अभियानको लक्ष्य,उद्देश्य र आवश्यकता–एक छलफल

प्रकाशित मिति : २०७६ आश्विन ८

- दिनेश शर्मा ‘सागर’


विषय प्रवेशः— यति वेला नेपालको राज्य सत्ताको बागडोर प्रत्यक्ष वा अप्रत्यक्ष तवरबाट साम्राज्यवाद र विस्तारवादको हातमा निहित हुन पुगेको छ । राज्य सत्ताका विभिन्न अङ्गहरु मुख्य गरि सरकार , सुरक्षा निकाय(सेना÷प्रहरी),कर्मचारीतन्त्र,देशको मूल दस्तावेज संविधान , न्यायालयलगायत सबै प्रकारका निकायहरु साम्राज्यवाद र विस्तारवादद्वारा नियन्त्रित छन् । जसलाई विदेशीहरुको कठपुतली पनि भन्न सकिन्छ । राज्यका विभिन्न निकायहरुमा आसीन संसदीय पार्टीका नेताहरु साम्राज्यवाद र विस्तारवादका सच्चा कारिन्दा मात्र हुन् । आर्काे शब्दमा भन्नुपर्दा एक प्रकारले पत्रु भई सकेका दलालहरुको झुण्ड मात्र हुन् । कोही राप्रपाको नाममा , कोहि मधेशवादी दलको नाममा , कोही काङ्ग्रेसको नाममा त कोही कम्युनिस्टका नाममा बाडिएर जनतालाई भ्रम पार्न मात्र तल्लीन छन् । नाम फरक तर नीति , योजना, कार्यक्रम एउटै बोकेका ,उद्देश्य एउटै भएका दलालहरु हुन् । नेपालमा नेपाली जनताको स्वाभिमान, आमूल परिवर्तन प्रतिको उच्च चाहाना र सच्चा परिवर्तनका वाहक भनेका कम्युनिस्ट नै हुन् भन्ने बुझाइलाइै देखेरसाम्राज्यवाद र विस्तारवादले आप्mनो सम्पूर्ण शक्ति लगाएर कम्युनिस्ट पार्टी भित्रैवाट दलालहरुलाई तयार पार्न सफल भयो । आज कम्युनिस्टको खोल ओडेका दुई तिहाइको सरकार निर्माण गरेर सच्चा कम्युनिस्टको वदनाम गर्न राष्ट्र र जनविरोधी ठूलाठुला हर्कतहरु गर्दै छन् । साम्राज्यवाद र विस्तारवादको निर्देशनमा कम्युनिस्टको खोल ओडेका प्रतिक्रियावादको बाटो भएर फासिवादमा पतन भएकाहरुको दुई तिहाईको सरकारले सर्वहारावर्गीय आन्दोलन उठ्न नदिन , जनताको सङ्घीय जनगणतन्त्र स्थापना हुन नदिन , समाजवाद र साम्यवादको लक्ष्यमा अगाडी बढ्न नदिन सच्चा कम्युनिस्टहरुको वदनाम गर्न तल्लीन छन् । जनता यतिवेला ठुलो भ्रममा परेका छन् । विकल्पको खोजीमा छन् ।
कथित कम्युनिस्ट खोल ओडेर गरिएका शोषण , दमन , उत्पीडन , हत्या , लुट , वलत्कार ,तस्सकरी , घुसखोरीजस्ता जनविरोधी गतिविधि सच्चा कम्युनिस्टहरुले गरेको होइन यो त कम्युनिस्टको वदनाम गर्न प्रतिक्रियावादमा पतन भई सकेका साम्राज्यवाद र विस्तारवादका दलालहरुले गरेका हुन भनेर जनतामा स्पष्ट पार्न आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र भनेको स्वतः बुर्जुवा गणतन्त्र हो र यसले गर्ने काम भने कै जनविरोधी काम हो भनेर जनतालाई बुझाउन आवश्यक छ । त्यति मात्र होइन राष्ट्रको स्वाधीनता र जनताको अधिकारका निमित्त जनताको सङ्घीय जनगणतन्त्र यति वेलाको तात्कालिन आवश्यककता हो भने मानव मुक्तिको अन्तिम लक्ष्य समाजवाद हुँदै साम्यवाद हो भनेर बुझाउन पनि त्यति नै आवश्यकता छ । उक्त काम कठिन छ तर सत्यमा आधारित तथ्य सम्मत बाटो यहि नै हो । कठिन छ तर गर्न त्यहि पर्छ । उक्त काम गर्ने भनेको कम्युनिस्ट क्रान्तिकारीहरुले हो । मालेमावादका सच्चा अनुयायीहरुले हो । हाम्रो सन्दर्भमा यतिवेला क्रान्तिकारी माओवादीले हो ।

