जेठ २६ बुटवल,
५ नम्वर प्रदेशको वर्तमान केन्द्र रुपन्देही जिल्लाको बुटवलमा एमसीसी खारेजी र भारतीय अतिक्रमणका विरुद्ध दस दलिय संयुक्त कार्यक्रम सम्पन्न भएकोछ । बुटवल हस्पिटल लाइनको पुष्पलालपार्कमा सम्पन्न उक्त विरोध कार्यक्रमलाई  नेकपा (क्रान्तिकारी माओवादी) पिविएम तथा ५ नम्वर प्रदेश सेक्रेटरी प्रेम सुवेदी, राजमोका केन्द्रीय उपाध्यक्ष बद्रे आलम, नेकपा(माले)का स्थाइ समिति सदस्य गोपालमणी गौतम, नेकपा (माओवादी केन्द्र)का विनोद उपाध्यायले सम्वोधन गरेका थिए ।

हार्दिक शुभकामना !

उक्त विरोधसभाको  अध्यक्षता राजमोका जिल्ला अध्यक्ष टानबहादुर के.सीले गरेका थिए भने स्वागत मन्तव्य राष्ट्रिय जागरण परिषदका चित्रबहादुर थापाले गरेका थिए । कार्यक्रमको संचालन देजमो नेपालका जिल्ला सचिव मोजीव अलीले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर