माक्र्सवाद–लेनिनवाद–माओवादको विकास र प्रयोग

माक्र्सवाद–लेनिनवाद–माओवादको विकास र प्रयोग

माक्र्सवाद भन्नाले “विश्व दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद” जसलाई सर्वहारावर्गको मुक्तिको सिद्धान्त “साम्यवादी सिद्धान्त” भनिन्छ । माक्र्सवादका प्रणेता कार्ल माक्र्स (१८१८–१८८३) र फ्रेरडिक एङ्गेल्स(१८२०–१८९५) हुन् । माक्र्सवाद प्रुधो, ब्लाङ्की र बाकुनिनको अराजतावाद, दक्षिणपन्थी सुधारवाद, उग्रवाद तथा सबैखाले प्रतिक्रियावादसित सङ्घर्ष गर्दै सन् १८४८मा “कम्युनिष्ट घोषणापत्र” मार्पmत् विश्व सामु माक्र्स–एङ्गेल्सद्वारा प्रस्तुत गरियो । माक्र्सवादको मुख्य उद्देश्य वर्गीय पुजिवादी समाजलाई वर्ग सङ्घर्ष, सत्तामा बलप्रयोगद्वारा समाजवाद हुँदै वैज्ञानिक साम्यवादमा पुर्याउने अन्तिम मुख्य लक्ष्य हो । माक्र्सवाद सन् १८७१ मा पेरिस कम्युनद्वारा प्रयोग भई क्रान्तिकारी माक्र्सवादमा विकास भयो ।
माक्र्सवादलाई सर्वप्रथम महान् लेनिनले (१८७०–१९२४) गहिरोसित अध्ययन गरी माक्र्सवाद–लेनिनवादकोरुपमा विकास गर्नु भयो । प्रथम, लेनिनले माक्र्सवादको तिन सङ्घटक दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकास गर्नुभयो । दोस्रो लेनिनले माक्र्सवादमा वस्तुगत परिस्थितिको विश्लेषण गर्नु भयो । तेस्रो राजनीतिक कार्यदिशा पुजिवादी देशमा समाजवाद र फौजिकार्यदिशा अल्पकालीन सशस्त्र आमजनविद«ोहको प्रतिपादन गर्नुभयो । सहरबाट गाउँ घेर्ने, वैधानिकबाट अवैधानिकमा फड्को मार्ने र केन्द्रिय सत्ता खोस्दै स्थानीय सत्ता थप्दै जाने विशेषता भएको जनआन्दोलन,वर्गसङ्घर्ष र सशस्त्र आन्दोलन जनविद्रोह जसलाई रुसी मोडल भनिञ्छ को विकास लेनिनले प्रतिपादन गर्नु भयो । चौथो पेरिस क्रान्तिको कमजोरी हटाई समाजवादी क्रान्ति गर्न लडाकु कम्युिनष्ट पार्टीको अवधारणा ल्याउनु भयो । लेनिनले पूर्णकालीन कार्यकर्ताको अवधारणा ल्याउनु भयो । पाँचौँ माक्र्सवादलाई वैज्ञानिक तरिकाले रुसमा प्रयोग गर्नुभयो । छैठौँ समाजवादलाई वैज्ञानिक तरिकाले अगि बढाउनु भयो । यसरी लेनिनले माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादको रुपमा विकास गर्नु भयो । जसरी माक्र्सवाद प्रतिपादन गर्न माक्र्सलाई एङ्गेल्सले पूर्ण सहयोग गर्नुभयो त्यसरी रुसी समाजवादी क्रान्ति गर्न र लेनिनका योगदानलाई माक्र्सवाद–लेनिनवादको रुपमा संश्लेषित नामकरण गर्न कमरेड स्टालिनको अहम् भूमिका रह्यो । स्टालिनको भूमिका रुसी समाजवादको रक्षा गर्दै उच्च विकास गर्नु भयो । सातौँ लेनिनले सङ्गठनात्मक सिद्धान्त प्रतिपादन गर्नुभयो ।

माक्र्सवाद–लेनिनवादलाई अर्धसामन्ती र अर्ध–औपनिवेशिकदेश चीनमा चिनियिाँ कम्युनिष्टपार्टीले वर्गसङ्घर्षको भट्टीमा हाल्दा माक्र्सवाद–लेनिनवाद–माओवादकोरुपमा अथवा तेस्रो चरणमा विकसित भयो माक्र्सवाद–लेनिनवाद–माओवाद अहिलेको विश्व कम्युनिष्ट पार्टी र आन्दोलनको पथप्रदर्शक सिद्धान्त बन्न पुग्यो । माक्र्सवाद–लेनिनवाद–माओवादलार्इ क. माओले (१८९३—१९७६) निम्न योगदान दिनु भयो । पहिलो क. माओले चिनियाँ समाजको वर्ग विश्लेषण गर्नु भयो । दोस्रो चिनियाँ वर्गसङ्घर्षमा मजदुर र किसानलाई समायोजन गर्नु भयो । तेस्रो माक्र्सवाद–लेनिनवादलाई चिनको परिवेशमा रचनात्मक ढङ्गले प्रयोग गर्नुभयो । चौथो चिनियाँ कम्युनिष्ट पार्टी स्थापना र क्रान्तिकारी र लडाकु बनाउनुको साथै क्रान्तिकारी जनमुक्तिसेना र क्रान्तिकारी जनताको संयुक्त मोर्चा तिन जादुगरी हतियार निर्माण गर्ने अवधारणा ल्याउनु भयो । पाँचौँ अर्धसामन्ती र अर्ध–औपनिवेशिक परिवेशमा नयाँजनवादीक्रान्ति हुँदै समाजवाद अनि साम्यवादको अवधारणा ल्याउनु भयो । छैठौँ नयाँजनवादी क्रान्ति दीर्घकालीन जनयुद्धद्वारा गर्नु पर्ने अवधारणा ल्याउनु भयो । गाउँबाट सहर घेर्ने, अवैधानिक सङघर्षप्रधान वैधानिक सङ्घर्ष सहायक र स्थानीय सत्ता कब्जा गर्दै अन्तमा केन्द्रिय सत्ता खोस्ने अवधारण ल्याउनु भयो । जनयुद्ध रक्षा, सन्तुलन र प्रत्याक्रमण तीन चरणबाट अगि बढ्ने मान्यता संश्लेषित गर्नुभयो । साताँै अन्तरविरोध बारे मालेमावादमा संश्लेषित गर्नुभयो । आठौँ एकता, सङ्घर्ष र फुटसम्मको रुपान्तरणको सिद्धान्त थप गर्नुभयो । नवौँ, वस्तुबाट चेतना र चेतनाबाट वस्तुमा रुपान्तरण हुँदै चेतना विकसित हुने छलाङ्को सिद्धान्त प्रतिपादन गर्नुभयो । दशौँ कम्युनिष्ट पार्टीलाई अनेकत्वको एकत्वकोरुपमा व्याख्या गर्नुभयो । एघारौँ, माओले निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभयो । निरन्तर क्रान्ति भन्नाले एक फुटेर दुइ हुने कुराजस्तै समाजवादसम्म वर्ग रहने त्यसैले निरन्तर क्रान्तिभित्र वर्गसङ्घर्ष उत्पादनमा सङ्घर्ष, वैज्ञानिक प्रयोग र सर्वहारा सांस्कृतिक क्रान्ति चिनमा अभियानको रुपमा प्रयोग गर्नु भयो ।
सारांशमा भन्नुपर्दा माक्र्सवाद–लेनिनवाद–माओवाद भन्नाले पुजिवादी देसमा राजनीतिक कार्यदिसा समाजवाद फौजि कार्यदिसा अल्पकालीन सशस्त्र आमजनविद्रोह अर्धसामन्ती परिवेशमा नयाँजनवादी क्रान्ति राजनीतिक कार्यदिशा र दीर्घकालीन जनयुद्ध फौजि कार्यदिशा अवलम्वन गर्नुपर्ने हुन्छ । माक्र्सवाद–लेनिनवाद–माओवाद वर्गसङ्घर्ष, वलप्रयोगको सिद्धान्त, सर्वहारावर्गको अधिनायकत्व, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, सर्वहाराक्रान्ति, नयाँजनवाद, समाजवाद र साम्यवाद हुन् ।
नेपाली परिवेशमा वि.स. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भए पनि २०१० सालदेखि २०२५ सालसम्म दक्षिणपन्थी भट्काउ त्यसपछि पार्टी विभाजन हाल नेकपा (नेकपा) दक्षिणपन्थी र प्रतिक्रियावादमा फस्न पुगेको छ भने नेकपा विप्लव सैद्धान्तिक रुपमा स्पष्ट छैन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपालमा माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा नयाँ जनवादी क्रान्तिको तयारिको लागि अगि बढिरहेछ ।