नोभेल कोरोना भाइरस– भ्रम र वास्तविकता

प्रकाशित मिति : २०७६ चैत्र ९

- सी.पी.गजुरेल‘गौरव’

 


चीनको उहानबाट सन् २०१९ को नवेम्बरबाट विस्फोटन भएको ‘नोवेल कोरोना भाइरस’९ऋइख्क्ष्त्(ज्ञढ० ले यतिखेरसम्म आइपुग्दा विश्वका लगभग १८० भन्दा बढी देशहरुमा महामारीको रुप लिइ सकेको छ । यसका विरुद्ध कसरी लड्ने, यसको सामना कसरी गर्ने भन्ने प्रश्न २१औं शताव्दीको यो विश्वका लागि एउटा चुनौती बनेको छ । संसारभरीको हिसाव गर्दा १० हजार भन्दा बढी मानिसले अहिले सम्म ज्यान गुमाइसकेका छन् । २ लाख भन्दा बढी यसबाट संक्रमित भैसकेका छन् ।
आफुलाई संसारको सबै भन्दा विकसित, ‘सबै क्षेत्रमा सर्वश्रेष्ठ’ भनेर दावी गर्ने अमेरिकालाई नै यो भाइरसले आछु आछु पारेको छ । यतिखेर सम्म अमेरिकामा नै झण्डै ३०० जनाको मृत्य भैसकेको छ । यो घातक भाइरसको अहिले सम्म वास्तविक औषधि पनि पत्ता लाग्न सकेको छैन । न त यसको खोप नै पत्ता लागेको छ । यसबाट आधुनिक विश्व आयुर्विज्ञान (मेडिकल साइन्स)मा अभैm पनि केही पछाडि नै परेको कुरा स्पष्ट भएको छ । संसारकै वैज्ञानिकहरु यसको खोप र औषधि पत्ता लगाउन दिन रात प्रयत्नमा लागेको तथ्य भने प्रष्ट सँग देख्न सकिन्छ ।

