काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपालले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) खारेजीकाे माग गर्दै विराेध प्रदर्शन गरेकाे छ । माइतीघर मण्डलामा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद, दलाल ओली सरकारका विरुद्ध चर्काे नाराबाजी गरेका थिए । 
क्रान्तिकारी युवा लिग ३ नं प्रदेशकाे आयाेजनामा विराेध प्रदर्शनका साथै विराेधसभा समेत सम्पन्न गरिएकाे थियाे । संगठनका नेता सुरेश ताममङले सञ्चालन गरेकाे विराेधसभालाई लिगका अध्यक्ष अमीर महर्जन, उपाध्यक्ष तथा ३ नं प्रदेशका अध्यक्ष केशव ढलकाेटी लगायतले सम्बाेधन गरेका थिए ।


काेराेना भाइरसकाे महामारी र लक डाउनलाई बेवास्ता गर्दै विराेध प्रदर्शनमा सयाै युवाहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा युवा नेताहरुले बेराेजगार युवाहरुलाई राेजगारी दिनुपर्ने, नभए बेराेजगारी भत्ता उपलब्ध गराउन पनि जाेडदार माग गरेका थिए । कार्यक्रममा रुकुम घटनामा हत्या गरिएका युवाहरुकाे सम्झना गर्दै घटनामा संलग्न दाेषीहरुलाई कडाभन्दा कडा कारबाही गर्न समेत नेताहरुले माग गरेका थिए ।

हार्दिक शुभकामना !


यसैबीच क्रान्तिकारी युवा लिग, नेपाल सुदुरपश्चिम प्रदेशले पनि जुलुससहित एमसीसी खारेजीकाे माग गर्दै विराेध प्रदर्शन गरेकाे छ । विराेध प्रदर्शनलाई युवा नेता लालकिरणले सम्बाेधन गरेका थिए । अन्य प्रदेशमा पनि प्रदर्शनकाे तयारी भइरहेकाे अध्यक्ष महर्जनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर