ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघको ३ नं. प्रदेशका भेला सम्पन्न भएको छ । महासंघका अध्यक्ष सीताराम तामाङ र क्रान्तिकारी माओवादीका पीवीएम दिनेश शर्माको उपस्थितिमा भएको भेलाले थलप्रसाद देवकोटाको संयोजकत्वमा १५ सदस्यीय ३ नं. प्रदेश कमिटि निर्माण गरेको छ ।

हार्दिक शुभकामना !

भेलाले उक्त कमिटिका सदस्यहरुमा दिवाकर न्यौपाने (चितवन), प्रकाशबाबु खनाल(चितवन), शेखरनाथ आचार्य (काठमाडौं), छत्र आले (भक्तपुर), विष्णु रेग्मी (ललितपुर), ढकप्रसाद देवकोटा(सिन्धुली), प्रेम डंगोल (ललितपुर), तिलक केसी (दोलखा), ढुण्डिराज न्यौपाने (नुवाकोट), गोपाल रिजाल (धादिङ), रामकृष्ण बानियाँ (मकवानपुर), केशव ओझा (काभ्रे), खड्गबहादुर थापा (सिन्धुपाल्चोक), काजीबाबु खड्का (रामेछाप) लगायत रहेका छन् ।

भेलाले तीन महिने अभियान सञ्चालन गर्ने, जिल्ला कमिटिहरु गठन पुनर्गन गर्ने, गापा र नपामा कमिटि निर्माण र व्यापक रुपमा सदस्यता वितारण गर्ने निर्णय गरिएको छ । र, संघर्षको लागि समस्याहरुको पहिचान गरी तीन महिनापछि बैठक बस्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर