काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले राष्ट्रिय भेलाको अन्तिम तयारीका लागि कार्यविभाजन गरेको छ । मेस व्यवस्थापनमा बद्री चापागाई र अर्जुनलाल श्रेष्ठ, मञ्च तथा बन्द सत्र हल व्यवस्थापनमा ढोगप्रसाद अधिकारी, आवास व्यवस्थानमा कुमार घतानी, व्यानर व्याचमा बालकुमार सुनुवार, प्रतिनिधि पर्यवेक्षक सम्पर्कमा मोहन पहाडी, विधान प्रतिवेदन लेखनमा संयोजक इश्वर तिमिल्सिना, मजदुरहरुको परिचालनमा सबै घटक संगठनहरुको रहने गरी कार्यविभाजन गरिएको महासंघका संयोजक तिमिल्सिनाले जानकारी दिए । बैठकमा क्रान्तिकारी माओवादीका पीवीएम दिनेश शर्मा सागरको विशेष उपस्थिति रहेको थियो ।
महासंघको राष्ट्रिय भेला जेठको ३१ र ३२ गते काठमाडौंमा हुँदैछ । भव्य समारोहका बीच भेलाको उद्घाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले गर्ने कार्यक्रम तय गरिएको छ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर