उदयपुुर । उदयपुरको त्रिनपा–३ भुल्के स्थित मस्जिदमा संक्रमित भेटिएकामध्ये ६ जना भारतीय नागरिक अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण देखिएर विराटनगरमा उपचार गराइरहेका उनीहरुलाई अस्पतलाले बुधबार बिहान डिस्चार्ज गरेको हो ।

बिहान विराटनगरस्थित कोरोना विशेष अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सामाजिक विकास मन्त्री जिवन घिमिरेले अस्पतालबाट बिदा गरेका गरेका छन् । एकैपटक कोरोना संक्रमण पुष्टि भएका १२ जनामध्ये ६ जनाको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

हार्दिक शुभकामना !

एकै समय कोरोना संक्रमण भएकामध्ये उनीहरुको तीन पटकसम्मको परीक्षणमा कोरोना नेगेटिभ देखिएकोले उनीहरुलाई डिस्चार्ज गरिएको हो । उक्त अस्पतालमा उपचार गराइरहेका ३१ जनामध्ये डिस्चार्ज भएका बाहेकको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बैशाख ५ र ६ मा अस्पताल भर्ना भएका १३ जनामध्ये बुधबार डिस्चार्ज भएका ६ जना मुस्लिम धर्म प्रचारक जमातीले हुन् ।

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् ।

डिस्चार्जपछि उनीहरुलाई एम्बुलेन्समा राखेर विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा लगिएको छ । हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनीहरुलाई तत्काल त्यहिँ राखिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर