दिवंगत माओवादी नेता श्रीनाथ अधिकारी (क.श्याम)को शोकसभा सम्पन्न

प्रकाशित मिति : २०७६ असार २८


चितवन । नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिको आयोजनामा आज चितवनको पृथ्वीनागर, बरौजीमा पार्टीका दिवंगत नेता तथा पीवीएम श्रीनाथ अधिकारी (कमरेड श्याम)को शोकसभा सम्पन्न भएको छ । पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख उपस्थितिमा सम्पन्न शोकसभामा क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता तथा दिवंगत नेता अधिकारीका आफन्त तथा शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

क्रान्तिकारी माओवादीका पीवीएम सागरको अध्यक्षतामा भएको शोकसभाको सञ्चालन पीवीएम अटलले गरेका थिए ।

नेता अधिकारीको फोटोमा माल्र्यापण गरी सुरु भएको शोकसभामा पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेता अधिकारीका जेठा छोरा निश्चलले कमरेड श्यामको जीवनीदेखि उपचार प्रक्रियामा भए गरिएका प्रयासको बारेमा चर्चा गरेका थिए । पूर्व माओवादी तथा वामपन्थी नेता भक्ति लामिछानेले कमरेड श्यामको समग्र राजनीतिक जीवन र उहाँको योगदानको विषयमा चर्चा गरेका थिए । शोकसभामा प्रमुख अतिथि सीपी गजुरेल, सत्तारुढ नेकपाका नेता नारायण दाहाल, हितराज पाण्डे लगायतले पनि कमरेड श्यामले नेपालको कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनमा पु¥याउनु भएको समग्र योगदानको विषयमा चर्चा गर्दै उहाँको क्रान्तिकारी जीवनबाट कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनको पछिल्लो पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताएका थिए । शोकसभामा परिवारको तर्फबाट कमरेड श्यामकी कान्छी बहिनी शान्ता अधिकारीले मन्तव्य राखेकी थिइन् ।

शोकसभामा कमरेड श्यामप्रति श्रद्धाञ्जलीका लागि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, प्रमख प्रशासकीय अधिकृत नेत्र सुवेदी, सत्तारुढ नेकपाका नेताहरु हरि अधिकारी, मालेका केस परशुराम लामिछाने, नेकपाका एमबहादुर परियार लगायत रहेका थिए ।


नेता श्रीनाथ अधिकारी क.श्यामको असार २२ गते उपचारको क्रममा निधन हुन पुगेको थियो । नेता अधिकारीको निधनबाट पार्टी र क्रान्तिमा ठूलो क्षति पुगेको भन्दै क्रान्तिकरी माओवादीले श्रद्धाञ्जली वक्तव्य समेत जारी गरेको थियो ।