दलित मुक्ति मोर्चा ५ नं. प्रदेश, चितवन र सिन्धुलीको भेला सम्पन्न

दलित मुक्ति मोर्चा ५ नं. प्रदेश, चितवन र सिन्धुलीको भेला सम्पन्न


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चा ५ नंं. प्रदेश, चितवन र सिन्धुलीको भेला सम्पन्न भएको छ । चितवन जिल्ला संगठन समितिको भेला मंगलबार सम्पन्न भएको छ । सप्तगण्डकी क्याम्पसको सभाहलमा भएको भेलाले शान्ति वि.क.अध्यक्ष रहेको २३ सदस्यीय नेपाल दलित मुक्ति मोर्चा, चितवन जिल्ला समिति गठन गरेको छ ।

भेलाले समितिको उपाध्यक्षहरुमा बाबुलाल बराईली, तोरण परियार सचिवमा केदार परियार , सहसचिवमा अमृत वि.क., कोषाध्यक्षमा शेर बहादुर वि.क. र सदस्यहरुमा क्रमशः पोखराज वि.क., रामकृष्ण धमाले, देविलाल वि.क., कृष्ण वि.क., नरबहादुर विश्वकर्मा, सरिता वि.क., रेनु घतानी, राम वि.क., मिलन सुनुवार मिरा परियार, सन्तोष मिजार, सुनिता वि.क. लगायतलाई चयन गरेको छ । शान्ति वि.कको अध्यक्षतामा भएको भेलाको सञ्चालन केदार परियारले गरेका थिए ।

१४ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसर पारेर आयोजना गरिएको भेलामा मोर्चाका सह–संयोजक बाबुराम प्यासी परियारको प्रमुख आतिथ्यमा तथा मोर्चाका प्रदेश नः ३ का संयोजक टेक बहादुर वि.क, नेकपा (क्रान्तिकारी माओवादी)का सल्लाहकार समिति सदस्यीय भुमेश्वर कँडेल र जिल्ला सचिव हेमन्त लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि तथा अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा दलित तथा उत्पीडित समुदायमाथि हालसम्म पनि विभेद कम नभएको र सरकारले घोषणा गरेको छुवाछूत मुक्त राष्ट्र फगत गफमा मात्र सीमित भएको भनाइ राखेका थिए । सरकार दलित तथा उत्पीडित समुदायलाई अधिकार दिन नचाहेको र यो संबिधानले उत्पीडित तथा दलित समुदायलाई अधिकार दिन नसक्ने हुँदा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी जनसंविधान निर्माणले मात्र सयौं वर्षदेखि लादिएको छुवाछूत भेदभाव तथा सामाजिक विभेद जस्ता निकृष्ट प्रथा अन्त गर्न सकिने र शोषित पीडित जनसमुदाले मुक्तिको सास फेर्न सकिने उनीहरुको भनाइ थियो ।

यसैबीच, गत १८ गते नेपाल दलित मुक्ति मोर्चा सिन्धुली जिल्ला भेला सम्पन्न भएको छ । जितबहादुर नेपालीको संयोजकत्वमा १५ सदस्य भेला आयोजक कमिटी गठन गरेको छ ।

नेपाल दलित मुक्ति मोर्चाका प्रदेश नः ३ का संयोजक टेकबहादर वि.क.को प्रमुख अतिथ्य सम्पन्न भेलाले आगामी असार ५ गते तेस्रो जिल्ला भेला गर्ने तयारी गरेको छ । मानवबाट मानवमाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न दलित तथा उत्पीडित समुदाय एकजुट हुँदै आवश्यक परे संघर्षका निमित्त तयार हुनुपर्ने भनाइ राखेका थिए । नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुली कमिटी सचिव नविनले मोर्चाको भेला सफल पार्ने पार्टीको तर्फबाट पुर्ण सहयोग रहने बताएका थिए ।

यसैबीच, दलित मुक्ति मोर्चा प्रदेश ५ को भेला नयाँ नेतृत्व चयन गरी सोमबार बुटवलमा सम्पन्न भएको छ । भेलाले गोपाल नेपाली(प्युठान)को संयोजकत्वमा १३ सदस्यीय मोर्चाको नयाँ नेतृत्व चयन गरेको हो । समितिका सदस्यहरुमा क्रमशःतिलक विक(दाङ), शेरबहादुर विक(रुपन्देही), इन्द्र नेपाली (बाँके), बिक्रम नेपाली (प्युठान), दिपक विक (बर्दिया),श्याम सार्की(गुल्मी), चुन्नीकला विक(पाल्पा), धनबहादुर विक(दाङ), प्रदेशी पासवान (कपिलवस्तु), रबिन्द्र सुनार (प्युठान), बिष्णु गैरे (परासी) र राजन सुनार(रुपन्देही) रहेका छन् । भेलामा बोल्दैं नेकपा क्रान्तिकारी माओवादीका पोलिट व्युरो सदस्य प्रेमनाथ सुवेदीले संगठन विस्तार र दलित मुक्ति आन्दोलनमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।