सिडिओलाई ज्ञापनपत्र बुझाएर बाहिरिएलगत्तै सिन्धुपाल्चोकमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित चार जना पक्राउ, विनाशर्त तत्काल रिहाइ गर्न माग गर्दै पार्टीले दियो यस्तो चेतावानी

सिडिओलाई ज्ञापनपत्र बुझाएर बाहिरिएलगत्तै सिन्धुपाल्चोकमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित चार जना पक्राउ, विनाशर्त तत्काल रिहाइ गर्न माग गर्दै पार्टीले दियो यस्तो चेतावानी

सिन्धुपाल्चोक । नेकपा (क्रान्तिकारी माओवादी)को देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल मार्फत् ३ नं. प्रदेशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार सिन्धुपाल्चोकमा पनि मंगलबार ज्ञापन पत्र बुझाइयो । देजमोका जिल्ला नेताहरुसहित ज्ञापन पत्र बुझाउने कार्यक्रममा क्रान्तिकारी माओवादीका केस तथा सिन्धुपाल्चोक इन्चार्ज फुर्नाम्गेल मोक्तान पनि सहभागि भएका थिए । ज्ञापन पत्र बुझाएर बाहिरिए लगत्तै नेता मुक्तान लगायत चार जनालाई प्रहरीले विना कारण पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोक्तानसहित खड्गबहादुर थापा, तेजबहादुर कार्की, अस्ट ब्लोन रहेका छन् । पक्राउ परेका उनीहरुलाई चुनाब बहिस्कारसम्बन्धी पर्चा बाँडिएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, राष्ट्रिय स्वाधीनताको जारी आन्दोलनका कार्यक्रममा सरिक भइरहेका नेता कार्यकर्ताहरुलाई झुठा आरोप लगाई प्रहरीले गिरफ्तार गरेको घटनालाई फासिवादी र निरंकुश हमलाको संज्ञा दिंदै घटनाको क्रान्तिकारी माओवादीले कडा विरोध एवम् भत्र्सना गरेको छ । पार्टीका ३ नं. प्रदेश सचिव प्रवेशले एक वक्तव्य जारी गर्दै पक्राउ परेका नेता कार्यकर्ताहरुलाई विना शर्त अलिम्ब रिहाईको माग गर्दै अन्यथा उत्पन्न हुने परिणामको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावानी दिएको छन् ।
वक्तव्यमा भनिएको छ, “यस्ता घटनाबाट फासिस्ट सरकार नाङ्गिदै जाने र देशभक्त क्रान्तिकारीहरु अझ उर्जावान हुँदै जानेछन् ।”
वक्तव्यमा भनिएको छ, “आज मिति २०७६÷०८÷१० गते प्रदेश नं. ३ अन्तर्गतका जिल्ला प्रशासन प्रशासनका कार्यालयहरुमा भारतीय विस्तारवादबाट भइरहेका सीमा अतिक्रमण र हालै भारतले कालापानी, लिपुलिेक, लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गरी सार्वजनिक गरिएको विरोधमा तथा नेपाल सरकारबाट यसका विरुद्ध आवश्यक पहल नलिई बढी हल्ला गर्ने र कर्मचारी स्तरबाट सामान्य कुटनीतिक नोट मात्र पठाउने कामको विरोधमा तथा नेपालको उक्त अतिक्रमित भूभागसहितको वास्तविक नक्सा प्रकाशन गरी प्रयोगमा ल्याउन अनुरोध सहित ज्ञापन पत्र बुझाइएको जानकारी गराउँदछौं । यही क्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापन पत्र बुझाएर घर पर्कन गाडि कुरेर बस्ने क्रममा हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज क.फुर्नाम्गेल मोक्तान, जिल्लाका क.खड्गबहादुर थापा, क. तेजबहादुर कार्की र क. अस्ट ब्लोन लगायतका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।
यो घटना क्रान्तिकारी र देशभक्तमाथि फासिवादी र निरंकुश हमलाको रुपमा लिंदै यसको घोर भत्र्सना गर्दछौं । यसले देशभक्तिपूर्ण आन्दोलनलाई अरु उच्चतामा पु¥याउन नकारात्मक रुपमा सहयोग हुने नै छ । फासिन्ट सरकार नांगिने र देशभक्त तथा क्रान्तिकारीहरु उर्जावान हुने छन् । हामी यसै प्रेस वक्तव्यमार्फत् हाम्रा सिन्धुपाल्चोकबाट गिफ्तार गरिएका सम्पूर्ण कमरेडहरुलाई बिनाशर्त तत्काल रिहा गरियोस् अन्यथा यसबाट आउने परिणाामको जिम्मेवारी सरकार स्वयम् हुनुपर्ने जानकारी दिन चाहन्छौं ।”