लिम्यिाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायत देशैभर भारतीय विस्तारवादद्वारा अतिक्रमित भूमि फिर्तालगायत नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका निम्ति निरन्तर देशव्यापी रुपमा आन्दोलन सञ्चालन गर्दै आएको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका नेता कार्यकर्तामाथि राज्य फासिवादी दमनमा उत्रिएको छ । आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको मोर्चामाथि दमन गरेर राज्य प्रशासनले मोर्चाका अध्यक्ष सीपी गजुरेल, परि थापा लगायत १५ जना नेता कार्यकर्तालाई गिरफ्तार ग¥यो भने नेताहरु दिनेश शर्मा, सुरेश श्रेष्ठ लगायत दर्जनौं नेता कार्यकर्ता घाइते भए । राज्य प्रशासनले गरेको फासिवादी दमन, लाठी चार्ज र गिरफ्तारी खेदजनक र निन्दनीय छ । त्यसमा पनि पूर्व स्वीकृति र समय लिएर ज्ञापन पत्र बुझाउन जाँदा यसरी दमन गरिनुले राज्यका शासकहरु कति अनैतिक, निर्दयी र फासिवादी छन् भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ ।

यति मात्र होइन देशव्यापी रुपमा भारतीय विस्तारवादका विरुद्ध आन्दोलन उठिरहेको, अतिक्रमित भूमि फिर्ताको लागि आवाज उठिरहेको र राज्यलाई कुटनीतिक पहलमार्फत् तत्काल भारतीय शासकसँग वार्ता गरी कालापानीबाट भारतीय सेना हटाउन जनदबाब बढिरहेको सन्दर्भमा सरकार देशभक्त क्रान्तिकारीहरुका विरुद्ध नै यसरी फासिवादी दमनमा उत्रिएर आफ्नो वास्तविक चरित्र उदाङ्गो पार्न पुगेको छ । यस घटनाको सबै सच्चा देशभक्त र क्रान्तिकारीहरुले चौतर्फी रुपमा विरोध गरिरहेका छन् । र, गर्न जरुरी छ ।

हार्दिक शुभकामना !

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले पछिल्ला दिनमा राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई व्यवस्थित रुपमा उठाउने योजनामा जुटिरहेको छ । वृहत राष्ट्रिय राजनीतिक आन्दोलन उठान गर्नका लागि उसले अन्य राजनीतिक पार्टी तथा नागरिक समाजसँग पनि निरन्तर छलफल र अन्तरक्रिया गर्दै आएको छ । यो मोर्चाले भारतीय विस्तारवादी हस्तक्षेपको मात्र कुुरा उठाएको छैन, अमेरिकी साम्राज्यवादले नेपालमाथि बढाउँदै लगेको हस्तक्षेपको पनि सार्वजनिक रुपमा विरोध एवम् भण्डाफोर गर्दै आएको छ । चीनलाई घेर्ने र कमजोर पार्ने रणनीतिकसहितको इन्डो प्यासिफिसक रणनीतिक अन्तर्गतको एमसीसी (मिलेनियम च्यालेन्ज कम्प्याक्ट)को पनि यो मोर्चाले विरोध गर्दै आएको छ र संसदबाट यो पास गर्नै नहुने आवाज उठाउँदै आएको छ । शुक्रबार मात्र यो मोर्चाका अध्यक्ष सीपी गजुरेलले एमसीसी सदनबाट पास गरिए नेपाल रणभूमिमा परिणत हुने र नेपालको सार्वभौमिकता गम्भीर खतरामा पर्ने विचार व्यक्त गरेका थिए ।

यो मोर्चाले अगाडि सारेको राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई निस्तेज पार्ने योजना अनुसार राज्य मोर्चाका विरुद्ध दमनमा उत्रिएको हुन सक्ने राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् । तर दमनले राष्ट्रिय राष्ट्रिय स्वाधीनताको आन्दोलन रोकिने होइन अझ ज्वारभाटाको रुपमा विस्फोट बन्दै उठ्न सक्छ । भारतीय विस्तारवादको दलाल भएको आरोप लागिरहेको सरकारमा आसीन शासकहरुको यो दमनले उनीहरुको चरित्रलाई एकपटक फेरि उदाङ्गो र स्पष्ट पारेको छ । यो दमनको जति भत्र्सना गरे पनि कमै हुन्छ ।

देशभक्त क्रान्तिकारी शक्तिलाई कमजोर पारेर मात्र आफ्नो साम्राज्यवादी तथा विस्तारवादी शक्तिको दलाली गर्न सकिने र राष्ट्रघाती तथा जनाघाती हर्कतहरुबाट बच्न सकिने विश्लेषणसहित मोर्चाका विरुद्ध राज्य फासिवादी दमनमा उत्रिएको मोर्चाका नेताहरुले बताएका छन् । जे होस् आफूलाई कम्युनिस्ट, वामपन्थी र राष्ट्रवादी समेत दावी गर्दै आएको ओली सरकारको वास्तविक चरित्र उदाङ्गो भएको छ यस घटनाबाट ।

यो दमनबाट देशभक्त क्रान्तिकारी शक्तिहरु अझ संगठित रुपमा योजनाबद्ध सडकमा उत्रने र वृहत रुपमा राष्ट्रिय राजनीतिक आन्दोलन उठानमा एउटा उर्जा र उत्साह थप्ने देखिन्छ । सेलाउँदै गएको राष्ट्रिय स्वाधीनताको आन्दोलन अब फेरि जुर्मुराउने छ र राज्यको दमनको प्रतिरोध गर्दै निर्णायक रुपमा अगाडि बढ्ने छ । जनताको अजेय तागतको अगाडि भारतीय विस्तारवादी शासकहरु नेपालको कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान बाध्य हुनेछन् र लिम्पियाधुरा, लिपुलेक, कालापनी, सुस्ता लगायत अतिक्रिमित भूमि फिर्ता भइछाड्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर