
१. चिहान
जितियो जितियो साथी नारा घोकेर आइयो
गाउँमा आँशुको बाढी बिर्सिएर रमाइयो
त्यत्रो उन्मादको जित अँध्यारो भो कता गयो
माछाको कुरमा हात भेटेको भ्यागुतो भयो ।
दोष यो खोजूँ कसको हो कि हाम्रै बुध्दिले गर्यो
न जाने गाउँको बाटो हिँडायो सुध्दि त्यो मर्यो
यो इतिहासको लेखा लेख्नेले चाल पाउला
पक्कै हिसाब लेखेर हामीलाई बताउला ।
न जाने गाउँको बाटो हिँडायो सुध्दि त्यो मर्यो
यो इतिहासको लेखा लेख्नेले चाल पाउला
पक्कै हिसाब लेखेर हामीलाई बताउला ।
रोल्पाले बुझ्नु पर्नेथ्यो गोरखाले नबुझे पनि
डोल्पाले छेक्नु पर्नेथ्यो पाल्पाले नसुझे पनि
त्यो स्वनिर्णय आत्माको हो स्वभिमानको कुरा
जुन पहिचान सामथ्र्य मागेको छुट्ट्यो पुरा ।
डोल्पाले छेक्नु पर्नेथ्यो पाल्पाले नसुझे पनि
त्यो स्वनिर्णय आत्माको हो स्वभिमानको कुरा
जुन पहिचान सामथ्र्य मागेको छुट्ट्यो पुरा ।
उठेका लेखनी हात निम्छरो वैलिए किन
सुतेका बैरीका बुध्दी जुरुक्कै तैरिए किन
फेरी हिसाबका लागी उठौँ न जनजाती हो
यौटै चिहान खन्नु छ पुराना राष्ट्रघातिको ।।
सुतेका बैरीका बुध्दी जुरुक्कै तैरिए किन
फेरी हिसाबका लागी उठौँ न जनजाती हो
यौटै चिहान खन्नु छ पुराना राष्ट्रघातिको ।।
२ सिँहदर्बार र हाम्रो भूगोल
ओ सिँहदर्बार कान खोलेर सुन
हुन्छ जतिसुकै औँला उठाउ
जतिसक्दो हत्केला ठटाउ
तुर्लुङ बोकेर हाम्रो चेतना पेल्न
जतिसुकै चेला पठाउ
हाम्रो मुठ्ठी उठिरहन्छ
सडक हाम्रो आँगन हो
तिमि जतिसुकै लोकोपकारका बात फलाक
नयाँ भूगोलको ब्यहोरा अलाप
देखाउ मिथ्या बकबास
लेख संख्याको दस्ताबेज
ल्याउ सामथ्र्यको अध्यादेश
आफ्ना हनुमानहरुलाई तीनहात बित्ता उफार
तिमिले टेकिरहेको भूगोल
भासिन थालेको संकेत छ
के सतचालिसको बिधान पढेका छौ ?
बिचरो त्यो पन्ध्रबर्षे बयमै गयो
रच फेरी अकाट्य फूलबारिको गाथा
लगाउ बिदेशी लौहको स्तम्भ
घेर काँढेतारले
किनकी हामी सडकमा छौँ
सडक हाम्रो भूगोल हो
हिजो सडक जोत्ने केहि मुखियाहरु
बासी जिम्मालको जुत्ता बोक्न धाए भन्दैमा
तिम्रो बिधानको सुरक्षा के भरपर्दो छ ?
पर्ख दशोटा बर्ख
हामी सडकमा छौँ
सडक हाम्रो हिस्सामा छ ।
हुन्छ जतिसुकै औँला उठाउ
जतिसक्दो हत्केला ठटाउ
तुर्लुङ बोकेर हाम्रो चेतना पेल्न
जतिसुकै चेला पठाउ
हाम्रो मुठ्ठी उठिरहन्छ
सडक हाम्रो आँगन हो
तिमि जतिसुकै लोकोपकारका बात फलाक
नयाँ भूगोलको ब्यहोरा अलाप
देखाउ मिथ्या बकबास
लेख संख्याको दस्ताबेज
ल्याउ सामथ्र्यको अध्यादेश
आफ्ना हनुमानहरुलाई तीनहात बित्ता उफार
तिमिले टेकिरहेको भूगोल
भासिन थालेको संकेत छ
के सतचालिसको बिधान पढेका छौ ?
बिचरो त्यो पन्ध्रबर्षे बयमै गयो
रच फेरी अकाट्य फूलबारिको गाथा
लगाउ बिदेशी लौहको स्तम्भ
घेर काँढेतारले
किनकी हामी सडकमा छौँ
सडक हाम्रो भूगोल हो
हिजो सडक जोत्ने केहि मुखियाहरु
बासी जिम्मालको जुत्ता बोक्न धाए भन्दैमा
तिम्रो बिधानको सुरक्षा के भरपर्दो छ ?
पर्ख दशोटा बर्ख
हामी सडकमा छौँ
सडक हाम्रो हिस्सामा छ ।





























