जेठ १६ काठमान्डौ,
नेकपा(क्रान्तिकारी माओवादी) समर्थीत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को आयोनामा काठमान्डौको माइतीघर मण्डलामा विरोध कार्यक्रम सम्पन्न गरियो । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा आयोजित विरोध कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरलगायत नेपालको राष्ट्रियता तथा सार्वभौम अखण्डतामाथि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको गिद्धेदृष्टिका विरुद्ध विभिन्न नाराहरु लगाइएका थिए ।

हार्दिक शुभकामना !

विरोध कार्यक्रमलाई अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सम्वोधन गरेका थिए । करीव २ वजे देखि सुरु गरिएको उक्त विरोध कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय नेताहरु–पेशल दाहाल, सूर्य कार्की, बासु अधिकारी, हिक्मत महरा, संघर्ष दाहाललगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार