पश्चिम ब्यूरोको अभियान टोली सुर्खेतमा, सहिद सप्ताहको अन्तिम दिन सहिदहरुप्रति श्रद्धाञ्जलीसहित कोणसभा सम्पन्न (फोटोफिचर)

प्रकाशित मिति : २०७६ फाल्गुन २१


सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निरन्तर राष्ट्रिय स्वाधीनता र संगठन विस्तारको अभियानमा छ । चारवटा केन्द्रीय टोली, प्रदेश र जिल्लाका टोलीहरुले कतै संयुक्त त कतै छुट्टा छुट्टै अभियान सञ्चालन गरिरहेका छन् । चैत्र २४ गतेसम्मका लागि सञ्चालन भइरहेको पश्चिम ब्यूरोको अभियान टोली २० गते सल्यानमा दूईवटा कोणसभा सम्पन्न गरी सुर्खेतमा पुगेको छ । सुर्खेतको जामुने बजारमा आज विहान कोणसभा सम्पन्न गरेको छ । सहिद सप्ताहको अन्तिम दिन अर्थात् झापा विद्रोहका योद्धाहरुलाई सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकले हत्या गरेको दिनको स्मरणमा सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कोणसभा सम्पन्न गरिएको हाम्रा सुर्खेत सहकर्मीले बताएका छन् ।


कोणसभालाई क्रान्तिकारी माओवादीका वैकल्पिक पीवीएम तथा कर्णाली प्रदेशका इन्चार्ज चक्रपाणी शर्मा, केस दीपकबहादुर शाहीले सम्बोधन गरेका गरे भने कोणसभाको सञ्चालन केस तेजविक्रम शाहीले गरेका थिए । कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकार अमर राहदीले क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।


अभियान टोलीले अर्को कोणसभा सुर्खेतको बोटेचौर लगायतका स्थानमा गर्ने जनाएको छ ।

उक्त अभियान टोलीले मंगलबार सल्यानको खारमारे र मौलाहालेमा कोणसभा सम्पन्न गरेको थियो । खारमारेको कोणसभालाई पार्टीका स्थायी समिति सदस्य तथा पश्चिम ब्यूरो इन्चार्ज रामसिंह श्रीस र केस दीपकबहादुर शाहीले सम्बोधन गरेका थिए भने सञ्चालन केस तेजविक्रम शाहीले गरेका थिए । कार्यक्रममा कलाकार अमर राहदीले प्रस्तुत गरेको क्रान्तिकारी गीतले कार्यक्रमलाई आकर्षक बनाएको थियो ।


त्यसैगरी मौलाहालेको कोणसभाको सञ्चालन दीपकबहादुर शाहीले गरेका थिए भने अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय सहसचिव चन्द्रा थानी र अखिल (क्रान्तिकारी)का नेता नेत्र शाहीले सम्बोधन गरेका थिए । कलाकार राहदीले क्रान्तिकारी गीत प्रस्तुत गरेका थिए ।