प्रतिबन्धित नेकपाका नेता अनिल शर्मा‘विरही’ पक्राउ, चौतर्फी विरोध र रिहाइको माग

प्रतिबन्धित नेकपाका नेता अनिल शर्मा‘विरही’ पक्राउ, चौतर्फी विरोध र रिहाइको माग

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का केन्द्रीय नेता तथा सो पार्टीका प्रचार विभागका इन्चार्ज समेत रहेका अनिल शर्मा ‘विरहीलाई प्रहरीले पक्राउ गरेको छ । नेता ‘विरही’लाई प्रहरीले चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार गराउन गएका बेला प्रहरीले गिरफ्तार गरेको हो । सुगरलगायत विभिन्न रोगले ग्रस्त शर्मालाई उपचार गर्न समेत नदिई गिरफ्तार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
माक्र्सवादी लेखक, कवि, निबन्धकार र पत्रकारका रूपमा समेत स्थापित अनिल शर्मा प्रतिबन्धित नेकपाका माथिल्लै तहमा नेता मानिन्छन् । नेता शर्माले जनयुद्धको समयमा समेत पक्राउ परी भारत पटनामा जेल जीवन बिताएका थिए । भारतीय जेलमा छँदा लेखिएको जेल संस्मरण ‘सम्झनामा भारतीय जेल (२०६५) लगायत उनका करिब दर्जनको हाराहारीमा पुस्तकहरु प्रकाशित रहेका छन् ।
रातोखबरका निर्देशक समेत रहेका नेता अनिल शर्मा ‘विरही’को पक्राउलाई लेखक, कवि, पत्रकार तथा साँस्कृतिकर्मीहरुले समाजिक सञ्जालमार्फत् चौतर्फी रुपमा विरोध गर्दै अविलम्ब रिहाईको माग गरेका छन् ।