काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघले एक वक्तव्य जारी गरी पश्चिम रुकुमको चौरजहारी हत्याकाण्डलाई बर्बरतापूर्ण पासविक घटनाको संज्ञा दिंदै दोषीहरुलाई तुरुन्त कारबाही गर्न माग गरेको छ । महासंघका महासचिव हिरामणि दुःखीले शुक्रबार जारी गरेको वक्तव्यमा यस्तो माग गरिएको हो ।
वक्तव्यमा घटनाको घोर भत्र्सना गर्दै कथित छुवाछुत मुक्त नगरपालिका भनिएको स्थानमा र सत्तासीन ‘कम्युनिष्ट’हरुको करिव एकलौटी बर्चस्व रहेको नगरमा स्वयम् जनप्रतिनिधिकै परिवारभित्र घटेको यसप्रकारको क्रुर एवम् जघन्य अपराधको योजनाकार र भागीदारलाई पहिचान गरी हदैसम्मको कानूनी कारवाही गर्न सरकारसित जोडदार माग गरिएको छ ।


वक्तव्यमा भनिएको छ, “ यहि जेठ १० गते पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका – ८, सोतीमा भएको मध्ययुगको झल्को दिने बर्बर र कायरतापूर्ण घटनाप्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । कथित जातीयतालाई आधार बनाएर गरिएको आक्रमणबाट जाजरकोट नगरपालिकाका ५ जना (नवराज विक, टीकाराम विक, गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जु विक) को शव फेला पारिएको र गोविन्द शाही सहित २ जनाको अवस्था अझै अज्ञात रहेको) खबरले हामीहरूलाई नराम्ररी झस्काएको छ, क्रुद्ध बनाएको छ । यो अत्यन्त क्रूर, अमानवीय, असैह्य र घृणित कर्म हो । मध्ययुगीन बर्बरतालाई बिर्साउने खालको यो वीभत्स कृत्यको घोर निन्दा र भत्र्सना गर्दछौँ ।

हार्दिक शुभकामना !

कथित छुवाछुत मुक्त नगरपालिका भनिएको स्थानमा र सत्तासीन ‘कम्युनिष्ट’हरुको करिव एकलौटी बर्चस्व रहेको नगरमा स्वयम् जनप्रतिनिधिकै परिवारभित्र घटेको यसप्रकारको क्रुर एवम् जघन्य अपराधको योजनाकार र भागीदारलाई पहिचान गरी हदैसम्मको कानूनी कारवाही गरियोस् भनी सरकारसँग जोडदार माग गर्दछौँ । साथै त्यस जिल्लाबाट निर्वाचित सङ्घीय संससदका सदस्यबाट घटनालाई ढाकछोप गर्नेगरी दिइएको वक्तव्य र संसदमा वोलेको अभिव्यक्तिले कतै यो घटनालाई सामसुम पारिने त होइन भन्ने गम्भीर आसङ्का पैदा भएको छ । कम्युनिष्टको नाममा सत्तासीन नोकरशाह तथा दलाल पुँजीपतिहरूको सेवक सरकारले छानविन गरेजस्तो गर्ने र अन्ततः उनै कथित उपल्ला जातिको कर्तुतलाई ढाकछोप गरी मुद्दालाई किनारा नलगाईकनै बेवारिश छाडिदिन सक्ने सम्भावनाप्रति सचेत रहँदै देशव्यापी रूपमा सङ्गठित र सशक्त प्रतिरोधका निमित्त अग्रसर हुन तमाम प्रगतिशील जनसमुदाय र जनसङ्गठनहरूलाई हार्दिक आह्वान गर्दछौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर