काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ३ नं. प्रदेशको आयोजनामा सञ्चालित एक हप्ते निःशुल्क पत्रकारिता तथा उद्घोण तालिमको समापन गरिएको छ । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टी पीवीएम पवनमान श्रेष्ठ, पार्टी केस तथा ललितपुर इन्चार्ज क्षितिज, पार्टी केस तथा भोजपुर इन्चार्ज डिल्लीराम बोहरा, अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि नेता गजुरेलले हरेक आन्दोलनमा विद्यार्थीहरुले अग्रणी भूमिका खेल्दै आएको चर्चा गर्दै जारी राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पनि अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकता औल्याउनु भएको थियो ।

हार्दिक शुभकामना !


कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथिबाट प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा प्रशिक्षकमध्येबाट क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक सागर श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षक सागर श्रेष्ठ र प्रशिक्षार्थीहरुले तालिमका बारेमा अनुभव समेत सुनाएका थिए ।

कार्यक्रममा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत रहेका नेता पवनमान श्रेष्ठ, आयोजक संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल लगायतका नेताहरुले पनि विध्यार्थी आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाएर लैजानुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा क्रान्तिकारी माओवादीका काठमाडौं जिल्ला सचिव खगेन्द्र छन्त्याल, राम नेपाली, संगठनका महासचिव पेशल दाहाल, सचिव सुर्य कार्की लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा अखिल (क्रान्तिकारी)की उपाध्यक्ष समेत रहेकी विद्यार्थी नेतृ शिलु न्यौपानेको अध्यक्षता र संगठनका केस हिक्मत महराको सञ्चालन रहेको थियो । पत्रकारद्वय सागर श्रेष्ठ र जयनारायण दाहालले आफ्नो क्यामेरामा कैद गरेका तस्बीरहरुलाई यहाँ फोटो फिचरको रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर