फाउण्डेसन सल्लाहकार समितिको अध्यक्षमा मोहन वैद्य

दुल्लुमा हर्क वहादुर शाहीको अर्धकदको शालिक निर्माण

प्रकाशित मिति : २०७६ आश्विन १०

दैलेख, असोज १०

आज बसेको हर्कवहादुर शाही स्मृति फाउण्डेसनको कार्य समितिको वैठकले फाउण्डेसन सल्लाहकार समितिको अध्यक्षमा नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई चयन गरेको छ । सदस्यहरुमा पुर्व राष्ट्रिय सभा सदस्य रंगनाथ जोशि, पुर्व प्रतिनिधि सभा सांसद नर वहादुर हमाल ,चक्रपाणि शर्मा र एक सदस्य पछि थप गर्ने गरी पाँच सदसीय समिति रहने निर्णय गरिएको छ ।
हर्कवहादुर शाहीको सम्झनामा एक मिनेट श्रद्धाञ्जली गर्दै वसेको वैठकको अध्यक्षयता फाउन्डेसनका अध्यक्ष दिपक वहादुर शाहीले गरेका थिए । प्रमुख अतिथीका रुपमा उपस्थित महासचिव वैद्यले हर्कवहादुर शाहीले लिनु भयको वर्गीय मुक्ति आन्दोलन र अधुरो क्रान्तिको कार्यभार पुरा गर्न माहान् शहिदहरुले लिएको उद्धेश्य प्राप्तिको वाटोमा अघि वढ्नु पर्ने कुरामा जोड दिएका थिए ।  निकट भविष्यमै सल्लाहकार समितिका अध्यक्ष एवं नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको प्रमुख आतिथ्यतामा “माक्सवादको रक्षा, प्रयोग र विकास” विषयक वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी रहेको हर्कवहादुर शाही स्मृति  फाउण्डेसनले जनाएको छ । 
साथै दैलेखको  दुल्लुमा हर्क वहादुर शाहीको अर्ध कदको शालिक निर्माण गर्ने निर्णय समेत वैठकले गरेको छ ।