
अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको सुदुर पश्चिम प्रदेशको प्रथम प्रदेश भेला बुधवार कैलालीको अत्तरियामा भव्यताका साथ सम्पन्न भएको छ । भेलाले टङ्कप्रसाद कोइरालाको नेतृत्वमा ५ सदस्यीय प्रदेश सम्मेलन आयोजक समिति गठन गरेको छ ।
सम्मेलन आयोजक समितिका अन्य सदस्यहरुमा गङ्गाराम बि. क., केन्द्रीय सदस्य डडेल्धुरा, चन्दलाल चौधरी कञ्चनपुर, रमछन्द पाठक डडेल्धुरा, हरि नारायण राना थारु कैलाली रहेका छन् । भेलाले सङ्गठन, सङ्घर्ष, आर्थिक, प्रकाशन लगायत विविध विषयमा निर्णय गरेको छ ।
साथै, भेलाले किसान महासङ्घका विभिन्न घटकहरुको निर्माण गर्ने र किसानका समस्याहरुको सहि पहिचान गरी त्यसको समाधानार्थ किसान आन्दोलनलाई सशक्त पारी जनवादी क्रान्तिको मेरुदण्डको रुपमा विकास गर्ने निर्णय समेत गरेको छ । भेलामा महासङ्घका महासचिव धनेश्वर पोख्रेल र पि. बि. एम. तथा सुदुृर पश्चिम प्रदेशका सेक्रेटरी कामरेड अटलको विशेष उपस्थिति रहेको थियो ।





























