काठमाडाैं । चाैतर्फी दबाबपछि अाेली सरकार गिरफ्तार गरिएका नेकपा (क्रान्तिकारी माअाेवादी) तथा देशभक्त जनगणतान्त्रिक मार्चा, नेपालका नेताहरुलाई रिहाइ गर्न बाध्य भएकाे छ । अनामनगर स्थित प्रहरी वृतबाट नागरिक समाजकाे राेहबरमा अाज विहान देजमाे अध्यक्ष सीपी गजुरेलसहित गिरफ्तार  १५ जनालाई रिहा गरिएकाे छ । गिरफ्तारीलाई सुनियाेजित र याेजनाबद्ध भएकाे अध्यक्ष गजुरेलले बताए ।

हार्दिक शुभकामना !

आइतबार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गरिएकाे प्रहरी दमन, लाठी चार्ज र गिरफ्तारीकाे विराेधमा रिहा भए लगत्तै नेता गजुरेलसहितका नेताहरु अहिले रिपाेर्टस क्लवमा पत्रकार सम्मेलनमा जुटेका छन् । पत्रकार सम्मेलन सकिएलगत्तै शान्तबाटिकामा अायाेजित प्रदर्शनलाई अध्यक्ष गजुरेलसहितका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

‘सरकार फासिवादतर्फ उन्मुख’
‘सीमा मिचियो, समाधान गर्नुस् भनेर ध्यानाकर्षण गराउन जाँदासमेत यो सरकारले निर्मम दमन गरेर नियन्त्रणमा लिने काम गर्याे । यो सरकार फासीवादतर्फ उन्मुख भएको संकेत हो ।’ मूलबाटाेसँग कुरा गर्दै अध्यक्ष गजुरेलले भने, ” सरकारकाे याे दमनले सेलाउँदै गएकाे राष्ट्रिय स्वाधीनताकाे मुद्दा फेरि जागृत भएकाे छ । देशव्यापी रुपमा लाखाै देशभक्त नेपालीहरुले हाम्राे अान्दाेलनलाई समर्थन गरेका छन् ।”

रिहा हुनेहरुमा अध्यक्ष गजुरेलसहित, परी थापा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, हरिकृष्ण गजुरेल, बसन्त बोगटी, दीपक शाही, फुरनाम्गेल मोक्तान, खगेन्द्र छन्त्याल, पदम भण्डारी, मिन गिरी, अनिल योञ्जन, सुन्दर श्रेष्ठ, नरेन्द्र कार्की र ढोबप्रसाद अधिकारी छन् ।

गजुरेलका अनुसार उनीहरुलाई सुरुमा नेपाल पुलिस क्लबमा राखेको थियो । राति ‘सार्वजनिक हित र नैतिकताविरुद्ध’ कसूर गरेको पूर्जी थमाइयो । त्यसपछि १५ जनाको समूहलाई बिभाजन गरेर जनसेवा, कमलपोखरी र कालिमाटीमा राख्यो ।

त्यहाँबाट फेरि राति नै सबैलाई जम्मा गरेर सोह्रखुट्टे वृत्तमा पुर्‍याइयो । उनीहरुको रात सोह्रखुट्टेमै बित्यो । त्यसपछि सोमबार बिहान सिंहदरबार वृत्तमा ल्याएर १०:४० मा रिहा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर