
कम्युनिस्ट पार्र्टीको सदस्य बन्न आम मान्छेले सक्दैनन् ! फेरिपनि क्रान्तिको निम्ति ब्यापक जनसहभागिताको आवस्यकता हुन्छ ! आन्दोलन र परिवर्तनको निम्ति कम्युनिस्ट पार्र्टीको बाहिर वरिपरी जनताको बिशाल घेरा बनाउनु आवस्यक हुन्छ ! त्यसकारण सबै क्षेत्र,लिङ्ग र पेशाका जनतालाई तत् तत् ठाउँमा संगठित गर्ने काम गर्नुपर्दछ ! कम्युनिस्ट पार्टीले त्यस्ता ठाउँहरुमा सचेत प्रयत्नद्वारा आफ्नो कार्यकर्ताहरु पठाएर जनबर्गीय संगठन(जबस) र मोर्चाहरुको गठन गर्ने ,नेतृत्व गर्ने गर्नु पर्दछ !
साथै कम्युनिस्ट पार्टीका आधारभूत सर्तहरु मान्ने अनुशासित , सचेत र सक्षम जबस र मोर्चाका सदस्यहरुलाई कम्युनिस्ट पार्टीको सदस्यता प्रदान गर्नुपर्दछ ! जबस र मोर्चामा काम गर्ने पार्टी सदस्यले पार्टीको निर्णय र निर्देशनमा काम गर्नुपर्दछ ! जबस र मोर्चाहरुमा पार्टीको निर्णय,निर्देशन कार्यन्वयन गर्नु गराउनु नै जबस र मोर्चामा पठाईएका पार्टी सदस्यहरुको काम हो ! त्यसको बिपरित पार्टी निर्णयसंग बाझ्ने निर्णय गर्ने र गराउने ,पार्टी निर्देशनको अबज्ञा गर्ने र गराउने , पार्टी र क्रान्तिका दृघकालिन हितका कामलाई भन्दा तत्कालिन र अल्पकालीन पेशागत, जातिगत ,क्षेत्रगत र लिङ्ग गत हितका कामलाई प्रधान ठान्ने क्रियाकलापहरु अनुशासन बिहिनता र अराजकता हो !
बिशौ शताव्दीको सुरु तिर रुसी जनताको क्रान्तिकारी आन्दोलनमा एउटा अवसरवादी प्रवृतिको जन्म भयो त्यो प्रवृतिलाई ट्रेड युनियनवाद वा अर्थवाद भनिन्छ ! ट्रेड युनियनवादीहरुले मजदुर आन्दोलनलाई क्रान्तिकारी राजनीति ,संघर्ष र क्रान्तिकारी पार्टी देखि टाढा राखेर केवल मजदुरहरुको तत्कालिन हित, आर्थिक लाभ र सामान्य सुधारहरुमा मात्र सिमित राख्दथे ! लेनिनले ट्रेड युनियनवाद अर्थात अर्थावाद्को चर्को बिरोध र भण्डाफोर गर्नुभयो !
लेनिन लेख्नुहुन्छ “ अर्थवादीहरुले वेतन वृद्धि ,श्रमको अवस्थामा सुधार,आदिकालागी आर्थिक संघर्षमा नै मजदुर बर्गको कार्यक्रमलाई सिमित राख्दथे र राजनैतिक संघर्ष उदारवादी पँुजीपति बर्गको काम हो भन्दथे ! उनीहरु मजदुर बर्गको पार्टीको नेतृत्वदायी भूमिकाको अस्विकार गर्दथे र पार्टीले आन्दोलनको स्वतस्फुर्त अवलोकनमै घटनाहरुको फेहरिस्त दर्ता गर्ने काममै आफुलाई सिमित राख्नुपर्दछ भन्ने ठान्थे ! मजदुर आन्दोलनको स्वतस्फुर्ततामा नतमस्तक हुदै अर्थवादीहरुले क्रान्तिकारी सिद्दान्तको चेतनशीलताको महत्वको कम मुल्यांकन गरेर स्वतस्फुर्त मजदुर आन्दोलनवाट नै समाजवादी विचारधाराको अभ्यूदय हुन्छ भन्ने घोषणा गरे “
लेनिनले मजदुर आन्दोलनको बारेमा ब्यक्तगरेका कुराहरु अन्य सबै जबस र मोर्चाहरुको हकमा पनि सत्य हो ! कुनैपनि जबस र मोर्चाले क्रान्तिकारी राजनीति, क्रान्तिकारी पार्टी र आन्दोलनभन्दा अलग रहेर वा त्यसप्रति बोक्रे औपचारिकता मात्र पुरा गरेर केवल आफ्ना सेवा सुबिधा र तत्कालिन समस्या समाधानको बारेमा मात्र आफ्ना गतिविधिहरुलाई सिमित गर्दछ भने त्यही हो ट्रेड युनियनवाद ! कतिपय ठाउँमा सिद्दान्तत स् मालेमावाद र नयाँ जनवादी क्रान्तिलाई मान्ने तथा पार्टी र क्रान्तिलाई नै सबथोक ठान्ने भएतापनि प्राय ब्यबहारमा आफ्नै जवस र मोर्चाको वरिपरी मात्र घुम्ने प्रवृति देखिन्छ ! क्रान्तिकारी पार्टी ,राजनीति र आन्दोलन देखि टाढा रहने यो प्रवृतिको स्रोत पिछडियको राजनैतिक चेतना र निम्न पुँजीवादी महत्वाकांक्षा नै हो ! पिछडियको राजनैतिक चेतनाले राजनीतिले नै सबै चिजको नेतृत्व गर्दछ भन्नेकुरा बुझ्न सक्दैन ! निम्न पँुजिवादी महत्वाकांक्षाले क्रान्तिकारी पार्टीको नेतृत्वदायी भूमिकालाई स्वीकार गर्न सक्दैन !
आम जनताले तुरुन्तै सबै कुरा बुझ्दैनन् ! उनीहरुले आफ्ना तत्कालिन समस्याका कुराहरुलाई मात्र बुझ्दछन ! उनीहरुले आफ्नो तत्कालिन व्यक्तिगत समस्या र क्रान्तिको अन्तर सम्बन्धलाई बुझ्न सक्दैनन्!। क्रान्तिले नै सबै बर्ग,जाति,क्षेत्र र लिङ्गको तत्कालिन र दृघकालिन समस्याहरु एकसाथ समाधान गर्दछ भन्नेकुरा उनीहरुले बुझ्दैनन् ! त्यस्तो अवस्थामा आम जनता आ–आफ्नो तत्कालिन व्यक्तिगत समस्या संग सम्बन्धित आन्दोलनमा तुरुन्तै सरिक हुने सम्भावना भएकोहुदा उनीहरुलाई त्यहीमार्फत नै आन्दोलनमा सरिक गराउनुपर्दछ ! तर जबस र मोर्चामा काम गर्ने सचेत क्रान्तिकारी सदस्यहरुको काम जबस र मोर्चाहरुको तत्कालिन समस्यामा मात्र अल्झेर बस्ने होईन ति जनतालाई अन्तत स् क्रान्तिकारी राजनैतिक आन्दोलनमा सहभागी गराउनु नै हो ,हुनुपर्दछ !
क्रान्तिकारी मजदुर,क्रान्तिकारी किशान ,क्रान्तिकारी बिधार्थी ,क्रान्तिकारी युवा ,क्रान्तिकारी महिला,क्रान्तिकारी बुद्दिजिवि लगायत सबै क्रान्तिकारी जबस र मोर्चाहरुको संगठन र आन्दोलनको उद्देस्य बिधमान पँुजिवादी ब्यबस्था अन्तर्गत नै सामान्य सेवा सुबिधा प्राप्त गर्नु मात्र नभई यो प्रतिक्रियावादी पुँजीवादी ब्यबस्थालाई धोस्त गर्नुपनि हो !
यसबारेमा लेनिन भन्नुहुन्छ स् “ आर्थिक संघर्षको उद्देस्य हो बिधमान ब्यबस्था अन्तर्गत मजदुर , किसान र अन्य जनसमुदायहरुको आर्थिक अवस्थामा सुधारको लागि प्रयत्न गर्नु ! तर क्रान्तिकारी सिद्दान्तले प्रतिक्रियावादी ब्यबस्था अन्तर्गत राम्रो मुल्यमा श्रम शक्ति बिक्रि गर्नका लागि मात्र नभएर त्यस ब्यबस्थाको उन्मुलनको निम्ति पनि मजदुर संघर्षको नेतृत्व गर्दछ !, जुन व्यवस्थाले सम्पतिहिनहरुलाई आफुलाई अरुका हातमा बेचिन बाध्य गर्दछ “
जबस र मोर्चाहरुले बिधमान राज्य व्यबस्थाको बैधानिक घेरा भित्र रहेर सम्बन्धित लिङ्ग ,क्षेत्र,जाति,पेशाको हकहितको रक्षाको निम्ति संघर्ष गर्दै आमुल परिवर्तनको आन्दोलनमा सहयोगी भूमिका निर्वाह गर्नुपर्दछ ! नेपालको सन्दर्भमा सबै क्षेत्र,लिङ्ग ,जाति ,पेशाको वास्तविक मुक्ति नयाँ जनवादी क्रान्तिमा मात्र सम्भव हुन्छ ! नयाँ जनवादी क्रान्ति जवस र मोर्चा हरुको बेग्ला बेग्लै संघर्ष बाट सम्भव छैन ! क्रान्तिकारी पार्टीको झण्डा मुनि सबै जबस र मोर्चाहरु गोलबन्द भएर एकीकृत संघर्ष गरेर मात्र नयाँजनवादी क्रान्ति सम्भव हुन्छ ! कम्युनिस्ट पार्टीले आमुल परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्दै नयाँ जनवाद ,समाजवाद र साम्यवाद स्थापनाको निम्ति संघर्ष गर्दछ ! त्यसकारण आफ्नो क्षेत्र,लिङ्ग ,जाति ,पेशाको वास्तविक मुक्तिको निम्ति सबै जबस र मोर्चाहरु कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पन्नहुने नयाँ जनवादी क्रान्तिमा लामबद्ध हुनुको बिकल्प छैन !
तसर्थ सबै जबस र मोर्चाहरुले आ(आफ्नो संगठनमा कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिकालाई स(सम्मान स्वीकार गर्दै आमुल परिवर्तनकारी आन्दोलनमा एकाकार हुनुपर्दछ ! पार्टीको नेतृत्वदायी भूमिका लाई गौण ठान्ने मेन्शेविकहरुको कमजोरीको आलोचना गर्दै लेनिन भन्नुहुन्छ “ पार्टीको नेतृत्वदायी भूमिकालाई कमजोर पार्ने, तुच्छ ठान्ने मेन्शेविकहरुको कोशिसले गर्दा पार्टीको निर्देशनमा रहेका सर्वहारावर्ग कमजोर र निशस्त्र बन्छ “
कम्युनिस्ट पार्टीले जबस र मोर्चा परिचालनको निम्ति फ्याक्सन बनाउन सक्दछ ! फ्याक्सन आफैमा निर्णायक कमिटि होईन ! फ्याक्सनले बेग्लै निर्णय गर्न सक्दैन ! पार्टीको निर्णय जबस र मोर्चासम्म पु्र्याउने र त्याहा कार्यान्वयन गर्न पहल गर्ने साथै त्याहाँको स्थितिका वारेमा पार्टीमा रिपोर्टिङ् गर्ने माध्यम फ्याक्सन हो ! फ्याक्सनको गठन र परिचालन सम्बन्धित पार्टी कमिटीले गर्दछ !





