सर्बत्र संत्रास
यो महामारीका कारण संसरभरी नै एक प्रकारको संत्रास फैलिएको छ । यो हुनुको पछाडि कारण पनि छन् । पहिलो, यो भाइरसको औषधि निस्केको छैन । त्यसकारण, हरेक व्यक्तीले आफुलाई असुरक्षित भएको महशुस गरिरहेको छ । दोस्रो, यो भाइरसको संक्रमणको गती असाध्यै तीब्र भएको पाइएको छ । त्यसकारण मानिसमा भय उत्पन्न हुने अवस्था सिर्जना हुनुलाई अस्वभाविक मान्नु हुँदैन ।
नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । नेपालमा संत्रास फैलिनुका थप अन्य दुई कारण पनि छन् । पहिलो, यतिखेर यो महामारीको सुरुवात भएको चीनको उहान मै रहेका करिव ७० जना नेपालीलाई विशेष विमानव्दारा काठमाडौं ल्याएर झण्डै २० दिन सम्म क्वारेण्टाइनमा राखिएको अवस्थाका कारण यो महामारीको घातक पक्ष सँग व्यवहारिक रुपमा नै परिचित भए नेपालीहरु । दोस्रो, इटाली र स्पेन जस्ता सम्पन्न राष्ट्रहरुमा यो महामारीले जनजीवनको जुन क्षती पु¥यायो, तिनीहरु भन्दा हर किसिमले असक्षम सावित गरेको नेपाल सरकारले कसरी यसबाट सुरक्षा दिन सक्ला भन्ने विषयको निरासा र चिन्ता । यो अभिव्यक्ति पनि सामाजिक संजालमा पढ्न र देख्न पाइन्छ कि यो महामारीबाट जोगाउन अब पशुपति नाथले मात्र सक्नेछन् ।
नेपाल हरियो जोनमा ?
कोभिड्–१९ विश्वका सबै जसो देश रातो जोनमा अंकित भएको बेलामा नेपाल चाहिँ हरियो जोनमा अंकित हुन पाउनु हाम्रो लागि अत्यन्त खुसीको कुरा हो । कामना र चाहना छ, यो महामारी नरोकिँदा सम्म नेपाल यही अवस्थामा रही रहोस् । सरकारी तथ्यांक अनुसार नेपालमा अहिले सम्म एकजनालाई संक्रमित भएको थियो र उनलाई पनि संचो भैसकेको छ । अर्थात् नेपालमा कोही पनि संक्रमित छैन ।
तर, संचार माध्यम र सामाजीक संजालले दिएका खवर माथि आधारित भएर विश्लेषण गर्दा सहजै के अनुमान गर्न सकिन्छ भने जाँच नभएका संक्रमितहरुको संख्या निकै हुन सक्दछ, जुन सरकारको रेकर्डमा आइसकेका छैनन् । यसका विभिन्न कारणहरु छन् ः पहिलो, लामो समयसम्म सरकार “भ्रमण वर्ष २०२० सफल पार्ने” भनेर जतासुकैका विदेशीलाई नेपाल भित्रयाउने अभियानमा केन्द्रित थियो । धेरै पछि गएर मात्र यसलाई रद्द गरिएको थियो । दोस्रो, यसभन्दा अघि सरकारले कोरिनाभाइरस संक्रमित देशका पर्यटकको लागि केवल ओन् एराइभल भिसा मात्र रद्द गरेको थियो, अन्तर्राष्ट्रिय उडानहरु त आगामी १० गते देखि मात्र बन्द गर्ने निर्णय गरिएको छ । तेस्रो, भारतबाट खुला नाकाहरुबाट नेपाल छिर्नेको संख्या उडानबाट आउने भन्दा धेरै कुना बढी हुन्छ । हजारौंको संख्यामा खास परीक्षणनै नगरी मानिसहरुलाई नेपाल भित्रयाउने काम भैरहेको छ । ती नाकाहरु अहिले सम्म पनि बन्द गरिएका छैनन् । टेलिभिजनहरुबाट के देखिन्छ भने उनीहरु बिना रोकटोक नेपाल पसिरहेका छन् र उनीहरुको नेपालमा परिक्षण गर्ने र क्वारेण्टाइनमा राखिने कुनै पनि व्यवस्था छैन । चौथो, शिक्षा मन्त्रालय जुनसुकै अवस्था भए पनि एस् ई परीक्षा गराएरै छाड्ने तयारीमा पछि सम्म देखिन्थ्यो । विद्यालयहरु सुचारु रुपमा चलाउने काम भै रहेको थियो । पाँचौं, देशभरीमा केवल टेकु अस्पतालमा मात्र यो भाइरसको जाँच हुने भएकाले देशैभरीबाट सबै संक्रमितहरु जाँचका लागि आउने वा जाँच हुने संभावना एकदमै कम हुन्छ । छैटौं, कतीपय विरामीहरु जाँचै नगराइकन लुकेर बसेका केसहरु पनि चर्चामा आइरहेका हुन्छन् । यदि त्यो कुरा सत्य हो भने त भित्र भित्रै संक्रमण बढ्दै गएको हुन सक्छ । यस प्रकारका अनेक कारण छन् जसबाट भित्र भित्रै संक्रमितहरुको संख्या बढ्नै जाने, तर हामी सबै कोही पनि संक्रमित छैन भनेर ढुक्क भएर बस्ने स्थिती पो हुने हो कि ? अनि महामारी एकै पटक विस्फोट हुने खतरा पो हुने हो कि ? भन्ने आशंकालाई अन्यथा लिन मिल्दैन । खासगरी इटाली र स्पेनका घटनाले सबैलाई त्रसित बनाएको छ र आँखा खोल्ने काम पनि गरेको छ । ती घटनाले के देखाउँछन् भने यो महामारीमा अलिकती पनि लापरवाही गर्न कसैलाई अनुमती छैन । यी सजग गराइएका विषयहरु हुन् । यसो गर्दा “जनतालाई अनावश्यक रुपमा भड्काएको” वा “अनावश्यक त्रास फैलाएको” भन्ने आरोप लगाउन मिल्दैन ।

कालोबजारीको आतंक
विश्वव्यापीरुपमा फैलिएको यो महामारीबाट ज्यान बचाउने कुरा सर्वाधिक महत्वको विषय हो । त्यसैले आज यस विषयमा देश एकतावद्ध भएको छ भन्ने चर्चा छ, यो राम्रो पक्ष हो, शानदार पक्ष हो । यो संकटको घडीमा सबैको पहिचान हुन्छ । यस प्रकारको संगीन अवस्थामा पनि कालोबजारी गर्नेहरुले महामारीबाट पीडित भएका मानिसहरुलाई सहयोग गर्नुको सट्टा अभाव र महँगीको अर्को महामारी खडा गरिरहेका छन् । यसमा संलग्न कालोबजारी गर्ने र ती सँग मिलेमतो गर्नेहरु जनताका दुश्मनहरु हुन्, राष्ट्रकै दुश्मनहरु हुन् । तर, सरकार तिनीहरु प्रति किन कठोर कदम चाल्न सकिरहेको छैन । समाजमा यति धेरै कोलाहल भैरहँदा पनि एकजना पनि कालोबजारीलाई कारवाही गरेको समाचार किन सुन्न पाइँदैन । यो एउटा गम्भीर विषय हो । सरकारका लागि अन्तिम मौका बाँकी छ अब ।
महामारीबाट बचौं र बचाउँ
यो महामारीबाट सबै दिदी बहिनी र दाजु भाइहरुलाई बचाउनु र बच्नु नै हामी सबैको आजको कार्यभार हो । यसका निमित्त विश्व स्थास्थ संघ, अन्य सम्वन्धित स्वास्थ संस्थाहरुले दिएका सल्लाहहरुलाई मान्नु र अनुशासित भएर ती सल्लाहलाई लागु गर्नु आवश्यक छ । एक अर्काको सहयोग नभैकन, हाम्रो वीचमा एकता नभए सम्म यो महामारीका विरुद्ध लड्न सकिन्न । एक अर्कालाई सहयोग गर्ने र आपसी मेलमिलाप र एकता कायम गर्ने कुराको ठुलो महत्व छ, यतीखेर । यसका साथै हामीले प्राप्त गर्ने उपचार र अन्य सुविधा सरकारले उपलव्ध नगराएको अवस्थामा बाँच्न पाउने आफ्नो अधिकारलाई सुरक्षित गर्नका लागि संघर्ष गर्नु पनि आवश्यक छ । यदि हामीले ती अधिकारको सुनिश्चितता गराउन सकेनौं भने यो महामारीको सामना पनि गर्न सक्ने स्थिति रहँदैन ।
मास्क, खाना पकाउने ग्यास, खाद्यान्न, औषधी र अन्य उपभोग्य वस्तुहरुको कालो बजारी दिन दहाडै हुँदा पनि राज्यले ती अपराधीलाई कारवाही चलाउने, कालो बजारीको सामान जफत गर्ने र जनतालाई उपलव्ध गराउने आदि कुनै पनि कारवाही नगरिरहेको अवस्थाले तिनीहरुको पहँुच माथि सम्म छ भन्ने कुराको संकेत गर्दछ । यस्तो अवस्थामा छिमेकी देश चीन र अन्य राष्ट्रहरुले दिएको सहयोग जनताको वा संक्रमित व्यक्तिको हात सम्म पुग्ने हो कि होइन, त्यसको निगरानी पनि जनताले नै गर्नु पर्ने आवश्यकता छ ।
सरकारका तर्फबाट भएको लापरवाहीले जनतामा आसंका र संत्रास व्यापकरुपमा फैलिएको छ । जनतालाई विश्वस्त र आशावादी बनाउनका लागि सरकारले युद्ध स्तरमा काम गरेर देखाउनु पर्दछ । चीनले तुलनात्मकरुपमा तीब्र गतीमा काम गरेर यो महामारीबाट जनतालाई मुक्त गरेको घटनाबाट सिकेर नेपाली विशिष्टतामा त्यसलाई लागु गर्नु पर्दछ । यसरी हामी कोभिड १९ को महामारीबाट बचाउन र आफु बच्न सक्छौं । यसका निमित्त हामी निरास र त्रसित भएर होइन, साहश र धैर्यताका साथ लड्न अघि बढ्न तयार हुनु पर्दछ । आफ्नो ठाउँबाट खेल्नु पर्ने भूमिका खेल्न हामी तयार छौं ।
२०७६ । ११ । ८