क्रान्तिकारी माओवादीको बैठकले लिएका निर्णयहरुः—
गएको आषाढ १२—१७सम्म चलेको नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक बस्यो । बैठकले समग्र राष्ट्रिय राजनीतिको विश्लेषण मात्र होइन अन्तर्राष्ट्रिय रुपमा साम्राज्यवाद र विस्तारवादकोसमेत सुक्ष्म तबरबाट व्याख्या , विश्लेषण र संश्लेषण गर्दै आगामी पार्टीको रणनीतिका बारेमा वस्तुवादी तबरबाट आप्mना धारणाहरु अगाडी सारेको छ । त्यसले भित्र बाहिर एक प्रकारको तरङ्ग पैदा गरेको छ । पार्टीले तय गरेका कार्यक्रमहरुलाई बुझाईमा एकरुपता ल्याउने र कार्यन्वयनमा नेतादेखि कार्यकर्तासम्म अझ शुभचिन्तक जनतालाईसमेत युनिफाइड भएर जाने हो भने कथित कम्युनिस्टकोे खोल ओडेका दलालहरुको भ्रमलाई च्यात चुत मात्र होइन सर्वहारा वर्गीय क्रान्तिका लागि एक प्रकारको आधार खडा हुने वाला छ । त्यसैले त भित्रदेखि बाहिरसम्म तरङ्ग पैदा भयो । तर यसबाट क्रान्तिकारीहरु मातिनु पर्ने आवश्यकता छैन । किनकी वैचारिक बहसले , नीति निर्माणले मात्रै त यति तरङ्ग पैदा हुन्छ भने यसलाइ वर्ग सङ्घर्षको एउटा तहसम्म प्रतिरोध सङ्घर्षको एउटा तहसम्म यसलाई विकास गरेको खण्डमा प्रतिक्रियावादी वर्गमा पतन भएका शक्तिहरु मात्र होइन छिपेर बसेका कैयौँ अवसरवादी तत्वरु नाङ्गेझार हुनेछन् । विगतका अनुभवहरुले पनि हामिलाइ यहि सिकाएको छ । त्यसैले यतिवेला क्रान्तिकारी पङ्क्ति उत्साही बन्ने वेला हो ।
थुप्रै निर्णयहरुको व्याख्या वा विश्लेषणभन्दा पनि एउटा विषयका बारेमा यस लेखमा चर्चा गर्नु सान्दर्भिक होला भन्ने लागेको छ । मुख्य गरि पार्टीले तय गरेको अभियान त्यो यतिवेला चर्चा गरिहाल्नु पर्ने विषय हो । अभियानको आवश्यकता ,त्यसको औचित्त्य र सान्दर्भिकताका बारेमा छलफल गर्नु आवश्यक छ । अन्यथा आँखा नदेख्ने मानिसले हात्ति छामेको जस्तो बन्न पुग्छ अभियान । त्यसैले यो अभियानलाइ त्यस्तो हुन दिनु हुँदैन । बरु अभियानलाइ परिणाममुखी बनाउन सक्नु पर्दछ ।

अभियानको आवश्यकताः— साम्राज्यवाद र विस्तारवादजस्ता जनताका महादुस्मनहरुले नेपालका क्रान्तिकारीहरुलाइ समाप्त बनाएर सर्वहारावर्गीय क्रान्तिको गला रेटेर समाप्त बनाउनका निम्ति कुनै न कुनै तवरबाट प्रचण्डलाई प्रयोग गर्न सफल भए । तर क्रान्तिकारीहरुलाई समाप्त बनाउन पनि सकेनन् ,सदाका निम्ति क्रान्ति नहुने गरि क्रान्तिको गला रेट्न पनि सकेनन् । क. किरणको नेतृत्त्वमा त्यति शक्तिशाली भएर क्रान्तिको झण्डा उठायौँ । नव साम्राज्यवाद र विस्तारवादले आर्काे कदम चाल्यो । वादलजस्ता कम्जोर वैचारिक धरातल भएका व्यक्ति र हद दर्जाको निम्न मध्यमवर्गीय प्रभाव परेका विप्लवहरुलाइ झटारो हान्यो । त्यसमा पनि उनिहरु सफल भए । क्रान्तिकारी आन्दोलनबाट उनिहरुलगायत एउटा तप्का बाहिरियो । किरणको नेतृत्त्वमा गोलबन्द भएको क्रान्तिकारी तप्का एक ढिक्का भएर उभियो । बरु बाहिर रहेका क्रान्तिकारी तप्का समेत एकताबद्ध भएर अगाडि बढ्यो र बढिरहेको छ । सकारात्मक तबरले भन्नु पर्दा नेपालमा क्रान्तिको झण्डा झुक्न पाएन । बरु यतिवेला किरणको वरिपरि अथवा किरणले नेतृत्व गरेको ने.क.पा.(क्रान्तिकारी माओवादी)को वरिपरि क्रान्तिकारीहरुको धुर्बिकरण क्रमिक रुपमा भै राखेको छ । यतिमात्रैले सर्वहारावर्गीय कार्यभार पुरा हुन सक्दैन । सर्वहारावर्गी क्रान्ति पुरा गर्न राजनीतिक तथा फौजी कार्यदिशाको स्पष्टता ,इच्छाशक्ति सहितको युनिफाइड नेतृत्त्व , त्याग , वीरता , बलिदानको भावले ओतप्रोत कार्यकर्ताको हिस्सा , वैचारिक एकरुपतासङ्गै भावनात्मक एकता , जनताको ठुलो हिस्साको समर्थन क्रान्तका लागि त्यतिकै आवश्यकता छ । क्रान्तिका यिनै आधारहरुलाइ पुरा गर्ने दिशा सोभ्mयाउनका निम्ति आधार तयार पार्नका खातिर अभियात अत्यावश्यक भई रहेको थियो । त्यसैलाई मध्यनजर गरेर पार्टीले अभियान चलाउने निर्णय गर्यो ।
अहिल् खड्किएको यो आवश्यकता पुरा गर्न सबै नेता , कार्यकर्ता, समर्थक, शुभचिन्तक जनतासमेत एकत्रित भएर चलाउन आवश्यक छ । तबमात्र पार्टीले ल्याएको अभियान र वस्तुगत आश्यकतालाइ ठिक तबरबाट जोड्न सकिञ्छ । आवश्यकताका सबै लक्ष्य हासिल नभएता पनि केही आधार तयार पार्न सक्नु पर्दछ ।
अभियानको लक्ष्यः— अभियानका केहि लक्ष्यहरु छन् । ति लक्ष्य पुरा गर्ने उद्देश्य राखेर अभियान सञ्चालन गर्नु आवश्यक छ । ति लक्ष्यहरुलाइ छोटकरिमा वा बुदामा यसरी सकेट्न सकिञ्छ ।
(क) माकर््सवाद–लेनिनवाद–माओवादका आधारभूत सिद्धान्तप्रतिको बुझाइको एकरुपता । मालेमावादलाइ बुभ्mनु भनेको विश्व क्रान्तिलाइ बुभ्mनु हो । सर्वहारावर्गीय पक्षधरतामा दरो र खरो तबरबाट आफुलाइ उभ्याउनु हो ।, वर्गसङ्घर्षको निम्ति आफूलाइ तयार पार्नु हो । एउटा गाउँपालिका, एउटा नगरपालिका, एउटा महानगरपालिका वा एउटा जिल्लामा कतिजाना त्यस्ता क्याडर(अबमभच) तयार पार्न सक्यौँ वा सक्छौँ भन्ने हिसाब गरेर कामको थालनि गर्न पर्दछ र निरन्तरता दिनुपर्दछ ।
(ख) विचारको त्यो एकरुपता सङ्गै नेता, कार्यकर्ता र जनताका विचमा नङ् र मासुको जस्तो, माछा र पानीकोजस्तो भावनात्मक सम्बन्ध बनाउन पर्दछ भन्ने हो । सा्रमज्यावादी तथा पँुजिवादी दुषित हावाले हामि सबैलाइ कहिँ कतैबाट प्रभाव पारेकै छ । हामि सवर्सहारावर्गीय विचारको कसिबाट शुद्ध हुन सकेका छैनौँ । या त हामि मध्ये एकले आर्काको कुरा काट्न बेस्त छौँ या त सङ्कीर्ण घेराभित्र रहेर आप्mना गतिविधि गरिरहेका हुन्छौँ । यस प्रकारमा गतिविधि र घेरा तोडेर बाहिर निस्कनु पनि यसको लक्ष्य हो । त्यतिमात्र हैन जनताबाट आमी पुरै कटेका छौँ । यसमा पनि कि त हाम्रा बेठिक गतिविधिले कटाएको छ कि त हामी जनतामा जाँदै नगएर कटेका छौँ । यो अभियान कार्य यसप्रकारका गतिविधिलाई तोड्न पर्छ भन्ने हो ।
(ग) हाम्रा वर्ग वैरीहरुले योजनाबद्धरुपमा मालेमावादका आधारभूत सिद्धान्तको तोड मोड गरिरहेका छन् । क्रान्ति सकियो भनेर भजन गाइरहेका छन् । क्रान्तिकारी नेताहरुका विरुद्ध कपोलकल्पित गाली गर्दै हिँडेका छन् । तर हामी क्रान्तिकारीहरु कान थापेर होकि क्या हो भने जस्तो गरि हिँडेका छौँ । यसप्रकारको गतिविधि क्रान्तिकारी चरित्रभित्र पर्दैन । त्यसैले यसको डटेर मुकाविला गर्न सक्ने इमान्दार क्रान्तिकारी क्याडर (अबमभच) तयार पार्नु पनि हो ।
(घ) उत्पीडितवर्ग वा समुदायको मुक्तिका निमित्त क्रान्ति अपरिहार्य आवश्यकता छ । यो सार्वभौम नियम हो । क्रान्ति पुरा गर्न विचार, राजनीति, कार्यदिशा , नेतृत्व, कार्यकर्ताहरुसँगै सङ्गठनको जालो बुन्न सक्नु पर्दछ । हाम्रो सन्दर्भमा त्यो जालो बन्न सकेन । त्यसैले अभियानको लक्ष्य भनेको चुस्त क्रान्तिकारी, लडाकु र अनुशासित पाटी निर्माणका साथै व्यापक मात्रामा जनसङ्गठनको विकास गर्नु पर्दछ भन्ने हो । पाटीका यिनै लक्ष्य पुरा गर्न र जुन अभियानको सुरुवात भैराखेको छ कम्तिमा यसलाइ पुरा गर्न तिर अभियान चल्न आवश्यक छ ।
५. अभियानको उद्देश्यः—देश जर्जर भै राखेका् अवस्थामा ने.क.पा.(क्रान्तिकारी माओवादी)ले विकल्प दिनु पर्दछ भन्ने हो । प्रतिगामीहरुले जनताको आक्रोशलाइ समेटेर पछाडि धकाल्न कोसिस गर्दछन् । राज्य आप्mनो स्वर्ग ढल्छ कि भनेर फासिवादतिर जाँदैछ ।जनता आक्रोसित र निरास दुबै अवस्थामा छन् । त्यसैले अभियान मार्फत आक्रोसित र निरास बन्दै गरेका जनतालाइ सहि बाटोमा लामबद्ध गर्न व्यापक जनसङ्गठन विस्तार गरेर चेतनशील बनाउँदै अबको अग्रगामी बाटो भनेको जनताको सङ्घीय गणतन्त्र,समाजवाद हुुुुदैैँ साम्यवादमा पुग्न निरन्तर क्रान्तिको बाटो हो भनेर देखाउनु हो ।
तत्कालैबाट सानो पैमानका किन नहोउन जनसङ्घर्ष, प्रतिरोध सङ्घर्ष, वर्गसङ्घर्ष अगाडि बढाउन बलियो आधार तयार पार्नु हो । सबै जिल्लाहरुमा एकै प्रकारका अभियान त हुँदैनन् तर लक्ष्य, उद्देश्य र बुझाइको एकरुपता हासिल गर्दै मुख्य, मध्यम र सामान्य तिन भागमा विभाजन गरि अभियानलाइ अगाडि बढाउँदा राम्रो हुन्छ । यहि नै अभियानको लक्ष्य,उद्देश्य र आवश्यकता हो ।