ऐतिहासिक पृष्ठभमिूबाट के स्पष्ट छ भने नेपालमा मुसिलम समुदाय धार्मिक, सांस्कृति र भाषाकि क्षेत्रमा रहेको विभेदलाई आधार बनाएर साढे दुई सय वर्ष पूर्वदेखि सामान्ती हिन्दु सामन्तवादी राज्यले दोस्रो दर्जाको नागरिकको रुपमा हेर्दै आइरहेको छ । यद्यपि पछिल्लो कालखण्डमा दरबारियाहरुले एकाग्र दलाल तयार गरेर मुस्लिम समुदायको तथाकथित सहभागिताको नौंटकी नदेखिइएका होइन ।

परन्तु जब सम्मा समग्र मुस्लिम समुदायकोको निम्ति राजनीतिक, आर्थिक, सांस्कृतिक,शैक्षिक सबै क्षेत्रमा विशेषाधिकारको व्यवस्था हुँदैन, तबसम्म समान अधिकार पाप्त गर्न नसक्ने यथार्थता स्पष्ट छ । त्यसको लागि मुलुकमा सामान्तवादको पूर्ण अन्त्य हुनपर्दछ र मुलुकलाई पूर्णतः जन गणतन्त्रात्क प्रणालीमा लैजानु पर्दछ । जनगणतन्त्रका विना स्वतन्त्रता र समानताको कुनै विकल्प छैन । नेपालमाथि सामन्ती हिन्दुवादी राजतन्त्रका साथै विगत शताब्दीदेखि अंग्रेजहरुले इष्टइण्डिया कम्पनीदेखि भारतका हिन्दुवादी शासक वर्गलगायतका सत्ताधारीहरुले उपनिवेश बनाउँदै आइरहेका छ ।

हार्दिक शुभकामना !

मुस्लिम समुदायमाथि भारतीय हिन्दुवादी शासकहरुको झन् कुदृष्टि रहँदै आयो । भुपरिवेष्ठित मुलुक नेपाल भारतसँगको खुल्ला सिमाना भारतीय सत्ताधारीहरु हिन्दु र मुसलमान बीच फुटाए शासन गर्न लिप्त रहँदै आएको सन्दर्भमा त्यसको प्रतिबिम्ब नेपालमा पनि पर्ने गरिरहेको छ । त्यस्को मार सबैभन्दा बढी नेपालमा मुस्लिम समुदायमाथि पर्ने गरेको छ । तसर्थ भारतीय विस्तारवादीको थिचो र मिचो र उत्पीडनबाट मुक्ति अनिवार्य छ । त्यसको निम्ती खुल्ला सिमानाको नियन्त्रण सन् १९५० को सन्धी लगायतका सम्पूर्ण असमान सन्धीहरु खरेज गरिनु पर्दछ ।

नेपालमाथि पटक पटक हस्त्षेप गर्ने क्रम अमेरिकी साम्राज्यवादले पनि गरिरहेको छ । विश्वव्यपाी अमेरिकी साम्रज्यवादको दादागिरी त्यसका विरुद्ध ृठेका कुनै पनि आवाजलाई कथित आतंकवादको विल्ला भिराएर फाँसिवादी युद्धअपराध थोपादै आइरहेको छ । त्यसको मारमा पनि कुनै न कुनै रुपमा नेपालका मुसिलमहरु प्नि भौग्दै आइरहेका छन् ।

यी सबै प्रकारका औपनिवेशिक स्थितीबाट पनि नेपाललाई मुक्ति बनाएर स्वाधिन र स्वतन्त्र मुलुकको रुपमा विकास गर्न आवश्यक छ ।
यसरी हिन्दुवादी सामान्तवादी, विस्तारवाद र विदेशी साम्राज्यवादी उत्पीडितबाट मुलुकलाई पूर्णतः मुक्तिको लागि सम्पूर्ण उत्पीडित मुस्लिम समुदायहरु गेलबन्द भएर सामन्तवाद र साम्रज्यवादको विरुद्ध संघर्ष नयरी अर्काे विकल्प छैन् । परनतु आजको विश्वसाम्राज्यवाद र सर्वहारा क्रान्तिको युयमा साम्राज्यवाद बिरुद्धको तागत र विचार केवल सर्वहरा वर्गमा मात्र निहित रहेको इतिहास समक्षी छ ।

कुनै पनि धार्मिक कट्टरता जातिय अन्धता विशेषले मात्र लडेर विजय प्राप्त गर्न कठिन छ भन्ने कुरा ११ सेप्टेम्बर पछि विश्व घटनाक्रमले प्रष्ट पारिरहेको छ । विश्वमा सहि बैचारिक राजनीतिक मार्ग निर्देशनको अभावमा साम्राज्यवादका विरुद्ध लडदा कति धेरै खुन खराबी भइरहेको छ । त्यसको हिसाब गर्न कठिन छ, यो गम्भीर विषयमा नेपाली मुस्लिमहरुको गम्भीर ध्यान जानै पर्छ र विश्व साम्राज्यवादका विरुद्धको संघर्षका लागि मुस्लिम समुदायको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीति र कार्यनीति बन्नै पर्छ ।

अतः सर्वहारा वर्गको नेतृत्वमा सम्प”र्ण जाति,भाषा–भाषि,धार्मिक तथा सांस्कृतिक समुदायहरु गोदबन्द भएर संघर्ष गर्न सक्यो भने विजय सुनिश्चितछ । त्यसैले नेपालको सन्र्दर्भमा माक्र्सवाद लेनिनवाद–माओवाद÷विचारको बैचारिक मार्ग निर्देशनमा सञलित क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्वमा सम्पूर्ण जाति,भाषा–भाषी, लैड्ढिक वर्गीय, क्षेत्रिय, तथा उत्पीडन धार्मिक समुदायहरु गोलबन्द भएर सामान्तवाद, विस्तारवाद र साम्राज्यवाद विरुद्ध संघर्ष गर्नै पर्दछ ।त्यस प्रकारको संघर्षबाट मात्र मुलुकमा जनवादी गणतन्त्रको स्थापना गर्न सकिने छ ।

जनवादी गणतन्त्रले मात्र उत्पीडित धार्मिक समुदाय जातजाति लिंग, दलित, वर्ग र क्षेत्र लगायत सबै प्रकारको उत्पीडनका समास्यहरु समाधान गर्नेछन् । त्यस व्यवस्थामा राज्य पूर्णत लोकतान्त्रिक प्रकारको हुनेछ । सबै प्रकारका शोषण र दमनका रुपहरु अन्त्य हुनेछ । मुलुकलाई पूर्णतः धर्म निरपेक्षराज्य बनाइनेछ । धार्मिक स्वतन्त्रता पूर्णत प्रदान गरिनेछ ।धर्म नागरिकहरुको निजी आस्था, विश्वास र नीजी स्वतन्त्रताको रुपमा स्थापित गरिनेछ । भाषागत र संस्कृतिक भेदभाव र पक्षपात लगायत उत्पीडनका स्वरुपहरु अन्त्य गरिने छ । मुस्लिम समुदायको हकमा विशेषाधिकार गरिनेछ । मुस्लिम समुदायको भाषा र संस्कृतिको संरक्षण र विकासलाई जोड दिइने छ । अफ्नै मातृ भाषामा शिक्षा दिक्षा प्राप्त गर्न पाउने व्यवस्था हुनेछ ।

आर्थिक क्षेत्रमा मुलुकलाई सामान्ती उत्पादन सम्बन्ध र औपनिवेशीक उत्पादन सम्बन्धलाई समुल रुपमा परिवर्तन गरी राष्ट्रिय पूजीवादी र औद्योगिक पुँजीको विकास गर्ने आत्मनिर्भर तथा स्वाभिमान प्रकारका अर्थतन्त्रको निर्माण गर्ने व्यापार र व्यवासयीक आदि सबै क्षेत्रमा सामुहिक अभ्यास गर्ने व्यवस्था प्रारम्भ गरिनु पर्दछ । पूर्ण रोजगार, निशुल्क स्वाथ्य र शिक्षाको सुनिश्चित गरिनुर्पछ ।

यी सबै व्यवस्थापनका लागि सामान्तवाद, विस्तारवाद र सम्राज्यवाद निरोधी शक्तिहरु देशभक्ति, वास्तविक गणतन्त्रवादी र न्यायप्रेमी सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई एउटै सुत्रमा गोलबन्द गर्नै पर्दछ । यहि उद्देश्यले मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपालको गठन गरिएको छ । सही विचार भावना र मर्मलाई फक्रदै सम्पूर्ण उत्पीडित मुस्लिम समुदाय एउटै संगठनको झण्डा मुनी गोलबन्द हुने ऐतिहासिक आवश्यकतालाई आत्मसात् गर्नै पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर