
बाँके २०७७ जेठ २६,
बाँकेमा एमसीसी खारेजीको माग गर्दै दस दलिय संयुक्त कार्यक्रम कोहलपुरमा सम्पन्न भएकोछ । कोहलपुर चौराहाबाट सुरु गरिएको जुलुस साझाचोक हुँदै एनटिभीरोडमा गएर विरोधसभामा परिणत गरिएको थियो ।
‘राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि संघर्ष गरौ’भन्ने मूल नारा लेखिएको व्यानर सहीतको विरोध जुलुसको सभालाई नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तेज बिक्रम शाही, नेकपा (माओवादी केन्द्र)का पिबिएम नरेश शाही र नेकपा (मसाल) का पिबिएम बेदप्रसाद आचार्यले सम्वोधन गरेका थिए । उक्त विरोधसभाको अध्यक्षता भिम प्रसाद देवकोटाले गरेको थिए भने कार्यक्रमको संचालन हरिकृष्ण न्यौपानेले गरेका थिए ।