के.पी.ओलीको उन्नती र समृद्धिको नारा कस्का लागि ?

प्रकाशित मिति : २०७६ चैत्र ९

- घननाथ सापकोटा


रुसका क्रान्तिनायक क. लेनिनले संसद् खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्नु भएको थियो । चिनका क्रान्तिनायक तथा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष क. माओले संसद् फटाहाहरुको गफ गर्ने अखडा हो भन्नु भएको थियो । यी माथिका दुई दार्शनिकले अभिव्यक्त गरेका दृष्टान्तहरु वर्तमान नेपालको संसदीय व्यवस्था र यो व्यवस्थाको सारथी संसदीय पार्टीहरुको हकमा सतप्रतिशत सत्य साबित भएको छ । सम्पुर्ण नेपाली जनताले देख्ने र अनुभूति गर्ने काम गरेका छन् । चुनाबका समयमा नेताहरुले हामीलाई भोट देउ हामी न्याय दिन्छौँ, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेण्टी गर्छाैँ, देसको विकास गर्छाैँ भनेर भोट माग्दछन् । चुनाब जितेर गएपछि आफुले गरेको प्रतिवद्धता सबै बिर्सन्छन् । चुनाब प्रणाली पनि यस्तो छ कि केहि व्यक्तिहरु चुनाब जितेर गएपछि आफुले इच्छइएका व्यक्ति र आफन्तहरु चुनाब लड्न वा जित्न पर्दैन खुरुखुरु भर्ति गर्न पाइन्छ । विभिन्न खालका पद सृजना गरेर सत्तामा भर्ति गर्ने र राज्यको ढुकुटीको दोहन गर्न पाइने कति राम्रा काइदा संसदीय नेताहरुलाई फाइदै फाइदा । अझ अनौठो विषय त के छ भने आपैmँले बनाएको चुनाबको नाटकबाट हारेका व्यक्तिहरु पाँचवर्ष पनि पर्खन नसकेर ढोकाबाट पस्न नपाएपछि भ्mयालबाट पदमा जानै पर्ने । यहि दृष्टान्त वर्तमानमा सरकारी नेकपाका नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले देखाएका छन् । यीनिहरु चुनाब हारेको पाँच वर्षसम्म पनि पर्खन सकेनन् । नेपाली जनताले नीर्वाचनद्धारा तिरस्कार गरिएका माञ्छेहरु राष्ट्रियसभाको चोर दुलोबाट सत्तामा पुगेका छन् त कोही पुग्ने तयारीमा छन् । यसो भएपछि देस लुट्ने काम यिनिहरुबाट सुरु हुञ्छ । देसको राष्ट्रिय राजनीतिमा नारायणकाजी श्रेष्टको कुनै भूमिका पनि छैन । यिनि किन भूमिगत भए ? के त्याग गरे र के प्राप्त भयो ? भनेर हाल खुला राजनीतिमा किन आएका हुन् बुझि नसक्नु छ । एमालेहरुले झापा विद्रोह गरेर सङ्गठन विस्तार गरे । माओवादीहरुले दसवर्ष जनयुद्ध गरेर राजतन्त्रको अन्त्य गरेर वर्तमानमा बुर्जुवा गणतन्त्र प्राप्त भएको छ । यो सन्दर्भमा नारायणकाजीको उल्लेखनीय भूमिका कहिँ कतै देखिँदैन ।
संसदीय व्यवस्था अन्तर्गतको संसद्मा देसको राष्ट्रिय स्वाधीनताको पक्षमा खरोरुपमा कहिल्यै छलफल हुँदैन । जनताको न्यायको सुनिश्चितताको विषय, रोजगारको विषय, शिक्षा तथा स्वास्थ्यको विषय, राष्ट्रिय उद्योगधन्दा स्थापना गरेर खाद्यान्न औषधिलगायत उपभोग्य वस्तुमा आत्मनिर्भर बन्ने विषयमा कहिल्यै छलफल हुँदैन । त्याहाँ छलफल त केबल पदमा पुगेका व्यक्तिहरुले बढिभन्दा बढि आप्mनो सेवा सुविधा कसरी बडाउने । आप्mना माञ्छेहरुलाई कसरी पदमा घुसाउने । जनताको ढाड सेक्ने गरि कसरी कर असुल्ने । देसको भुमि तथा प्राकृतिक सम्पदा देशीय तथा विदेसी दलाललाइ सुम्पेर आप्mनो कुर्सि कसरी चिरस्थाइ बनाउने । भ्रष्टाचार गर्ने र त्यो कालो धनलाई कसरी सेतो बनाउने जस्ता विषयहरुमा संसदमा राम्रैगरि बहस भएको देखिञ्छ ।
भारतले नेपालीभूमि कालापानी–लिम्पियाधुरा–लिपुलेक आप्mनो नक्सामा पारेर अतिक्रमण गर्दा उक्त भूमि फिर्ता ल्याउन सरकार प्रमुखको नाताले ओलीले कुनै पहल गरेकै छैनन् । हाम्रो राष्ट्रियतामा आँच पुग्नेगरी ल्याएको अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) मार्पmतको ५५ अरब रुपैँयाँ जसरी पनि संसद्बाट पास गर्नु पर्दछ भनेर ओली कम्मर कसेर लागेका छन् । नेपाली जनता पुरै एमसीसीको विरुद्धमा खडा भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने काम गरेका छन् । यसबाट के बुझुन सकिन्छ भने ओली भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका दलाल भएको स्पष्टैै देखिन्छ । देसको एक नम्बरको भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारवाही हुँदा प्रचण्डको मर्मस्थान मै लागेछ क्यारे गोकुललाई कार्बाइ गर्नेहरु आतङ्ककारी हुन् भन्दै हिँडेका छन् । अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) राष्ट्रघाती योजना नेपाली जनताले पूर्णरुपमा अस्वीकृत गरेपछि अब जनताबाट कटिन्छ भनेर बल्ल यो राष्ट्रघाती योजना हो भनेर रामबाहादुर थापामगरले मुख खोलेका छन् । यि प्रतिनिधिमूलक घटना विशेष मात्र हुन् । अंश–अशमा केलाउने र अध्ययन गर्ने हो भने संसदीय व्यवस्थाका शासकहरुले गरेको देस र जनताप्रतिको धोकाधडि, गद्दारीको बयान गरि साध्य छैन । यसकारण यो संसद् यिनै देस डुबाउने, जनतामाथि शोषण गर्ने फटाहाहरुको गफ गर्ने अखडा सहि र सत्य ठहरिन गएको छ ।
यो देसका प्रधानमन्त्री के.पी.ओलीले भरखरै उनको आफनो जन्मदिन ज्यादै तामझामका साथ उनको पूखौली थलोमा गएर मनाए । लाखौ रुपीयाँ खर्च गरे, पचासहजारको केक काटेर जन्मदिन मनाए । उनी आर्थिक रुपले बाँचीरहेका जुनस्तरका जनताको मतबाट आज प्रधानमन्त्री भएका छन, ती नेपाली जनता जिवनजल र सिटामोल नपाएर मरिरहेका छन् । जिवनजल र सिटामोलसम्म नपाएर मरिरहेका जनताको मत लिएर संसदमा गएका र त्यसबाट देशको प्रधानमन्त्री बनेका ‘कम्युनिस्ट सरकार’का प्रधानमन्त्रीको यस्तो खर्चले के स्पष्ट पार्दछ भने नेपालका प्रधानमन्त्री र जनता बीचको अर्थिक असमानताको खाडल कसरी गहिरीदै गएको छ । दलाल पु“जीपतिहरुले तयार पारिदिएको उक्त केकले के सन्देश दिन्छ भने केपी ओलीले जुन उन्नती र समृद्धिको नारा दिइरहेका छन्, यो उनको व्यक्तिगत उन्नती र समृद्धि हो,केपी ओलीका वोरीपरी घुमिरहेका नेपालका दलाल पु“जीपतिहरुको लागि उन्नती र समृद्धि हो । नेपालका गरीब किसान, मजदुर, दलित, महिला, अल्पसंख्यक तथा उत्पीडित वर्ग तथा जनताको लागि बढदै गएको वैदेशिक रिणको बोझ र आथिक अभाव बृद्धि हो ।