत नागरिक माथी त्यहाँको प्रहरीले गरेको निर्मम हत्याको निन्दा र भत्सर्ना गर्दै, जातीय र रङ्गभेद विरुद्ध चलेका न्यायपुर्ण आन्दोलनमा हाम्रो पार्टी ऐक्यवद्धता जाहेर गर्दछ ।
७. जनताका जनजीवन अत्यन्त कष्टकर बन्दै गएकोले जनजीवन सामन्य पार्न तथा भ्रष्टाचार, महंंगी कालोबजारी तस्करी लगायतका अपराध रोक्न र कार्वाही गर्न हाम्रो पार्टी सरकारको ध्यान आकर्षित गर्दछ । यदि समयमै सरकारले यी सबै बिषयमा ध्यान नदिए जनस्तरबाटै ती अपराधका विरुद्ध प्रतिरोधात्मक कार्वाही हुने कुरा पनि स्पष्ट गर्न चाहन्छौंै ।
मितिः २०७७।०२।२५
क. प्रमोद
सेक्रेटरी

प्रतिक्रिया

सम्बन्धित खवर