चार नं प्रदेशमा राष्ट्रिय स्वाधीनता र सङ्गठन विस्तार अभियान

प्रकाशित मिति : २०७६ चैत्र ९

- अटल

ने.क.पा. (क्रान्तिकारी माओवादी)ले देजमो नेपाल र जबसकासाथ २०७६÷२०७७को माघदेखि जेठ सम्म चारमहिने ‘राष्ट्रिय स्वाधीनता र सङ्गठन विस्तार’लाई केन्द्रमा राखेर त्यसअनुसार अभियान बनाएर कार्यक्षेत्रमा जाने निर्णय पार्टी केन्द्रको बैठक सिराहाको गोलबजारमा मार्ग २६–२९ सम्म बसेर गरेको थियो । सोहि निर्णयलाई स्थायी समितिले ठोस बनाएर २०७६ माघ १५ गते देसका चार ठाउँबाट उद्घाटन गर्ने निर्णय अनुसार चारै ठाउँबाट अभियान उद्घाटन गरियो र देसका सातै प्रदेशमा कार्यतालिका बनाएर लागु गरिरहेकै बेलामा विश्वभरि फेलिदै गएको कोरोना भाइरसका कारण फागुन २२ देखि चैत्र ७ सम्मका लागि उक्त केन्द्रीकृत कार्यक्रमलाई केन्द्रीय कार्यालये स्थगित गरेको छ । यसले पहिलो चरणको चैत्र २४ सम्मको केन्द्रीकृत कार्यक्रम र बैशाख २१ देखि जेठ १४ सम्ममा लिम्पियाधुरा जाऔँ कार्यक्रमलाईसमेत प्रभाव पार्दैछ । कोरोना भाइरसले २००७ सालको राष्ट्रिय राजनैतिक घटनापछि अहिले फेरी सीको परिक्षालाई दोश्रोपटक प्रभाव पारेको छ ।
यस लेखमा २०७६ माघ १५ देखि ४ नं प्रदेसमा भएका अभियानका कार्यक्रमबारे छोटो जानकारी गराउने प्रयास गरिएको छ । २०७६ माघ १५ गते पोखराको मुटु लखनचोकमा क.परि थापाले एउटा सभाको बिचमा अभियानको उद्घाटन गर्नु भयो । त्यसपछि ४ नं प्रदेसमा कार्यरत पार्टी केन्द«ीय सदस्यहरु बसेर चैत्र १९ गते सम्मको कार्यक्रम ४ नं प्रदेसका ११ जिल्लाको लागि बनाइयो र कार्यक्रम अगाडि बढाइयो । अभियान उद्घाटन कार्यक्रम पनि प्रभावकारी भयो । कास्की जिल्ला ४ नं प्रदेसको बिचमा पर्ने र प्रदेसको राजधानी पनि भएकोले यहाँ हुने कार्यक्रमले प्रदेस भरिकै प्रतिनिधित्व गर्दछ । राजनैतिक रुपले चाँहि कति हो ? भन्न नसकिएला, आर्थिक सौन्दर्य, पर्यटक र अन्तर्राष्ट्रिय दृष्टिकोणले पोखरा दोश्रो राजधानीको ठाउँ लिन्छ भनिन्छ । यस हिसाबले माघ १५ देखि फागुन २२ सम्मको एक महिनाभन्दा बढि अवधिमा पोखरामा राष्ट्रिय स्तरका र प्रदेस स्तरका गरी केही ठुला कार्यक्रम एकल र संयुक्त मोर्चाको कार्यगत एकताको तर्पmबाटसमेत सम्पन्न भए । सो भन्दा अगाडि, मंसीर २० गते क. सी.पी. गजुरेल आपैmँले कार्यपत्र पेस गरेर पोखराका बौद्धिक व्यक्तित्वहरु बिच लक्ष्मी नगरमा सीमा सम्वन्धी लिम्पियाधुरा–कालापानी–लिपुलेकबारे एउटा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यपत्र निकै स्तरीय रहेको र केहि थप गर्नु पर्ने सुझावसमेत आएको थियो । ठीक त्यसैगरी पौष २५ गते सोहि विषयमा सिमा सम्वन्धी अध्येता रतन भण्डारीलाई बोलाएर देजमो. नेपाल, राजमो नेपाल, नेकपा माले र समाजवादी पार्टीको संयुक्त आयोजनामा मुक्तिनाथ लेकाली होटलमा एउटा भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो, जसले पोखरामा एउटा तरङ्ग ल्याएको थियो । २०७६ माघ १५ गते अभियान उद्घाटन भइसकेपछि माघ १८ गते सङ्गम सांस्कृतिक अभियान टिमको ब्यानरमा एमसीसी र लिम्पियाधुरा सम्बन्धि एउटा सांस्कृतिक सभा लखन चोकमा राखियो । उक्त भव्य सभाको बिच बिचमा ने.क.पा. (क्रान्तिकारी माओवादी)का केशव परियारलगायत विभिन्न पार्टीका देसभक्त बौद्धिक व्यक्तित्व र साम्राज्यवाद विरोधी वक्ताहरुले सीमा समस्या र एमसी सीको विरोधमा खुलेरै बोलेका थिए । सङ्गम सांस्कृतिक टिमले बनाएका एमसीसी र सिमा सम्वन्धि गीतले दर्शकको ध्यान खिच्न र श्रोतालाई जुरुजुरु बनाएको थियो । कास्कीमा तीनओटा कोणसभा सम्पन्न गरियो, जसमा सीमा समस्या र एमसीसी. लगायतका विषयलाई लिएर माघ १९ गते तिन बजे अमरसिंहचोक , माघ २० गते बेगनास ताल र माघ २२ गते पोखराको बिरौटाचोकमा कोणसभा सम्पन्न गरियो । कोणसभालाई प्रदेस इञ्चार्ज अटल र प्रदेश सेक्रेटरि किशोरलगायतले सम्बोधन गर्नु भएको थियो । यस्तै गरेर अभियान अन्तर्गत जनयुद्धकालका सहयोगी किसान कास्की जिल्ला पार्टी सदस्य क. हिमाल आलेको बुवा मेषबहादुर आलेको निधन भएको १३ औँ दिनको दिन स्याङ्जाको विकट गाउँ हरिनाश गापा ५ कलबामा शोकलाई शक्तिमा बदल्ने उद्घोषकासाथ सयौ गाउँलेको बिचमा अभियानकै बिचमा श्रद्धाञ्जली सभा सम्पन्न गरियो । जसमा पार्टीको तर्पmबाट अटल, किशोर, रबि र देजमोको तर्पmबाट प्रदेश अध्यक्ष नेत्र रानाभाट मगर , मुक्तिमोर्चाबाट भीम श्रीश, सांस्कृतिकमोर्चाको तर्पmबाट परशुराम कोइरालाले मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारप्रति समवेदनाकासाथ अभियानका विषयवस््तु राख्नु भएको थियो । माघ २४ गते सातओटै प्रदेसमा ९ दलीय मोर्चाको कार्यक्रम राखिएकोमा पोखराको लखनचोकमा भव्य कायक्रम सम्पन्न भयो । क. केशबहादुर परियारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ने.क.पा. (क्रान्तिकारी माओवादी) का पिबिएम. क. अटल, देजमो. प्रदेश अध्यक्ष क. नेत्ररानाभाट र वाम बुद्धिजीवीसहित ९ दलको तर्फबाट ११ जना र सङ्गम सांस्कृतिक परिवारको तर्पmबाट बिच–बिचमा सीमा र एमसीसी. सम्वन्धि गीत गाइएको थियो । यो राष्ट्रिय स्तरको कार्यक्रमले पोखरामा निकै प्रभाव पारेको थियो । त्यसपछि अभियान टोली तनहुँतर्फ लाग्यो । माघ २७ गते तनहुँको दुले गौडामा, माघ २८ गते तनहुँको परानोबजार भीमादमा कोणसभा सम्पन्न गरियो । जनयुद्धको पुर्वसन्ध्यामा माघ २९ गते तनहुँको डुम्रेबजारमा कोणसभा गर्दागर्दै इन्सपेक्टर् जे. श्रेष्ठको नेतृत्वमा प्रहरिको एक टोली आएर झण्डा व्यानर निकाल्न, कार्यक्रम नगर्न भनेर दबाब दिए । कार्यक्रमको अनुमति पत्र मागे । जबकि यो कार्यक्रमबारे नेकपा. (क्रान्तिकारी माओवादी), देजमो नेपालले प्रेस मार्पmत जानकारी गराएर देसैभरि चलेको थियो । तनहुँमासमेत पार्टी र देजमोको तर्पmबाट ज्ञापनपत्र मार्पmत प्र.जि.अ. लाई जानकारी गराएर नेपालको सक्कली नक्सासमेत हस्तान्तरण गरिएको थियो । झण्डै एक घण्ठा कार्यक्रममा प्रहरीले डिस्टर्व गरेपछि क. सी.पी. गजुरेलले प्र.जि.अ. सङ्ग फोन गर्नु भयो र बल्ल कार्यक्रम गर्न दिइयो ।
२०६२÷२०६३को जन–आन्दोलनमा घरको छतमा बसेर काजु खाँदै जन–आन्दोलनकारीलाई जिस्क्याउँदै गणतन्त्र भनेको नेपालका लागि गाडा चढेर अमेरिका जानेहरु भनेर गिज्याउने ओलीलाई पुरस्कार वापत दिइएको प्रधानमन्त्रीपदको यहाँभन्दा दुरुपयोग के हुन सक्छ । सभा सङ्गठन गर्न पाउने, बोल्न, लेख्न पाउने अधिकारलाई मध्य दिनमै यस किसिमको हस्तक्षेपले तनहुँ डुम्रेका जनता छक्क परे र बजारभरिका जन–समुदायले निःशुल्क तमासा हेरे, त्यसपछि कार्यक्रम झन भव्य भयो र बजारका जन–समुदायले ठाडा कान लाएर कार्यक्रम सुने । २०७६ फागुन १ गतेको शुभ बिहानीमा आठै बजे तनहुँको ऐतिहासिक भानु नपाको चन्द्रावतीमा कोणसभा गरियो, एकजना सहिदका बुवालाई आसन ग्रहण गराएर झण्डै २ घण्टा कोणसभा सम्पन्न गरियो । फागुन ३ गते देसका ७७ ओटै जिल्लामा नौदलको तर्पmबाट विरोधसभा गर्ने कार्यक्रमअनुसार कास्कीको महेन्द्रपुलमा दिउसो तिन बजे जिल्लामा उपलब्ध राजनैतिक पार्टीहरुकासाथ सभा गरियो, जसलाई नेकपा(क्रान्तिकारी माओवादी)को तर्पmबाट केशबहादुर परियारले सम्वोधन गर्नु भयो । तनहुँको दमौलीमा नौदलको तर्फबाट कालो ब्यानरमा जुलुस निकालेर बजार परिक्रमा गर्नुको साथै सत्याग्रह चोकमा सभा गरियो, सभालाई प्रदेश इञ्चार्ज अटलले सम्बोधन गर्नु भयो । यसैगरि नवलपुरको फलफुलचोकलगायतका गाउँहरुमा विरोधसभा सम्पन्न गरियो । फागुन १६ देखि नवलपुर (वर्दघाट सुस्तापूर्व नवलपरासी) मा अभियान सुरु गरियो, १६ गते नै प्राविधिक गडवडीका कारण माइक विना गैँडाकोट, रजहरमा दुइ ओटा कोणसभा सम्पन्न गरियो । सोही दिन बेलुका चार बजे कावासोतीमा साउण्ड बक्स्सहित कोणसभा सम्पन्न गरियो । कोणसभालाई अटलले सम्बोधन गर्नुभएको थियो । पार्टी केन्द्रको रुटीन अनुसार हरेक अभियान टोलीले कम्तीमा एउटा सीमा निरिक्षण गर्ने कार्यक्रम अनुसार एक मिनिबस प्रदेस ४ र ५ को सिमानामा पर्ने सुस्ता गाउँपालिकाको आधा वार्ड ५ नं गइयो । दिउस दुइ बजे सुस्ता पुग्दा पहिलानै जानकारी गराइएकोले सम्पूर्ण सुस्तावासी मञ्च बनाएर हाम्रो प्रतीक्ष्ााँमा बसिरहनु भएको रहेछ । अभियान टोलिाई सुस्तावासीको तर्पmबाट शब्दद्धारा न्यानो स्वागात पाइयो । सुस्ता गापाको ४२ हजार हेक्टर मध्ये ३५ हजार हेक्रजमिन भारतीयहरुले कब्जा जमाइ, दिन रात राइफलले पहरा दिएर भारतीय एसएसबी. बसेको छ र नेपालको सिमाना ्रत्यहासम्म पर्छ भनेर हातका औँलाले देखाउँदासमेत राइफल ताक्ने गर्छ । निरन्तर सुस्तावासीको खबरदारी देशभरिका देसभक्त जनताहरुको ऐक्यवद्धताकासाथको भ्रमणले दिउसै कुटिने, वलात्कारमा पर्ने, बाली पाक्तासाथ ट्याक्टरमा आएर लुट्ने क्रम नेपाल सरकारको तर्पmबाट ४० जनाको सशस्त्र प्रहरीको टोली र एउटा जनपथप्रहरी चौकी राखेपछि केहि रोकिएको रहेछ । झन एक जना राइ थरका डिएसपीले छाति फुलाएर एसएसबीको अङ्ग्रेजीमा गरेको गालीलाई उस्कोभन्दा स्तरीय अङ्ग्रेजी बोल्दै सुस्ता वासीकोसाथमा प्रतिवाद गरेपछि त अङग्रेज साम्राज्यवादको दास मानसिकताबाट ग्रसित एसएसबी. फोर्स निकै रक्षात्मक अवस्थामा पुगेको र राइ डिएसपीलाई सुस्ता बचाउ अभियानका प्रवक्ताले स्यालुट भनेर वारम्वार प्रशंसा गर्दा हामीसमेत आनन्दित भयौँ । यत्तिकैमा देसको रक्षार्थ लड्दै गर्दा एसएसबीले. कुटेर आप्mना पति मोहम्मद रफि खाँलाई २०४० साल भाद्र ३० गते मारेको बेहोराको त्रिवेणी सुस्ता गाउँपालिकाको सिफारिसपत्र उहाकी वृद्ध पत्नी नविजात खातुनले देखाउँदा हामी निकै मर्माहत भयाँै । २०२२ सालमा सुस्तामा वस्ती बसालिएको , २०३४ सालमा नारायणीमा बाढी आएर नदी पश्चिमतिर सरेका,े १८१६ को सुगौलीसन्धि अनुसारको जङ्गे पिलर पनि बगाएको र उक्त भूभाग भारतले कब्जा जमाएको, ३६५ घरधुरी ऐलेपनि जीवनमरणको लडाइ लडेर देसको सिमाना रक्षा गरिरहेको, वर्षा लागेपछि आफुहरु जेलजस्तै थुनिनु पर्ने नेपाल सरकारले एउटा पुल पनि नबनाइदिएको, ठेक्का परेको एउटा झोलुङ्गेपुलसमेत भारतीय दबाब, ठेकेदारको लापरबाहीका कारण दशौँ वर्षदेखि नबनिरहेको, आप्mना समस्या सुनाउन काठमाण्डौ जाँदा प्रधानमन्त्री ओलीलाई चीन जान र फर्केर आएर होली वाइन खान फुर्सत भएको तर हामीलाई भेट्न फुर्सद नभएको, विदेशी नागरिक हेलेन शाहलगायत हजारौँ भारतीयलाई नागरिकता दिइएको तर आफुहरुलाई ऐलेसम्म नागरिकता नदिइएकोआदि घटनाहरुको विस्तृत व्याख्या अभियान टोलीलाई सुनाएका थिए । तिमीहरु विहारी बन तिमीहरुलाई दुइ रुपैँयाँ किलो चामल दिन्छौ भनेर विहारी पुलिसले फकाउँदा हामी गर्वले नेपाली हौँ यही् माटोमा जन्मियौँ हामी यहि माटोमा मर्छाैँ भनेर अवधि भाषामा नैला बेगमले माइक समाएर बोल्दा देस खोज्न हरेक नेपाली एकपटक सुस्ता पुग्नै पर्ने रहेछ भन्ने अनुभूति भयो हामीलाई । सहिद सप्ताहभित्रकै दिन फागुन १७ गते भएको उक्त कार्यक्रममा २०७६ असोजमा प्रधानमन्त्रीलाई काठमाण्डौ भेट्न जाँदा २९ दिन बस्दासमेत प्रधानमन्त्रीले भेट नदिएको चिसो लागेर डेलिगेसन टोलिका सदस्य रामानन्द हरिजन वीर हस्पिटलमा मृत्युवरण गरेर राष्ट्रकै सहिद भएकोले देस बचाउन सिमानामा घाइते भएकाको सम्झना र २०७३ फागुनमा कञ्चनपुरमा सहिद हुनुभएका गोविन्द गौतम, मोहम्मद रफि खाँ, रामानन्द हरिजन, सुखानीका रामनाथ दाहाललगायत पाँचजाना र जनयुद्धका दिलबहादुर रम्तेललगायत १७ हजार सहिदलाई सम्झेर १ मिनेट मौनधारण गरी हार्दिक श्रद्धाञ्जली अर्पण गर्यौँ । नवलपुरका सेक्रेटरी तथा क्रान्तिकारी युवा लिगको उपाध्यक्ष उत्तमको उदुघोषण देजमो प्रदेस सहअध्यक्ष नेत्र रानाभाटको अध्यक्षता ४ नं प्रदेस इञ्चार्ज अटल, सेक्रेटरी क. किशोर, नेकपा. (क्रान्तिकारी माओवादी)को तर्पmबाट नर्मदा रानाभाट, र गीता पाण्डे, अनेमसंघ क्रान्तिकारीबाट सभालाई सम्बोधन गरिएको थियो । नारायणी नदिदेखि जनता दलित आधारभूत विद्यालयको प्राङ्गणसम्म अभियान टोलीलाई निःशुल्क ट्याक्टर्मा लाने र लैजाने व्यवस्था गरिएको थियो । फर्कदा साँझ पर्न लागिसकेको थियो, राता ब्यानर र झण्डा सबैका हातहातमा थिए, छोड छोड कालापानी, हाम्रो भूमि छोड, भारतीय विस्तारवाद–मुर्दावादलगायतका नारा घन्काउँदै ट्याक्टरमा नारा लगाएर फर्कदा खेतमा काम गरिरहेका सुस्तावासीले हात उठाउँदै स्वागत गरिरहेका र हल्लाउँदै बिदा गरिरहेका गोधुलि समयको दृश्यले क्रान्तिकारी रोमान्स दिइरहेको थियो । यसप्रकार हामी पश्चिम नवलपरासीका जिल्ला सदस्य गुणनिधि पोखरेलसहित ३० जना राती ८ बजे कावासोती आइपुग्यौँ । सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवाल, सदस्य आदम खाँ, नैला बेगमलगायत सुस्तावासीलाई हाम्रो तर्पmबाट मुरीमुरी धन्यवाद व्यक्त गर्दछौँ । भोलिपल्ट फागुन १८ गते पुरानो कावासासेती, डण्डाबजार, हुप्सेकोटको भ्mयालबास, गिरबारी, वसन्तपुरचोक र पूर्वपश्चिमराजमार्गको चोरमाराबजार गरी ६ ओटा कोणसभा सम्पन्न गरियो । सभालाई पार्टीको तर्पmबाट इञ्चार्ज अटल,सेक्रेटरी किशोर, देजमो केस पीताम्बर तिवारी, बाबुराम पोखरेल, महिलाको तर्पmबाट नर्मदा रानाभाटले सम्बोधन गर्नुभएको थियो । फागुन २२ गते स्थायीसमितिको बैठक बसेर १५ दिनकोलागि कोरोना माहामारीका कारण कार्यक्रम स्थगित भएकोमा चैत्र ६ गते पीवीको बैठक बसेर चैत्र २४ सम्मको कार्यक्रम रोकिएको छ । चैत्र २७ देखि स्याङ्जा, पर्वत र बाग्लुङ्–म्याग्दीकोलागि तय भएको अभियानको कार्यक्रम हाललाई रोकिएको छ र आगामी दिनमा पुनः जोडिने गरी ऐलेलाई बाहिरी खुला कार्यक्रम रोकिएपनि आन्तरिक सङ्गठन निर्माणको कामलाई जारी राख्दै कोरोना भाइरसबाट सबैलाई जोगिन अनुरोध गर्दै यो लेखक पनि बिदा चाहान्छ ।