काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको अवधि भोलि बिहीबार सकिँदैछ । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने न्यून आय भएका तथा दैनिक ज्यालादारी मजदुरहरुको अवस्था निकै दयनीय बनेर गएको छ । सरकारले अतिविचल्लीमा परेका श्रमिकहरुलाई राहतको व्यवस्था नगरेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) लगायतका पार्टीहरुले निरन्तर सरकारको खबरदारी गरिरहेका छन् र राहतको अविलम्ब व्यवस्था गर्न जोडदार माग गरिरहेका छन् ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर