काठमाडौं ।  मिलेनियम च्यालेञ्ज कर्पोरेशन (MCC) काेे विषयलाई लिएर सत्तारुढ डबल नेकपाका नेताहरु  समेत विराेधमा उत्रिरहेकाे बेला साेही पार्टीका अध्यक्ष समेत रहेका केपी शर्मा ओली नेतृत्वकाे सरकारले विवादित एमसीसी कार्यान्वयन गर्न थालेकाे छ । नेकपा (क्रान्तिकारी माओेवादी), देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल लगायतका राजनीतिक पार्टीहरुले एमसीसी कार्यान्वयन गरिए नेपाल रणभूमिमा परिणत हुने भन्दै कडा विराेध जनाइरहेकाे बेला ओली सरकारले भने दस जिल्लामा एमसीसी कार्यान्वयनकाे प्रक्रिया अगाडि बढाइसकेकाे पाइएकाे छ ।

हार्दिक शुभकामना !

मिल्लेनियम च्यालेञ्ज कर्पोरेशन (MCC) अन्तर्गत निर्माण गरिने ४०० केभि प्रशारण लाइन र ३ वटा नयाँ सवस्टेशन निर्माण परियोजनाका विषयमा परियोजनाले छुने १० जिल्लाका ३० नगर/गाउँ पालिकाहरुमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।


संसदबाट अनुमाेदन हुनुअगावै र नेपाल सरकारकाे सम्बन्धित निकायले स्वीकृति नदिइकनै कसरी मिल्लेनियम च्यालेञ्ज कर्पोरेशन (MCC) परियोजनाबारे कार्यक्रम सञ्चालन गरियो? चासो बढेको छ।

“मिल्लेनियम च्यालेन्ज एकाउन्ट नेपाल टिमलाई 400KV प्रसारण लाइन र ३ वटा नयाँ सबस्टेसन निर्माण परियोजनाले छुने १० जिल्लाका सबै ३० नगर/गाउँ पालिकाहरूमा सार्वजनिक सुनुवाई सम्पन्न गरेकोमा नेपालस्थित अमेरिकन राजदूतावासले धन्यवाद ज्ञापन समेत गरेको छ।

यी प्रसारण लाइनहरूले नेपालको बिद्युत प्रसारण क्षमतामा महत्वपूर्ण योगदान गर्नेछन्। नेपालस्थित अमेरिकी मिशन नेपालको आर्थिक विकासका लागि मिल्लेनियम च्यालेन्ज कर्पोरेशन (MCC) को ५०० मिलियन डलर (झन्डै ५५ अर्ब रुपैया) र नेपाल सरकारको १३० मिलियन डलर (झन्डै १५ अर्ब) गरी ६३० मिलियन डलरको लागतमा बन्ने यी परियोजनाहरूमा सहयोग गर्न पाउँदा गौरव महशुस गर्दछ। यी कार्यक्रमहरू जवाफदेहिता, पारदर्शिता, तथा पारस्परिक समृद्दिको सिद्दान्तहरूमा आधारित हुनेछन्।” अमेरिकन दूतावासकाे फेसबुकमा समाचार सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर