काठमाडौं । संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई विनाकारण प्रहरीले गिरफ्तार गरी झुठा मुद्दा लगाएर फसाउन खोजेपछि नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) संघर्षमा उत्रिएको छ । नेताहरुको रिहाईको माग गर्दै प्रहरी कार्यालय महाराजगञ्जमा बुधबार धर्ना, नाराबाजी र कोणसभा गरेको अखिल (क्रान्तिकारी)ले २३ गते आम शैक्षिक हड्ताल आव्हान गरेको छ । संगठनका महासचिव पेशल दाहालले बुधबार एक वक्तव्य जारी गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । २२ गते आम शैक्षिक हड्तालसम्बन्धी व्यापक प्रचार प्रसार गर्ने उल्लेख गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “विद्यार्थी जागरण तथा संगठन विस्तारको अभियानमा सहभागी हुने क्रममा हाम्रो गौरवशाली संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई प्रहरी प्रशासनले दमनपूर्ण र फाँसीवादी शैलीमा युरो किड्स बूढानीलकण्ठबाट गिरफ्तार गरी झुठा मुद्दा लगाई नियोजित रुपमा फसाउने षड्यन्त्रमा लागेको छ । सरकारको यो कदमको घोर भत्सर्ना गर्दै हाम्रो संगठनका अध्यक्ष र उपाध्यक्षलाई तत्काल विनासर्त रिहाइ गर्न हाम्रो संगठन सरकारसँग जोडदार माग गर्दछ । अन्यथा, हाम्रो संगठन थप संघर्षमा उत्रन बाध्य हुनेछ, जसबाट सिर्जना हुने परिस्थितिको जवाफदेही स्वयं सरकार नै हुनेछ ।”

वक्तव्यमा भनिएको छ, “हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) जनयुद्ध, जनआन्दोलनलगायतका संघर्षहरुमा समेत सहभागी हुँदै त्याग, बलिदान र समर्पणसहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालका साथसाथै शिक्षामा भइरहेको निजीकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणका विरुद्ध संघर्ष गर्दै वैज्ञानिक र जनवादी शिक्षा प्राप्तिका लागि निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको वास्तविक उत्तराधिकारी संगठन हो ।

हार्दिक शुभकामना !

आज नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको संकट उत्कर्षमा पुगेको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, कमिशनतन्त्र राष्ट्रिय समस्या बनेर आएका छन् । विभिन्न राष्ट्रघाती सन्धि–सम्झौतामार्फत् देशको राष्ट्रिय स्वाधिनतालाई अपहरण गरिन खोजिँदै छ । सरकार यो स्थितिमा गम्भीर बन्नुको सट्टा त्यसलाई अनुमोदन गर्ने दिशातिर अग्रसर छ । नेपालको लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको भूभाग समेटेर हालसालै भारतले जारी गरेको राजनीतिक नक्सा प्रकरण र चौतर्फी विरोध भइरहेको हिन्द प्रशान्त रणनीति अन्तर्गत एम.सी.सी. कम्प्याक्टलाई लागु गर्ने सन्दर्भमा आइपुग्दा सरकारको राष्ट्रघाती चरित्र उदांगिएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर