
नेकपा(क्रान्तिकारी माओवादी)ले माघ १५ गते देशका चारै सहरबाट एकसाथ उद्घाटन गरेको ‘राष्ट्रिय स्वाधिनताको रक्षा र संगठन विस्तार अभियान’ले अहिले देशैभरी एउटा नयाँ उत्शाहका साथ अगाडि बढीरहेको सन्दर्भमा नेकपा(क्रान्तिकारी माओवादी)ले २५औ जनयुद्ध दिवसलाई त्यही अभियानसित जोडेर देशैभर विभिन्न कार्यक्रमको आयोजना गर्दै २५औं जनयुद्ध दिवस मनाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ । विभिन्न सातैवटा प्रदेशहरुले प्रदेशस्तीय र विभिन्न जिल्लाहरुले आ—आफना जिल्लाहरुमा जनयुद्ध दिवस विभिन्न विविधताका साथ मनाउने भएका समाचार प्राप्त भएका छन् । जसअनुसार प्रदेश १ र २ को सबै जिल्लाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउने र अभियान टोलीको सहभागितामा सिराहामा अन्तरक्रिया र सभा गरी जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ ।
त्यसैगरी ३ नं. प्रदेशको आयोजनामा काठमाण्डौको शान्ति बाटिकामा दिनको १२ बजे जम्मा भएर मार्चपास सहीत सहरका विभिन्न भागहरुको परिक्रमा गरी काठमान्डौको इन्द्रचोकमा पुगी सभामा परिणत भएर जनयुद्ध विदस मनाउने निर्णय गरेको छ ।
३ नं. प्रदेशकै जिल्ला चितवमा यो दिवस फागुन १ गते १२ बजे युवाहरुको रातो मार्चपास नारायणघाटको लाइन्सचोकबाट सुरु भएर पुल्चोकमा पुगी सभामा परिणत हुने र बेलुका भरतपुरको चौविस कोठीमा दिपावली गर्ने जानकारी प्राप्त भएको छ । चितवनमा माघ १५बाट सुरु गरिएको ‘राष्ट्रिय स्वाधिनताको रक्षा र संगठन विस्तार अभियान’ अन्तरगत अहिलेसम्ममा २६वटा कोणसभाहरु सम्पन्न भएका, २३ ठाउँमा नेपालको सही नक्साहरु टाँसिएको छ भने करीब बीसहजार पर्चाहरु जनताका बीचमा बाँडिएको छ र माघ २७ गते संयुक्त कार्यक्रम २ ठाउँमा सम्पन्न गरिएको छ । र अभियान अन्तरगत एउटा सिमा सम्वन्धी अन्तरक्रिया रत्ननगरको टाँडीमा सम्पन्न गरिएको छ ।
४ नंं प्रदेशले तनहुको भानु नगरपालिकाको नयाँ वस्तिमा सभाको आयोजना गरी प्रदेशस्तरीय अभियान टोलीसहित जनयुद्ध दिवस मनाउने भएको छ । र अन्य जिल्लाहरुले आ—आफनो हिसावले यो दिवस मनाउने निर्णय गरेका छन् । त्यसैगरी ५ नं. प्रदेश अन्तरगतका जिल्लाहरुमा यो दिवसलाई जिल्लास्तरीय रुपले र बुटवलमा प्रदेश ५,६ र ७को केन्द्रीय अभियान टोलीसहित रुपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुको संयुक्त रुपमा जनयुद्ध दिवस मार्चपास,जुलुस र सभा गरी सम्पन्न गर्ने निर्णय गरिएको जानकारी प्राप्त भएको छ ।
५ नं. प्रदेश अन्तरगतको प्युठानमा मार्चपास सहीत प्युठानको विजुवारको मित्रमणी चोकमा सभाको आयोजना गरी जनयुद्ध दिवस मनाउने भएको छ । प्युठानमा अभियानका टोली यहि माघ १०देखि १२ गते तीनदिनसम्म रहने र त्यससमयमा प्युठानका बागदुला, खलंगा, मच्छी,चुँजाठाटी, भींग्री, र बड्डाँडामा सभाहरु गर्ने निणय गरेको जिल्ला पार्टीले जानकारी दिएको छ । अभियान अन्तरगत प्युठानमा पर्चा, पोष्टरहरुको वितरण गरिएका छन् ।
त्यसैगरी दांगमा तीन ठाउँ— नारायणपुर, घोराही र तुल्सीप्को विजौरीमा सभाहरु सञ्चालन गरेर दिवस मनाउने र त्यसमा नेता तथा कार्यकर्ताहरुको एउठा टोली विभिन्न ठाउहरुमा गई सभा गर्द हिंडने योजना रहेको छ । प्रदेश ५कै बाँके र बर्दीयामा पनि सभा, जुलुस र अन्तरक्रिया गरी जनयुद्ध दिवस मनाउने भएका छन् ।
त्यसैगरी ६ नं. प्रदेश र सात नं.प्रदेशका जिल्लाहरुका जिल्ला सदरमुकामहरुमा याली र कोणसभाहरुको आयोजना गरी जनयुद्ध दिवस मनाउने जानकारी प्राप्त भएको छ । कैलालीको अत्तरीयामा र कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको बीरेन्द्र नगर र अन्य जिल्लाहरुमा पनि सभा, रयालीयाली र अन्तरक्रियाहरु गरेर मनाउने भनिएको छ ।






























