२०७७ बैशाख २३, काठमान्डौ
बिश्व ब्यापी कोरोना महामारीका कारण देश लक डाउनमा गएको डेढ महिना बित्न लागेको छ । आवश्यक पूर्वाधार बिना एक्कासी लग डाउन गरिएकोले देशका सम्पूर्ण बिपन्न र श्रमजीवी बर्ग खाशगरी असंगठित क्षेत्रका श्रमजीबी मजदुर किसानहरु अत्यन्तै कष्टप्रद जीवन बिताउन बाध्य बनेका छन् । उनीहरुले उचित राहत पाउन सकेका छैनन् । सीमित क्षेत्रमा पक्षपातपूर्ण तरीकाले बितरित राहत पनि गुणस्तरहीन छ । त्यसले गर्दा आबश्यक भोजनको अभावमा न्यून र निश्चित आय बर्गका सम्पूर्ण बिपन्न बर्ग र तिनका परिवार खाशगरी बालबालिका, बृद्ध र सुत्केरी महिलाहरु आज अत्यन्तै ठूलो कठिनाईको स्थितिबाट गुज्रिरहेको अबस्था छ । अर्कोतिर किसानहरुको बालीनाली, दूध, तरकारी, कुखुरा ब्यवसाय कृषिजन्य उद्योग सबै अस्तब्यस्त बनेका छन् र तिनले ठूलो नोक्सानी बेहोरिइरहेका छन् । तेश्रो कुरा बिदेशमा रहेका श्रमिजीबी नेपाली नागरिकहरुले उता काम बन्द भएको र यता घर फर्किन पनि नसकेको अत्यन्तै अप्ठ्यारो स्थिति बेहोरिइ रहेका छन् र दुःख पाइरहेका छन् । चौथो कुरा देशमा आर्थिक गतिबिधी पूरै ठप्प भएकोले आउदा दिनमा ठूलो अनिकाल र अपूर्ब मन्दीको स्थितिको असैह्य बोझको मार नेपाली जनतको टाउको माथि पर्न लागेको हुँदा यी सबै कुरालाई मध्यनजर राखेर यस स्थितिमा हामी चार किसान संगठनहरु जनताालई रोग र भोक दुबैबाट जोगाउदै देशको अर्थतन्त्रलाई गतिशील तुल्याउन सरकारको गम्भीर ध्यान जाओस् नेपाल र नेपाली बचाउन यी कदम तत्काल चाल्न जोडदार माग गर्दछौंं ः
१. लक डाउनल भाइरस संक्रमण रोकिने होइन, अस्थाईरुपमा फैलिन नदिने र जोगाउने मात्र भएकोले सीमाका आबत जावतमा पूर्ण रोक लगाउन, सुरक्षाका अझ कडा कदम चाल्न र भारत लगायत बिदेशबाट आएका मानिसहरुलाई क्वारेण्टाइनमा र बिमारीलाई आइसोलेशनमा राख्ने उचित प्रबन्ध गर्न, कोरोना संक्रमणको ट्रेस र टेस्ट गर्न आवश्यक स्वास्थ्य र सुरक्षा सामाग्रीको ततकालै प्रबन्ध गरियोस् तथा परीक्षणको ब्यापक बिस्तार गरियोस् भन्ने जोडदार माग गर्दछौं ।
२ लक ठाउनमा बसेका सबै बिपन्न परिवारलाई तिनको परिवारका सदस्यको आधारमा आबश्यक गुणस्तरीय राहत निष्पक्षरुपमा प्रदान गरियोस् र पक्षपात गर्ने, गुणस्तरहीन राहत बाढ्ने जो कसैलाई पनि कडा कारबाही गरियोस्
३.जनतालाई आसन्न भोकमारीबाट जोगाउन कम्तिमा आगामी एक बर्षका लागि आबश्यक अन्नपातको जोगाड र भण्डारण गरियोस् ।
४.किसानहरुको तरुन्तै उपयोग गर्नुपर्ने, तरकारी, दुग्धजन्य पदार्थ, तथा माछा मासुजन्य पदार्थको सुरक्षित बिक्री बितरण गर्ने र कोरोना असंक्रमित क्षेत्रमा सुरक्षा साबधानीका नियम पालन गर्दै कृषि कर्म गर्ने ब्यबस्था शिघ्र मिलाइयोस् ।
५बिदेशमा रहेका श्रमजीबी नेपालीहरुको सुरक्षित र उचित बसोबास तथा स्वदेश आउन चाहनेहरुका लागि सुरक्षित आगमनको ब्यवस्था गरियोस् ।
६.महामारी चलेको र लक डाउन भएको बेलामा समेत भ्रष्टाचार, मूल्यबृद्धि, कालोबजारी र तस्करी गर्ने जो कसैलाई कडा कारबाही गरियोस् र चर्को मूल्य बृद्धि नियन्त्रण गरियोस् ।
७ .(क) उपर्युक्त कोरोना सम्बन्धि चिकित्सकीय कार्य छिटो,छरितो र किफायती ढंगले ब्यापकरुपमा अघि बढाउन चिकित्सा बिज्ञहरु र सुरक्षाकर्मी समेतको सशक्त टिम बनाई कार्य सम्पादन र अनुगमन गरियोस् ।
(ख) प्रभावकारी र उचित राहत बितरण,सुरक्षित किसिमले कृषि तथा गैर कृषि कार्य सुचारु गर्न गराउन बिशेषज्ञहरुको उच्च स्तरीय समूह गठन गरी यसलाई ठोस कार्यान्वयनमा ल्याइयोस् र यसरी देश र जनताको रक्षा गरियोस् ।
अखिल नेपाल किसान महासघ.(अप्पो), अध्यक्ष भैरबाराज रेग्मी
अखिल नेपाल किसान महासंघ(क्रान्किारी) अध्यक्ष सीताराम तामाङ्ग
अखिल नेपाल किसान यूनियन, अध्यक्ष लोकनारायण सुबेदी र अखिल नेपाल प्रगतिशील किसान संघ, इञ्चार्ज कृष्ण राना





























