चिहान

प्रकाशित मिति : २०७६ आश्विन ६

 

जितियो जितियो साथी नारा घोकेर आइयो
गाउँमा आँशुको बाढी बिर्सिएर रमाइयो
त्यत्रो उन्मादको जित अँध्यारो भो कता गयो
माछाको कुरमा हात भेटेको भ्यागुतो भयो

दोष यो खोजूँ कसको हो कि हाम्रौ बुध्दिले गर्‍यो
न जाने गाउँको बाटो हिँडायो सुध्दि त्यो मर्‍यो
यो इतिहासको लेखा लेख्नेले चाल पाउला
पक्कै हिसाब लेखेर हामीलाई बताउला

रोल्पाले बुझ्नु पर्ने थ्यो गोरखाले नबुझे पनि
डोल्पाले छेक्नु पर्नेथ्यो पाल्पाले नसुझे पनि
त्यो स्वनिर्णय आत्माको हो स्वभिमानको कुरा
जुन पहिचान समर्थ्य मागेको छुट्ट्यो पुरा

उठेका लेखनी हात निम्छरो वैलिए किन
सुतेका बैरीका बुध्दी जुरुक्कै तैरिए किन
फेरी हिसाबका लागी उठौँ न जनजाती हो
यौटै चिहान खन्नु छ पुराना राष्ट्रघातिको ।।