तिम्रो जात !

प्रकाशित मिति : २०७७ जेष्ठ २२

- मित्रलाल पंज्ञानी


दलितलाई निमोठेर फाले पनि हुने !
कुटी मारी भेरीतिर हाले पनि हुने !
कुन् वेदमा सिक्यौ कुन्नि यस्तो हीन कर्म ?
परैबाट गनायो नि छि छि तिम्रो धर्म !
 
कति गर्यौ ? अति गर्यौ प्रेममाथि घात
खुपै ठुलो ! निकै ठुलो ! ! थुक्क तिम्रो जात ! ! !
 
मानिसलाई दलितमा खसालेर तल
आफ्नातिर थुपारेर दलितको फल
मिठो खान पल्किएको मिठामुखे काजी
थुकेका छन विवेकीले भनेका छन ‘पाजी’
 
श्रम गर्ने सिल्पीलाई हदैसम्म हेपी
दीनहीन बनाएर पैतलाले चेपी
चलेकाले भेदकारी मनुवादी राज
जनताले दुख्खमाथि दुःख पाए आज
 
प्रगतिका गतिहरू मन्द गर्र्याे यल्ले
विज्ञानका बाटाहरू बन्द गर्यो यल्ले
मुक्ति हुन्न कुप्रथाले ठाउँ पाएसम्म
जरैपाई उखेलेर नमिल्काएसम्म ! ! !

फेसवुक वालबाट