इतिहासबाट पाठ सिकी वर्तमानमा पाइला चाल्नु जरुरी

प्रकाशित मिति : २०७६ फाल्गुन २७

- पुष्प गोपाल श्रेष्ठ


देश स्वतन्त्र चाहन्छ, जनता मुक्ति चाहन्छ । मुक्ति र स्वतन्त्रता भनेको क्रान्तिकारी पार्टीका क्रान्तिकारी कम्युटिष्ट हौँ भन्ने सुगारटाइको भरमा प्राप्त हुने कुरा होइन । न यो रोई कराई दुबै हात फैलाएर भिख माग्दैमा पाउने कुरा हो । मुक्ति र स्वतन्त्रताको निम्ति क्रान्तिकारी आन्दोलनको जरुरी पर्दछ । क्रान्तिकारी आन्दोलन पराजित मानसिकताले हाँक्न सक्तैन । क्रान्तिकारी आन्दोलन हुन र गर्न सच्चा क्रान्तिकारी पार्टी बिना सम्भवन हुन्न । त्यसो भन्नुको अर्थ नाउँ मात्रको क्रान्तिकारी पार्टी होइन । जन–सेना बिनाको पार्टी सच्चा क्रान्तिकारी पार्टी बन्न सक्तैन भनेर, सर्वहारा वर्गिय नेता माओत्सेतुङले त्यतिकै भनेका होइनन् । सच्चा क्रान्तिकारी पार्टीसँग जनसेना त हुनैपर्छ । फेरि यसो भनेर जनसेना भनेका आकाशबाट खुसुक्क तल झर्ने होइन, न यो धर्तिबाट सुटुक्क पलाउने नै हो । जनसेना भनेका खासमा श्रमजिवी जनता हुन । जो माक्र्सवाद–लेनिनवाद–माओवादी सिद्धान्तमा आधारित राजनैतिक चेतना अर्थात बैचारिक हतियारबाट शुसज्जित श्रमिक जनता नै जनसेना हुन् । यसो भनेर फेरि साराका सारा श्रमिक जनता क्रान्तिकारी जनसेना नै हुन् भन्ने कुरा होइन । त्यसमध्ये कतिपय आवारागिरिहरु पनि हुन्छन् जो, सैद्धान्तिक एवम् राजनैतिक चेतना बिहिन छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीले क्रान्तिकारी संघर्षको दौरानमा देश, काल र परिस्थिति हेरी आवश्यक्ता अनुरुप यसलाई भौतिक हतियारधारी सेना फर्मेसनमा परिणत पनि गर्न सकिन्छ र गर्नुपर्ने हुन्छ । तर, हतियारधारी सेना फर्मेसन गर्दा, सेना हतियारको नीति निर्देशनमा होइन बरु बैचारिक नीति निर्देशनलाई कढाइकासाथ अनुशासित भई अगाडि बढ्ने अनुमति स्थापित गरेको हुनुपर्छ ।
नेपाल २१ औं शताब्दीमा आइपुगि सक्दा पनि उहि बिग्रन्दो स्थितिबाट माथि उठ्न नसक्नुको मूल जड भनेको सामन्तवादी राज्यसत्तालाई टिकाई राख्न सिर्जना (निर्माण) गरिराखेको त्यो चार खम्बाहरु, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र सुरक्षा इकाई, यी चार खम्बा माथि टिकीरहेको वर्तमानको यो दलाल नोकरशाही पूँजीवादी अर्ध–सामन्ति तथा अर्ध–(नव) औपनिवेशिक राज्य व्यवस्था नै हो । जवसम्म यो व्यवस्था कायम् रहिरहन्छ तवसम्म नेपालको उन्नति हुने आशा पालेर बस्नु महाभूल हुनेछ मात्र होइन महाभूल भइरहेको छ । यो देश र जन–विरोधी व्यवस्थालाई ध्वष्त पारी, नयाँ जनवादी व्यवस्था (संघिय जनगणतन्त्र) कायम गर्न सशस्त्र जन–विद्रोह नै आजको एकमात्र अनिवार्य शर्त हो र यसलाई कुनै अर्थमा पनि नकार्न मिल्दैन ।
सच्चा क्रान्तिकारी कम्युनिष्टहरुले विगतका इतिहासबाट पाठ सिकी वर्तमानको आवश्यक्ता अनुरुप पाइला चाल्न सक्नु पर्दछ । हाम्रो पुर्खाले आज्र्याको सम्पत्ति भन्दै सामन्ति संस्कार ‘आफु भलो त जगत भलो’ भन्ने व्यक्तिवादी सोचमा डुबेर आफु बसिबसि खाने, अरुलाई चाहिं मरणान्त हुनेगरी जोत्नसम्म जोतेर आएको फल जम्मै आफुले सोरपटर गरी खाने, तर फल फलाउने श्रमिकले भने आफ्नो श्रमको फल चाख्नसम्म नपाउने गरी स्थापित रितिरिवाजभित्र रमाएर, नयाँ नेपाल बनाउने सपना बुन्न चाहिं नछोड्ने, यस्तो उदेग लाग्दो चालाले किमार्थ नयाँ नेपाल निर्माण गर्न सकिन्न । नयाँ नेपाल निर्माण गर्न हामीले हाम्रो पुरानो समाजको जगमा उभिएर नयाँ नेपालको निर्माण कसरी हुन्छ ? यो असम्भव कुरा हो । नयाँ नेपाल निर्माण गर्न आजको आवश्यक्ता अनुरुप भन्नु नै नयाँ सोचको नयाँ संस्कार (नयाँ संस्कृति) निर्माण गरी, नयाँ संस्कारको जगमा उभिएर नयाँ नेपाल निर्माण गर्ने जमर्को गर्न सक्नुपर्छ ।
हामीले हामीभित्र पनपनाई रहेको हाम्रो आफ्नो कमजोरी पनलाई पहिचान गरी, त्यस्तो कमजोरिपनबाट मुक्त हुनु पर्छ भन्ने सोच्नसम्म पनि नसकी उल्टो, त्यसै कमजोरिलाई आफ्नो जीवनको गौरव ठानी आफ्ना पुर्खाले सृजना गरेर गएका ती विषय वस्तुहरुको महिमाको गुनगान गाउनु र त्यसको वरिपरि चक्कर मार्दै जीवनका अमूल्य समयलाई खेर फाल्ने जस्तो क्रियाकलापले गर्दा, आज हामीले यस्तो हविगत झेल्नु परिरहेको छ । हिजोका दिनमा हाम्रा पुर्खाले आफ्नो पहिचानलाई जिवीत राख्न, सामुहिक सोचलाई सर्वोपरि मानी देशको मान–मर्यादा अर्थात राष्ट्रिय स्वाधिनताको रक्षालाई अग्र–स्थानमा राखेर, देश, काल र परिस्थितिको आवश्यक्ता अनुरुप (सुहाउँदो) भाषा, साहित्य, कला, संस्कृति, रितिरिवाज र रहनसहन जे जस्ता जस्तो किसिमले सृजना गरेका थिए, ती सबका सबलाई नामेट पार्दै सीर्जनशील आदिवासि जनजाति समुदाय अर्थात नेपालका आदिवासि नेवाः जातिय समुदायलाई नै ध्वष्तपारी सिङ्गो नेपालमा रजाइँ गरी बस्ने दुरासय मानसिक्ता बोकी आएका ती दुष्टजनहरु नेवाः जातिय समुदायको सीर्जनशीलता, सदासयता र स्वाभिमानी प्रतिमूर्ति सामू नतमस्तक भई नेवाः जातिय समुदाय अर्थात नेपाल (इतिहासकार जगदिश चन्द्र रेग्मी ः– “जातिवाचक नेवार नाम देश वा राष्ट्रवाचक नेपालकै व्यवहारिक रुप हो”) मै बिलय हुन पुगेको इतिहास यथावत छ, त्यो मेटेर मेटिन्न ।
आजका जन–समूदायले अत्यन्तै महत्वका साथ बुझ्नु पर्ने कुरो के हो त भने जात र जाती भनेको एउटै विषय वस्तु होइन । जाती भनेको एउटा जनसमुदाय हो । जाति भनेको कुनै नश्लीय वा प्रजातिय होइन, बरु ऐतिहासिक दृष्टिले स्थापित एउटा जनसमुदाय हो । जाती भनेको कुनै अनियमित वा क्षणिक जमघट होइन, बरु मानिसहरुको एक स्थिर समुदाय हो । तर फेरि यसो भनेर सबैका सबै स्थिर जन–समुदायहरु जाती बन्दैनन् । विश्वमा त्यस्ता कतिपय स्थिर जन–समुदायहरु छन् तर तिनलाई जाती कहलाउन सकिन्न । कुन कुराले राज्य समुदायबाट जातीय समुदायलाई छुट्याउने भन्दा, त्यसो छुट्याउने माध्यम एउटा साझा भाषा हो । साझा भाषा बिना जातीय समुदाय कल्पनासम्म पनि गर्न सकिन्न । तर, राज्यको निम्ति एउटा सझा भाषा हुनैपर्छ भन्ने छैन । जातीय समुदाय कहलाउन जातीय समूदायमा अनिवार्य रुपमा हुनै पर्ने विषय भनेको विशेषतः साझा भाषा, साझा इलाका, साझा आर्थिक जीवन र साझा संस्कृतिमा व्यक्त मनोवैज्ञानिक स्वरुपको आधारमा निर्मित एक ऐतिहासिक रुपले स्थापित, स्थिर जनसमूदाय हो । यसलाई अर्को अर्थमा भन्नुपर्दा कुनै पनि स्वतन्त्र राष्ट्रको निखर राष्ट्रियताको पहिचान भनेकै त्यहाँको जातीय समूदाय हो ।
जातीय समूदायको भँगालोलाई तितर वितर पारी आफ्नो दुरासयपूर्ण स्वार्थका लागि सामन्तवादीहरु विशेषतः हिन्दु–धर्मालम्विहरुले वर्ण–व्यवस्था लागु गर्न लामो समयदेखि प्रयास गर्दै आएता पनि जातीय समूदायको स्थिर साझा नीति र सामुहिक सोच सामू केहि लागेको थिएन । तर, जयस्थिति मल्लले समाज–सुधारको नाउँमा वर्ण–व्यवस्था अन्ततः लागुगर्न सफल हुन पुगेका थिए । त्यसै बेलादेखि वर्ण–व्यवस्थाभित्रको त्यो जालसाजी धर्ममा लुटुपुटु भई विभिन्न उच–नीच जातभातमा विभाजित भई टुट्फुट्को स्थितिबाट फाइदा उठाउँदै, व्यक्तिगत महत्वाकांक्षी पृथ्वीनारायण शाहले धुत्र्याइँपूर्ण जालझेलको तरिका अपनाई गोरखा राज्य विस्तार गर्ने क्रममा, नेपालका तमाम् आदिवासी जनजातीहरुलाई तितर वित पारेर देशलाई तहस नहस पार्दै आन्तरिक उपनिवेश खडा गरेका थिए । जसलाई पृथ्वीनारायण शाहका घोषित तथा अघोषित उत्तराधिकारी सत्तासिनहरुले उक्त कार्यलाई निरन्तरता कायम गर्ने शीलशिला जारिराख्दै बहुमतको दम्भमा उभिएर ओलि नेतृत्वको वर्तमान सरकारले यतिखेर, अलकापुरि कान्तिपुरलाई पुरै ध्वष्ट पारी यहाँका रैथाने नेवाः जतिय समुदायलाई उठिवास गराई नेवाः जातीको अस्तित्व नै नामेट (समाप्त) गर्न खोजेको मात्र होइन, उसले नेपालको राष्ट्रिय स्वाधिनतालाई नै सखाप पार्ने अभिप्रायका साथ बिना हिचकिचाहट एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन मरिहत्यगरी लागिपरि रहेको वर्तमान स्थिति हो यो ।
सच्चा क्रान्तिकारी कम्युनिष्टहरुले अत्यन्तै महत्वकासाथ यादगार बनाई राख्नु पर्ने कुरो भनेको “सिद्धान्तमा आधारित नीति नै एक मात्र सही नीति हो” पार्टी नेताहरुले आफ्नो बहुमतको रायलाई आदर नगरिरहन सक्दैन । बहुमत यस्तो शक्ति हो जसलाई नेताले महत्व नदिई रहन सक्दैन । तर, खास गरी बहुमत को कुनै सैद्धान्तिक आधार नरहँदा, बहुमतको बन्दीभई बस्नु पनि ठिक होइन । हाम्रो पार्टीको इतिहासमा यस्ता क्षण पनि रहेका छन् । बहुमतको दम्भमा ती आत्मासमर्पणवादीहरुले पार्टी, सर्वहारावर्गका मूल हितहरु र दश वर्षिय महान जनयुद्धलाई तहस नहस पार्दै, तीनिहरु वर्गीय दुस्मनहरुको जन–विरोधि क्याम्पभित्र लुते कुकूरको जीवन जिउन पुगेका थिए । यस्तो बेला हामी सच्चा क्रान्तिकारी कम्युनिष्ट हुनुको नाताले क्रान्तिकारी लाल झण्डा भूईमा गिर्नबाट जोगाई, त्यस्ता धोकेवाज गद्दारहरुबाट छुट्टै क्रान्तिकारी पार्टी पुनरगठन गरी, अधुरो नयाँ जनवादी क्रान्तिलाई पूर्णतामा धालेर देश र जनताको आवश्यक्ता र चाहना स्वरुप नयाँ जनवादी राज्य–व्यवस्था कायम गर्ने उद्देश्य सहित आवश्यक तयारिमा जुतिरहेको वर्तमान स्थितिलाई केन्द्र बिन्दु बनाई प्रत्येक क्रान्तिकारी कम्युनिष्टहरुले आ–आफ्नो क्रान्तिकारी पहिचान दर्साई जुझारु ढङ्गले अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यक्ता हो ।
पार्टीका सिद्धान्तकार तथा नेताहरु, विश्व इतिहास सित परिचित रहेका र क्रान्तिहरुको इतिहासको आद्योपान्त अध्ययन गरेका मानिसहरु कहिले काहिं एउटा लज्जाजनक रोगबाट पिडित हुन्छन् । यो रोग हो जन–साधारणबाट डर, जन–साधारणको रचनात्मक शक्तिमा अविश्वास । यसले गर्दा क्रान्तिको इतिहास सित सुपरिचित नभएता पनि पुरानो व्यवस्थालाई विनष्ट पारी नयाँ निर्माण गर्ने जन–साधारण प्रति एक प्रकारको अभिजात वर्गिय दृष्टिकोण कहिले काहिं नेताहरुमा पैदा हुन्छ । प्रकृतिमा भुइँचालो नै आउला कि, जन–साधारणले “ज्यादै बढ्ता विनष्ट” पार्लान कि भन्ने डरबाट यस प्रकारको अभिजात वर्गीय दृष्टिकोण पैदा हुन्छ । भन्नु नै पर्दा यो जन–साधारणलाई किताबी ज्ञानबाट सिकाउन खोज्ने, तर जन–साधारणबाट सिक्न नचाहने निर्देशकको भूमिका खेल्ने इच्छाको उपज हो ।
सच्चा क्रान्तिकारी कम्युनिष्टहरु क्रान्तिप्रति सचेत रुपले गम्भिर हुनु जरुरी छ । क्रान्ति भनेको व्यापक श्रमजिवी जन–सहभागिता बिनाको क्रान्ति, खास क्रान्ति नभई विगतमा भए गरेका बुर्जुबा क्रान्ति जस्तै भ्रान्तिमा परिणत हुन जान सक्ने सम्भावनालाई नकार्न मिल्दैन । यसो भनेर फेरि जन–सहभागिता जुटाउनुको नाउँमा ठूलठूला भाषणबाजी, सैद्धान्तिक ब्याख्या र विश्लेषण, वक्तव्य र पर्चाबाजिको होद चलाउँदैमा जन–सहभागिता जुताउन सकिन्न । जन–सहभागिता जुटाउन, उनीहरुसँग सच्चा दिलले आत्मियता गाँसेर उनीहरुले भोग्नु परिरहेका अनेकौँ दुःख कष्टका व्यथाहरु प्रति सम्वेदनशिल बनी समस्या सुल्झाउन सच्चा हितैसि मित्र बन्न सक्नु पर्छ ।
क्रान्तिप्रति अटल विश्वासका साथ समरपित सच्चा क्रान्तिकारी कम्युनिष्टहरुले अत्यन्तै गम्भिर भई चिन्तन मनन् गर्नु पर्ने कुरो भनेको क्रान्तिका आधार स्तम्भ भनेको श्रमिजिवी जन–समूदाय हो । र ती श्रमिजिवी जनता क्रान्तिकारीहरुको चेला होइनन्, उनीहरु त क्रान्तिकारीहरुको प्राथमिक तहका गुरु हुन् । उनीहरुले भोग्नु परिरहेका ती गराई खाने ठगहरुद्वारा थोपरेको शोषण, दमन र उत्पीडन जस्ता अत्यन्तै कष्टकर जीवनका अनुभूतिहरु ग्रहन गर्न, क्रान्तिकारी कम्युनिष्टहरु स्वच्छ दिलले उनीहरुसँग हेलमेल भई क्रान्तिको निम्ति अत्यावश्यक उपरोक्त प्राथमिक शिक्षा हासिल गर्नु नितान्त जरुरी छ । आफुले ग्रहन गरेको उक्त शिक्षालाई, मालेमावादी सैद्धान्तिक ल्यावमा मिहिन तरिकाले प्रशोधित गरी निस्केको विशुद्ध क्रान्तिकारी अवधारणा, ती गराई खाने ठगहरु विरुद्ध लक्षित गरी, पुनः श्रमिजिवी जन–समूदायमा फर्काई, उनीहरुलाई क्रान्तिकारी संघर्षमा सक्रिय सहभागि बन्न उत्साहित तुल्याई एकसाथ जुझारु ढङ्गले क्रान्तिकारी संघर्षमा उत्रने र उतार्ने जमर्को गर्नैपर्छ । देश र जनताको मुक्ति र स्वतन्त्रताको चाहनालाई परिपूर्ति गर्ने यो नै एक मात्र भरपर्दो माध्यम हो भने अर्कोतिर सच्चा क्रान्तिकारी कम्युनिष्टहरु समुन्दरको धार उल्टोतिरबाट अगाडि बढ्ने महाप्रलयकारी शक्ति हो । राष्ट्रिय मुक्तिको निम्ति यी दुईको संगम आजको अनिवार्य शर्त हुनुको सँगै यो वर्तमान युगको माग पनि हो ।
२०७६÷११÷१५
ताहाचल, काठमाडौँ ।