शिक्षामा व्याप्त माफियाकरण, नीजिकरणको अन्त्य अखिल क्रान्तिकारीले मात्र गर्न सक्ने ।

प्रकाशित मिति : २०७६ आश्विन ७

रसुवा ,असोज ७
श्री कालिका हिमालय मा.वि , द्यैवुङ कालिका स्थान रसुवामा अखिल क्रान्तिकारीको ३१ सदस्यीय इकाई समिति गठन भएको छ । सिरिमाया तामाङको अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष जीवन नेकोर, सचिव डोल्मा स्याङवा, सहसचिव अन्जु ठोकरा, कोषाध्यक्ष सर्विश तामाङ लगायत २६ सदस्य रहेका छन् ।
उक्त कार्यक्रमलाई अखिल क्रान्तिकारीको ३ न.प्रदेश संयोजक शिलु न्यौपानेले संवाधोन गर्दै रसुवा जिल्लालाई अखिल क्रान्तिकारीको किल्लाको रुपमा निमार्ण गर्नु पर्नेमा जोड दिइन । शिक्षालाई मौलिक हक अन्तर्गत संविधानमा व्यवस्था गरिए पनि गरीव जनताका छोराछोरीहरुले निशुल्क शिक्षा प्राप्त गर्न आन्दोलन सिर्जना गर्नु पर्ने वाध्यात्मक अवस्था रहेकाले वर्तमान शिक्षामा व्याप्त माफियाकरण, नीजिकरणको अन्त्य गर्न नेकपा ( क्रान्तिकारी माओवादी) को भात्री संगठन अखिल क्रान्तिकारीले मात्र सक्ने वताएकी छन् । साथै कालिका हिमालय मा.वि.का नवगठित इकाई समितिका जुझारु विद्यार्थीहरुको साथविना अखिल क्रान्तिकारी अधुरो हुँने भएको कारण अव जनताका छोराछोरी अखिल क्रान्तिकारीमा संगठित भई राष्ट्रियताकोे पहरेदार वन्नु पर्ने बताएकी छन् । सो कार्यक्रममा के.स. शोभा सेन्चुरीको समेत उपस्थिति रहेको थियो ।