पार्टी र मोर्चाद्वारा गिरफ्तार नेता कार्यकर्ताको अविलम्ब रिहाइको माग

प्रकाशित मिति : २०७६ मंसिर १२

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको आव्हान र नेतृत्वमा जारी संसदीय व्यवस्था अन्तर्गतको कथित उपनिर्वाचन बहिस्कार आन्दोलनको क्रममा ५ नं. प्रदेशको बाँके जिल्लाको कोहलपुरबाट गिरफ्तारीमा परेका नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम भुपेन्द्र न्यौपाने, केस तेजविक्रम शाही, बाँके सेक्रेटरी प्रेम थापा, बर्दिया सेक्रेटरी कमल रोकाया, देजमो नेपाल केन्द्रीय सदस्य सुरेश ओली, हृदेश शाही, भीमबहादुर सिंह लगायतलाई अविलम्ब रिहाइको लागि जोडदार माग गरिएको छ ।

क्रान्तिकारी माओवादी र देजमो, नेपाल पाँच नं. प्रदेशले छुट्टा छुट्टै वक्तव्य जारी गरी यस्तो माग गरेको हो ।

पार्टीका प्रदेश सचिव प्रमोद र देजमो, नेपालका प्रदेश अध्यक्ष केवी गुरुङले शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी हस्तक्षेप र गिरफ्तारीलाई वर्तमान सरकारको निरंकुश र फासिवादी कदमको संज्ञा दिंदै घोर विरोध एवम् भत्र्सना गरेका छन् र नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ नगरिए उत्पन्न परिणामप्रति राज्य जवाफदेही हुने चेतावानी दिएका छन् ।