काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनका नेताहरुले संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई विनाकारण पक्राउ गरी झुठा मुद्दा लगाउन खाजेको भन्दै नेताहरुको विनशर्त रिहाईको जोडदार माग गरेका छन् ।

हार्दिक शुभकामना !

नेताहरुको अविलम्ब रिहाईको माग गर्दै संगठनका महासचिव पेशल दाहालको अगुवाईमा संगठनका नेता कार्यकर्ताहरुले महाराजगञ्जस्थित प्रहरी कार्यालयको गेटमा धर्ना दिंदै सरकारको निरंकुश तथा फासिवादी कदमका विरुद्ध चर्को नाराबाजी गरेका छन् ।


नेताहरुलाई तत्काल नछाडिए चक्काजाम देखि अनिश्चितकालीन शैक्षिक हड्तालसम्मका कार्यक्रम गर्ने विद्यार्थी नेताहरुले चेतावानी दिएका छन् । कोणसभालाई महासचिव पेशल दाहाल, सचिव सुर्य कार्की लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर