सन् २०१०को जुलाईमा चीनको कुनमिंगमा आइक्यापको अन्तराष्ट्रिय सम्मेलन भएको थियो, जसमा एशीयाका घेरै देशका सरकारमा रहेका र प्रतिपक्षमा रहेका राजनीतिक दलका नेताहरुको जमघट थियो । सम्मेलनको केन्द्रीय विषय ‘गरीबी निवारण’वारे विभिन्न कार्यपत्रहरु पेश गर्ने र छलफल गर्ने थियो । उक्त सम्मेलनमा तत्कालिन एमाओवादीका तर्फबाट यो पंक्तिकारले पनि नेपालको गरीवी निवारणमा महत्वपूर्ण भूमिका खेलेको ‘नेपालको सामुदायिक बन’को उदाहरण दिएर संक्षिप्तमा कार्यपत्र प्रस्तुती गरेको थियो । सम्मेलनपछि चीन सरकारले विभिन्न देशका सहभागीलाई ल्पेन चार्टर गरेर चीनको राजधानी वेइजींगको भ्रमण गराएको थियो । त्यसको प्रमुख उद्येश्य त्यस समयका हुनेवाला चीनको कम्युनिस्ट पार्टीका महासचिव सी जीन पिंगसितको सामूहिक भेटघाट थियो । चीनीया एक जना कमरेडले म सित अनौपचारिक रुपले भनेका थिए“तपाई अब चीनका हुनेवाला महासचिवसित भेटदै हुनुहुन्छ ।” मैले उनलाई सोधेको थिए “महाधिवेशन त भएको छैन, कसरी थाहा भयो यिनी नै पक्का महासचिव भनेर ?” उत्तरमा उनले भनेका थिए–“तीन वर्ष अगाडिदेखि कम्युनिस्ट पार्टीले उनलाई त्यस रुपमा ग्रुमिंग गरिरहेको छ ।”
यो सुनेर मलाई लागेको थियो–“यो त राजतन्त्रको झ–झल्को दियो त ।” हुनेवाला राजालाई जन्मदेखि नै त्यसमा अभ्यस्त गराउदै लैजानेजस्तो । चीनका हुनेवाला महासचिवसित भेटदै भनेपछि उत्सुकता हुने नै भयो । नभन्दै चीनको ग्रेट हलमा त्यसको लागि व्यवस्था मिलाइएको थियो । उनीसितको भेटभन्दा अगाडि विश्वका महान नेता तथा गुरु माओको पार्थिक शरीरको अवलोकन गर्ने कार्यक्रम थियो । उनको दर्शनका लागि हजारौ मानिसहरु चीनभित्र र बाहिरबाट आउनेको ज्यादै भिड थियो तर व्यवस्थापन यस्तो चुस्त थियो कि लाइनमा छु भन्ने नै अनुभव नहुने । हजारौको लाइनमा रहेर पनि केही मिनटमा माओका अगाडि पुगिने । जे होस चीनमा माओलाई भगवानका रुपमा वर्तमान नेतृत्वले मानेको छ भने देंग शियायो पिंगलाई विचारका रुपमा । नभन्दै सीसित भेट भयो । उनले सबैसित एक–एकगरी हात मिलाए र एक छिन –करीब ५ मिनट) आफ्ना संक्षिप्त भनाई राखे । यो नै वर्तमान सीसितको यस पंक्तिकारको भेट थियो । अहिले उनी चीनका माओ पछिका शक्तिशाली नेता मात्रै बनेका छैनन्, माओजस्तै विश्व हांक्ने नेता बन्न खोजेका छन् । त्यसका लागि उनले प्रयोग गरेको डुंगा–२०१३देखि उनकै नेर्तत्वमा अगाडि बढेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ(बिआरआइ)” हो ।
विश्वका क्रान्तिकारी कम्युनिस्टहरु–जसले आफूलाई माक्र्सवादी–लेनीनवादी–माओवादी भन्दछन, उनीहरुको दृष्टिमा चीन अब एउटा कम्युनिस्ट देश नभई एउटा पु‘जीवादी देश बनेको छ । तै पनि चीनीया“ नेतृत्व अझै आफूलाई “चीनको विशेषतामा समाजवाद” भन्ने गर्दछ । यहि दर्शनमा अहिले चीनीया कम्युनिस्ट पार्टी, चीनीया जनता हिंडिरहेका छन् । विकास, उन्नती र प्रगति यसको मूल लक्ष्य रहेको छ । “जे जसरी हुन्छ, पैसा कमाउ” र देशलाई जति सक्दो घेरै कर तिर, जसबाट चीनका अन्य गरिबका लागि विकास गर्न सकियोस भन्ने मार्गतर्फ चीनीयाहरु र चीन सरकार लागेको छ । व्यापार उनीहरुको मूल पक्ष हो । धनीहरुबाट लिएर गरीबलाई बाडने ।
तर के स्पट हो भने चीनीया“ कम्युनिस्ट पार्टी चीन र चीनीया जनताको पक्षमा सोच्दछ, बोल्दछ र काम गर्दछ तर नेपालका सरकारी कम्युनिस्टहरु त्यसको विपरित आफ्नो लागि पद, पैसा र ऐयाशी जिन्दगीका लागि जे पनि गर्दछन् । अहिले उनीहरु काठमाण्डौमा माओ विचारधारा छाडेर ‘सी विचारधारा’को प्रशम्सामा लागेको देखिएका छन् । तर यसो गरीरहदा उनीहरुलाई भित्रभित्रै कतै अमेरिका रिसाउने हो कि, भारत रिसाउने हो कि भन्ने चिन्ताले खाएको छ । विगतमा एमालेले युरोपीयन युनियनका प्रतिनीधिहरुले पार्टी कार्यालय बल्खुको भ्रमण गर्दा माक्र्स, एङ्गेल्स,लेनिन र माओका फोटाहरु लुकाएको घटना त जातै छ । अहिले उनीहरुले जे जसरी ओलीदेखि प्रचण्डआदि सबै मिलेर ‘सी विचारधारा’को प्रशम्सा गरिरहेका छन् , आशा गरौ सीकोभ्रमण सम्म कम्तिमा यो रहोस, त्यसपछि अमेरिकी ‘इण्डो पेशिफिक रणनीति’को प्रशम्सा सुरु नहोस । सी विचारधारको एउटा महत्वपूर्ण पक्ष हो– उनले चीनका कम्युनिस्ट नेता तथा कार्यकर्तालाई भनेको –“यदि पैसा कमाउन छ भने कम्युनिस्ट पार्टीको सदस्य नबन, व्यापार, व्यावसाय गर ।”
के ओली र प्रचण्ड पार्टीका नेता तथा कार्यकताले सीको यो भनाइलाई अपनाउन सक्छन् ? सी र चीनया“ जनता राष्ट्रवादी छन्, राष्ट्रको हितमा सोच्दछन, बोल्छन र गर्दछन् तर नेपालका यी सत्ताधारी कम्युनिस्टहरु भने के गरिरहेका छन्, आम विश्वलाई थाहा छ र स्वयम सी र चीनया“ कम्युनिस्ट पार्टीका नेताहरुलाई पनि स्पष्ट छ ।
अहिले यिनीहरुले भन्ने गरेको समाजवादका कुरा र भर्खरै यो सरकारले ल्याएको भूमि विधेयक, गुठी विधेयकआदि ताजै छन्, यी सब उत्तरका लागि । कम्युनिस्ट राज्यसत्ताको काम देशको, जनतको र समाजवादको रक्षा गर्नु हुन्छ । तर ओली–प्रचण्ड नेतृत्वको राज्यसत्ताको काम नेपालमा भ्रष्टाचारी, कालोबजारी, दलाल र विचौलियाहरुको रक्षा गर्नु भएको छ ।
ओली, प्रचण्ड र नेकपाका अन्य नेताहरुले ‘सी विचारधारा’को प्रशम्सा मात्रै गरेर पुग्दैन, उनीहरुले पहिले आफैलाई र त्यसपछि आफ्ना पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुलाई सीलेजस्तै भन्न सक्नु पर्छ––“यदि पैसा कमाउनु छ भने कम्युनिस्ट पार्टीको सदस्य नबन, व्यापार, व्यावसाय गर ।”

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर