बाँकेमा एमसीसी खारेजीको माग गर्दै दसदलीय संयुक्त विरोध जुलुससहीत विरोसभा सफलतापूर्वक समपन्न

बाँकेमा एमसीसी खारेजीको माग गर्दै दसदलीय संयुक्त विरोध जुलुससहीत विरोसभा सफलतापूर्वक समपन्न

बाँके २०७७ जेठ २६,
बाँकेमा एमसीसी खारेजीको माग गर्दै दस दलिय संयुक्त कार्यक्रम कोहलपुरमा सम्पन्न भएकोछ । कोहलपुर चौराहाबाट  सुरु गरिएको जुलुस साझाचोक हुँदै एनटिभीरोडमा गएर विरोधसभामा परिणत गरिएको थियो ।
‘राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि संघर्ष गरौ’भन्ने मूल नारा लेखिएको व्यानर सहीतको विरोध जुलुसको सभालाई  नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तेज बिक्रम शाही, नेकपा (माओवादी केन्द्र)का पिबिएम नरेश शाही र नेकपा (मसाल) का पिबिएम बेदप्रसाद आचार्यले सम्वोधन गरेका थिए । उक्त विरोधसभाको  अध्यक्षता भिम प्रसाद देवकोटाले गरेको थिए भने कार्यक्रमको संचालन हरिकृष्ण न्यौपानेले गरेका थिए ।