‘राष्ट्रिय स्वाधीनता र संगठन विस्तार अभियान’मा चितवन

‘राष्ट्रिय स्वाधीनता र संगठन विस्तार अभियान’मा चितवन

भूमिका
नेपालजस्तो अर्धसामन्ती र अर्ध(नव)औपनिवेशिक देसमा वास्तविक क्रान्तिकारी कम्युनिस्ट पार्टीको तत्कालीन कार्यभार त्यस देसमा जनगणतन्त्रको स्थापना गर्नु हो । यो काम सम्पन्न गर्नका लागि माक्र्सवाद–लेनिनवाद–माओवाद विचारमा आधारित सिद्धान्तयुक्त मिलिटयाण्ट पार्टीको आवश्यकता पर्दछ । हाम्रो देसको डबल नेकपा नामको कम्युनिष्ट पार्टीहरुजस्ताले क्रान्ति गर्ने होइनन, जनतामा भ्रम सृजना गरेर क्रान्तिको गला रेटने काम गर्दछन । यि नक्कली कम्युनिष्टहरुले संसदीय व्यवस्थाभित्र पसेर सक्दो शोषण भ्रष्टाचार गर्दछन । त्यसपछि त्यसप्रकारको कुकर्मको प्रायश्चित्त गर्नको लागि महायज्ञ गर्ने,मठमन्दिर धाँउँदै उदघाटन तथा पुजा अर्चना गर्दै हिडछन । नेपालजस्तो अर्धसामन्ती र अर्ध(नव)औपनिवेशिक देसको क्रान्ति सम्पन्न गर्नका लागि दुइवटा शक्तिमाथि विजय प्राप्त गर्न अनिवार्य हुँन आउँछ । त्यो भनेको वैदेशिक साम्राज्यवादी तथा विस्तारवादी शक्ति र देसभित्रको घरेलु प्रतीक्रियावादी शक्ति । हामीलाई विश्व क्रान्तिको इतिहासले यहि पाठ सिकाएको छ कि नेपालको क्रान्ति सम्पन्न गर्नका लागि पनि यिनै दुई शक्तिमाथि विजय प्राप्त गर्नै पर्दछ । ठुलो जनसङघर्षबाट मात्र यसप्रकारको काम फत्ते गर्न सकिन्छ । निरन्तरको वर्गसङघर्ष संचालन गरिरहँदा कुनै समय राष्ट्रियता सम्बन्धी विषय प्रधान बनेर आँउदो रहेछ त्यसवेला वैदेशिक शक्तिका विरुद्ध सङघर्ष प्रधान बनाउने र कुनै समय जनतन्त्र, जनजीविकाको विषयलाई प्रधान बनाएर घरेलु प्रतिक्रियावादी शक्तिका विरुद्धको सङघर्षलाई प्रधान बनाउन पर्दाेरहेछ । आन्तरिक राष्ट्रियता बलियो नभइकन देसको समग्र वाह्य राष्ट्रियता बलियो हुनै सक्दैन । आन्तरिक राष्ट्रियता बलियो हुनका लागि देसमा जनगणतन्त्र स्थापना हुन पर्दछ । जनगणतन्त्रले मात्र वाह्य राष्ट्रियतालाई मजबुत बनाउन सक्दछ । यो विषय ए सिक्काका दुइ पाटाजस्तै हो । वर्तमान समयमा हाम्रो देसमाथि वैदेसिक हस्तक्षेप अत्यन्त बडेर गएको छ । देसभित्र जतिजति वर्गसङघर्ष विकास भएर अगाडि बड्दछ त्यति त्यति वैदेशिक हस्तक्षेप पनि आम्नेसाम्ने भएर आँउदो रहेछ ।

नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रिय समितिको बैठक
नेकपा (क्रान्तिकारी माओवादी)को २०७६ मंसीर २६बाट २९सम्म सिराहाको गोलबजारमा बसेको केन्द्रिय समितिको बैठकले तत्कालका लागि वाह्य साम्राज्यवादी र विस्तावरवादी हस्तक्षेपका विरुद्ध सङघर्षलाई प्रधान बनाएर अगाडि बडने निष्कर्ष लिएको थियो । भारतले सयौँ ठाउँमा नेपालको सिमाना मिचेकै छ । देसभित्रका संसदीय व्यवस्थामा शासकहरुको आत्मसमर्पणवादी नीति र भारतको विस्तारवादी नीतिले गर्दा नेपालको कालापानी लिम्पियाधुरा, लिपुलेकसहितको तिनसयबहत्तर वर्ग कि.मि. भुमि भारतले आफनो नक्सामा पारेर नेपालको नक्कली नक्सा छापेर नेपालमा पठायो, जुन नेपालका सरकारी कार्यालय संघ संस्थामा टाँसेर सोहि मुताबिक कामकाज गरेको देख्न सक्दछौँ । उता अमेरिकाले उसको सैन्य रणनीति इण्डोप्यासिफिक रणनीति विकासोन्मुख साना पछौटे मुलुकहरुमा आफनो सेनाको क्याम्प खडा गरेर त्यसदेसको प्राकृतिक स्रोतसाधन कब्जा गर्ने र ति देसहरुमा अस्थिरता पैदा गराएर आफनो स्वार्थ पुरा गर्ने रणनीति अन्तर्गत मिलिनियम च्यालेन्ज कर्पाेरेसन मार्पmत केहि अरब पैसा लिएर नेपाल प्रवेश गर्ने योजना बनायो । नेपालको हकमा नेपालीभुमि प्रयोग गरेर चिन विरोधी गतिविधि गर्ने यो उसको उद्धेश्य निहित छ । यी नेपालका बाहिरी दुश्मनका विरुद्ध सङघर्षलाई केन्द्रित नगर्ने हो भने हाम्रो राष्ट्रियता खतरामा पर्ने पक्कापक्की छ ।

केन्द्रीय समितिको निर्णय कार्यान्वयनमा चितवन जिल्ला पार्टी
नेकपा(क्रान्तिकारी माओवादी)ले यसप्रकारको हस्तक्षेपका विरुद्ध लडन अभियानै बनाएर अगाडि बडने जुन निर्णय गरेको थियो र जसमा राष्ट्रियतालाई लिएर सङघर्ष गर्ने त्यसबाट प्राप्त भएको पुँजीलाई सङगठनमा बाँडने त्यसपछि फेरि सङघर्ष गर्ने मूल योजना मुताविक उक्त योजना सम्पन्न गर्नको लागि पौष महिनाभर पार्टीका सबै तहको बैठ सम्पन्न गरेर योजना निर्माण गर्ने र माघ महिनाबाट अभियान सुरु गर्ने योजना मुताबिक चितवनमा माघ १५ गतेबाट अभियानको उदघाटन गरियो । जिल्लापार्टीको आत्मगत तथा वस्तुगत अवस्था अनुसार माघ १५ गते एउटा गाडी भाडामा लियौँ र आवश्यक पर्ने सामान हँसिया हथौडा अङकित विश्व कम्युनिस्ट पार्टीको झण्डा, देजमो नेपालको झण्डा साथै जनवर्गीय सङगठन र जातीय मोर्चाहरुको झण्डा, नेपालको राष्ट्रिय झण्डा, पार्टी केन्द्र र देजमो केन्द्रले छापेको तिन ओटा नेपालको नक्सासहितको पचार्, एउटा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको वास्तविक चुच्चेनक्सा र अरु दुइवटा भारतले जारी गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा न भएको नक्कली नक्सा र अर्काे भारतले जारी गरेजस्तै नेपाल सरकारको नापी विभागले जारी गरेको नक्सासहितको ठुलो ब्यानर अरु साना साना ब्यानरहरु, राष्ट्रियता झल्कने अरु नेपालका नक्सा ब्यानरहरु कोहि गाडिमा टाँसियो, कोहि गाडिभित्र राखेर पहिलो कार्यक्रम चितवन र मकवानपुरको सिमाना लोथरबाट सुरु भयो । २०७६ माघ १५ गते राप्तिनगरपालिका वडा नं १ लोथर पुर्वपश्चिम राजमार्गमा एकोणसभा सम्पन्न भया,े जुन कार्यक्रमको संचालन प्रकासबाबु खनालले गर्नु भएको थियो । राष्ट्रिय स्वाधीनता लिपुलेक, कालापानी, लिम्पियाधुरा तुरुन्त भारतको नक्साबाट हटाएर नेपालको नक्सामा कायम गर्ने र उक्त भुमि नेपालको स्वामित्वमा हुनु पर्नेलगायत अमेरिकाबाट प्रदान गरिएको मिलिनियम च्यालेन्ज कर्पाेरेशन देसको स्वाभिमानलाई आँच पुग्ने भएकोले यसलाई खारेज गर्नुपर्ने विचारसहित देजमो चितवन जिल्ला अध्यक्ष बाबुराम परियार र वैकल्पिक पार्टी केन्द्रिय सदस्य विकासले पार्टी सङगठनका विचार राख्ने काम भयो । उक्त कार्यक्रममा राप्तिनगरपालिका बाट उद्धव सापकोटा, रविन्द« श्रेष्ठ, गुणराज श्रेष्ठ, सृजना शाहलगायत कमरेडहरुको बाक्लो उपस्थिति रहेको थियो । लोथरबजारभरि पर्चा वितरण गरियो । चितवन र मकवानपुरको सिमामा रहेको पुलमा तिनओटा नेपालको नक्सा भएको एक ब्यानर टाँसेर छोडियो । उक्त कार्यक्रममा नेपाल प्रहरीका जवानले सामान्य सोधपुछ गरेका थिए । त्यसै दिन दोश्रो कार्यक्रम राप्तिनगरपालिकाको भण्डाराबजार चोकको प्रतिक्षालयमा गरियो । प्रकासबाबु खनालले सन्चालन र बाबुराम परियार र पार्टी सेक्रेटरी अशोक शर्माद्धारा राष्ट्रिय स्वाधीनता सम्बन्धी गहन विचार राख्ने काम भयो । यहाँ पनि व्यापक पर्चा वितरण र चोकको प्रतिक्षालयमा नेपालको नक्सा भएको व्यानर टाँस्ने काम भयो । यहाँ नेपाल प्रहरीले कार्यक्रम रोक्न निकै जोड ग¥या,े तर पनि कार्यक्रम सम्पन्न गरियो । यसपछि खैरनिनगरपालिकाको पर्साबजारको चोकमा कार्यक्रम सम्पन्न भयो, जुन कार्यक्रममा सुरेश गौतम र विकासद्धारा विचार राख्ने काम भयो । यहाँ पनि पर्चा वितरण र प्रतिक्षालयमा व्यानर टाँस्ने काम गरियो । यहाँ प्रहरीले कार्यक्रम रोक्न निकै जोड ग¥यो तर स्थानीय जनताको प्रतिरोधले प्रहरी पछाडि हटयो । जनताले “यि अभियानकर्मीले गर्न नहुने काम के गरेका छन र ? यिनले त देस बचाउने कुरा गरेका छन किन दमन गर्न खोज्दछौ । तिमिहरुले गर्ने काम पो यिनले गरेका छन” भनेपछि प्रहरी पछाडि हटने काम भयो ।

तीनदलीय संयुक्त कार्यक्रम
२०७६माघ १६ गते तिन दल–देजमो नेपाल, राजमो नेपाल, नेकपा मालेको आयोजनामा इलाका स्तरीय राष्ट्रियता सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा देजमो नेपालका जिल्ला सचिव मोदनाथ मरहटठाले कार्यपत्र पेश गर्नु भयो र कार्यपत्रउपर टिप्पणी ने.क.पा. (क्रान्तिकारी माओवादी) जिल्ला सेक्रेटरी अशोक शर्मा, राजमो जिल्ला अध्यक्ष डम्वर पुरी र नेकपा मालेको जिल्ला सचिव परशुराम लामिछानेले राख्ने काम भयो । उक्त कार्यक्रम रत्ननगर नगरपालिकाको उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको थियो । हल चासो राख्ने देसभक्तहरुले खचाखच भरिएको थियो । त्यसैदिन रत्ननगर नगरपालिाको टाँडी बकुलहर चोकमा कोणसभा सम्पन्न गरियो उक्त कार्यक्रमलाई राजमो नेपालका डम्बर पुरी र नेकपा मालेका परशुराम लामिछानेद्धारा ऐक्यवद्धता जाहेर गर्ने काम भयो । यस कार्यक्रमको सन्चालन मोदनाथ मरहटठाले गर्नु भयो भने कार्यक्रमलाई संवोधन विकासले गर्नु भएको थियो । २०७६माघ २७ गते नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा र नेकपामालेको संयुक्त आयोजनामा भरतपुरको चौबिसकोठीमा कोणसभा सम्पन्न गरि नारा जुलुससहित नारायणगढको लायन्सचोकमा पुगि समापन गरियो । उक्त कार्यक्रमलाई सुरेश गौतमले सन्चालन गर्नुभयो । क्रान्तिकारी माओवादीको तर्फबाट अशोक शर्मा, देजमोको तर्फबाट बाबुराम परियार, राजमोको तफृबाट डम्बर पुरी र मेघनाथ नेकपा मालेको तफृबाट भगवती घिमिरेले सम्बोधन गर्ने काम भयो । चौबी कोठीमा डिउटीमा रहेको पहाडी मुलको प्रहरी जवानका उनी भारत र नेपालको सिमानामा बसेर आएका रहेछन् । यस्तो कार्यक्रम सशक्त बनाएर विकास गर्नु पर्दछ , यस्ता कार्यक्रमलाई सबै देशभक्तहरुले साथ दिनुपर्दछ । विदेशी हस्तक्षेप कस्तो हुन्छ भन्ने कुरा मलाई थाहा छ । सदरमुकाममा बस्नेहरुलाई के थाहा भनेर ऐक्यबद्धता जाहेर गरे । अर्का तराई मूलका प्रहरी जवानले सिमानाको रक्षा मधेसशीहरुले गरेका छन् यस्ता देशभक्तिपूर्ण कार्यक्रमहरुलाई सबैले पूर्ण रुपमा समर्थन गर्नु पर्दछ । मेरो पनि समर्थन छ । सिमानाको पीडा पहाडियाहरुलाई के थाहा ? पहाडिया प्रहरीहरुले त यस्ता कार्यक्रमलाई रोक्नुपर्दछ, दमन गर्नुपर्दछ भनेर भन्दछन् भनेर देशभक्तिपूर्ण विचारद्वारा हाम्रा कार्यक्रमलाई समर्थन गरे ।

माघ २० गतेदेखि फागुन १ गतेसम्मका अभियानका कार्यक्रमहरु
२०७६ माघ २० गते रामपुर चनैली , पर्सा ढाप र जितपुरमा कार्यक्रम सम्पन्न भयो । रामपुरको कार्यक्रममा मोदनाथ मरहटठाले सन्चालन गर्नु भयो । प्रकाश खनालले झयाउरे लयमा राष्ट्रियता सम्वन्धी मिठो गित गाउनु भयो । उक्त ठाउँको कार्यक्रमलाई अशोकशर्माले संवोधन गर्नुभयो साथै चनौली, पर्सा ढाप र जितपुरको कार्यक्रम प्रकाश खनालले सन्चालन गर्नु भयो र पर्सा ढापमा अशोक शर्मा र चनौलीमा र जितपुरमा विकासले बोल्ने काम भयो । कार्यक्रम स्थलमा व्यापक पर्चा वितरण गर्नुका साथै कार्यक्रम सम्पन्न भएका स्थानमा नेपालको नक्सासहितको व्यानर टाँस्ने काम भयो । चनौलीमा प्रहरीले हस्तक्षेप गर्न खोज्यो भने पर्सा ढापमा साधारण सोधपुछमात्र गरयो । २०७६माघ २१ गते इच्छाकामना गाउँपालिकाको चितवन र धादिङको सिमाना फिसलिङमा कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रमलाई प्रकाशबाबु खनालले सन्चालन र विकासले संवोधन गर्ने काम भयो । उक्त ठाउँमा व्यापक पर्चा वितरणका साथै कार्यक्रमस्थलमा व्यानर टाँस्ने कामपनि सम्पन्न भयो । यहाँ प्रहरीले कार्यक्रम गर्न नदिन निकै जोड गरयो । हामिलाई माइकले पनि अलि दिक्कत बनायो । यसपछि मुङलिनबजारमा कार्यक्रम सम्पन्न भयो । यहाँ पनि पर्चा वितरणलगायत व्यानर टाँस्ने काम भयो । यहाँको कार्यक्रम प्रकास खनालको संचालन र अशोक शर्माले संवोधन गर्नु भयो । इच्छाकामना गाउँपालिका तामिन निवासी युवा रामप्रसाद बोहराले अभियानकर्मीलाई सुन्तला खुवाएर स्वागत गर्नु भयो । यसपछिको कार्यक्रम नारायणगढको पोखरा बसपार्कमा सम्पन्न भयो । यहाँपनि पर्चा वितरणसहित ब्यानर टाँस्ने काम भयो, जुन कार्यक्रम सुरेश गौतमको संचालन र . विकासले मन्तव्य राख्ने काम भयो । २०७६माघ २२गते कालिकानगरपालिकाको शक्तिखोर खोलेसिमल जुटपानी र पदमपुरमा कार्यक्रम सम्पन्न भयो, यहाँपनि अरु ठाउँजस्तै व्यापक पर्चा वितरण र ब्यानर टाँस्ने काम सम्पन्न भयो । चारै ठाउँको कार्यक्रम प्रकाशबाबु खनालले संचालन गर्नुभयो र शक्तिखोर खोलेसिमलमा विकासले संवोधन गर्नुका साथै जुटपानी र पदमपुरमा अशोकशर्माले संवोधन गर्नुभयो । २०७६ माघ २३गते भरमतपुर महानगरपालिकाको जगतपुर, पार्वतिपुर, गितानगर चोकबजार र बुद्धचोकमा कार्यक्रम सम्पन्न भयो । अरु ठाउँमाजस्तै यसठाउँमा पनि पर्चा वितरण र ब्यानर टाँस्ने काम सम्पन्न गरियो । यहाँका सबै ठाउँका कार्यक्रमहरुको संचालन सुरेश गौतमले गर्नुभयो । जगतपुर, गितानगर, बुद्धचोकको कार्यक्रमलाई अशोक शर्मा र पार्वतिपुर र चोकबजारको कार्यक्रमलाई विकासले संवोधन गर्नु भयो । पार्वतिपुरको कार्यक्रममा स्थानीय जनताले गडगडाहट तालिले स्वागत गरे हामिलाइ पनि देस गुमने होकि भनेर ठुलो चिन्ता परेको भन्ने अभिव्यक्तिहरु व्यक्त भए । कार्यक्रम सिद्धिएपछि हाम्रो भेटमा डिउटीमा भएको एकजना प्रहरी जवानले के गर्ने देशमाथि वैदेशिक हस्तक्षेप हुँदा पेट पोलेर आउँछ, हामि आदेसबेगर चल्न पाइँदैन तपाइँहरुले राम्रो काम गर्नु भएको छ भनेर हाम्रो कार्यक्रमलाइ सकारात्मकरुपमा लिएका थिए । गितानगरको कार्यक्रममा भरतपुर तेर निवासी फणीन्द« आचार्यले अभियान टोलिलाइ चिया खुवाएर स्वागत गर्नु भयो र उहाँले भन्नुभयो म राजनैतिकरुपमा राप्रपा. हुँ तर यो कार्यक्रमलाइ म दिलैदेखि स्वागत गर्दछु । वर्तमानमा कसैले गर्न नसकेको कार्यक्रम तपाइहरुले गर्नुभयो । तपाइँहरुलाइ बधाइ छ । अरु सबै सत्ता र भत्ताको लुछाचुँडिमा छन भनेर ऐक्यवद्धता जाहेर गर्ने काम भयो । २०७६माघ २५ गते माडि नगरपालिकाको सम्पुर्ण ठाउँमा पर्चा वितरण र जनजीवन उच्चमाध्यमिक विद्यालय खरकट्टाको गेटमा नेपालको नक्सासहितको ब्यानर टाँसियो । किर्तनपुर, वसन्तपुर र बरुवाबजारमा कोणसभा सम्पन्न गर्नुको साथै ब्यानर टाँस्ने काम भयो । माडिका कार्यक्रमहरुको संचालन चन्द«प्रसाद सुवेदीले गर्नुभयो । किर्तनपुर र बरुवाको कार्यक्रममा विकासले विचार राख्ने काम भयो भने वसन्तपुरको कार्यक्रममा अशोक शर्माले संवोधन गर्नु भयो । यसैदिन माडी एफ.एमलाइ राष्ट्रियता सम्बन्धी अभियानको विषयलाइ लिएर विकासबाट अन्तर्वाता दिने काम भयो । माडी एफ.एम. का अध्यक्ष तथा पत्रकार सुर्य पाठकले यो देस भक्तिपुर्ण कार्यक्रम कसैले गर्न न सकेको काम तपाइँहरुले गर्नुभयो, एत्रो खर्चपर्च, मेहनत देसकोलागि गर्नुभयो भनेर मुक्तकण्ठले प्रशंसा गर्नु भयो ।

२०७६ फागुन १ गते २५औ महानु जनयुद्ध दिवस अभियानकै दौरानमा भव्यताका साथ सम्पन्न गरियो । नारायणगढको लायन्सचोकबाट जुलुस सुरु भई पुल्चोकमा पुगेर सभामा परिणत भएको थियो । उक्त कार्यक्रमको संचालन सुरेश गौतमले गर्नुभयो भने सभालाई पार्टी वैकल्पिक पोलिटब्युरो सदस्य अम्बिका मुडभरी र चितवन जिल्ला सेक्रेटरी अशोक शर्माले जनयुद्धको योगदान, महत्व र वर्तमानमा हाम्रो देशमा ठोस परिस्थितिको ठोस विश्लेषणसहितको जनयुद्धको आवश्यकता र औचित्यता अझ बढेर गएको विचारसहित आ–आफना मन्तव्य राख्ने काम भयो । यसपछि पनि चितवनमा अभियानका कार्यक्रमहरु निरन्तर अगाडि बढिरहेका छन् ।

कार्यक्रममा भारतीय विस्तारवाद मूदार्वाद, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मूर्दावाद, अमेरिकी साम्राज्यवाद मूर्दावाद, भारतीय सेना नेपाल छोड, कालापानी लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि हो, राष्ट्रघाती दलाल ओली सरकार मूर्दावाद, वीर सहिद लालसलाम, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद, देजमो नेपाल जिन्दावादजस्ता गगनभेदी नारा सबै कार्यक्रममा लगाइएको थियो ।

निष्कर्ष
यो अभियनअन्तरगत गरिएका कार्यक्रमहरुले घेरै सकारात्मक परिवर्तन ल्याउन सहयोग पुरायको छ र त्यसमा केही कमीकमजारी पनि छन्, जसलाई सुधानु आवश्यक छ ।

सकारात्मक पक्षहरु
कार्यक्रमले जनतामा राष्ट्रियतासम्बन्धी विषयलाई स्पष्ट पार्ने काम भएको छ । राष्ट्रियता के हो ? भारतले हाम्रो भूमिमाथि कसरी हस्तक्षेप गरेको छ ? अमेरिका हाम्रो देशमा कुन उद्देश्यका साथ कसरी आउँदैछ ? भन्ने कुरा यो अभियानले जनतालाई सुसूचित हुन मद्त भएको छ । अधिकांश जनताले एमसीसी (मिलिनियम च्यालेञ्ज कर्पाेरेशन) खारेज गर्नुपर्दछ कालापानी, लिम्पियाधुरा, लिपुलेक तुरुन्त फिर्ता गरेर नेपालको नक्सामा पारेर नक्सा जारी गर्नुपर्दछ । भारतद्वारा अतिक्रमित सम्पूर्ण नेपाली भूमि फिर्ता गर्नुपर्दछ । सिमानामा तारबार लगाउनु पर्दछ । सीमामा सुरक्षा चौकी राखेर सीमा सुरक्षा गर्नुपर्दछ जस्ता विचारहरु व्यक्त भएका छन् र यसले देशभक्तिपूर्ण विचारको विकास भएको छ ।

कमजोरी पक्ष
जनता देशभक्तिपूर्ण आन्दोलनमा जोडिने वा संघर्षको विकास गर्ने काम आशा गरे जति अगाडि बढ्न सकेको छैन तै पनि व्याकरुपमा प्रचारप्रसार भएको छ तर छरिएर रहेका देशभक्त शक्ति तथा व्यक्तिहरुलाई संगठनमा आबद्ध हुन सकेको छैन । राष्ट्रिय स्वाधिनताको रक्षा र संगठन विस्तार अभियानमा सोंचे अन–सार संगठन विस्तार हुन सकेको पाइएन । यद्धपि यो अभियानले भावी दिनहरुमा संगठन विस्त ागर्नका लागि मद्त अवश्य पुग्ने छ । साथै छाटो समयमा यति घेरै कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भए तर आम सञ्चारका माध्यमहरुबाट प्रचारप्रसार गर्ने विषयमा पनि हाम्रो ध्यान पुग्न सकेन । यथार्थता के पनि हो भने कतिपय मिडियाहरुले हाम्रो यो कार्यक्रमलाई प्रचार गर्न रुची देखाएनन् । यसका पछाडि नेपालका ठूला मिडिया हाउसहरुमा वैदेशिक शक्तिकेन्द्रहरुको प्रभावले काफी काम गरेको प्रतित हुन्छ । चितवन, २०७६÷११÷१६