सिन्धुली । क्रान्तिकारी युवा लिग, नेपाल ३ नम्बर प्रदेशको प्रथम सम्मेलन सिन्धुलीको सिन्धुलीमाडीमा भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ । स्थानीय धुरा बजार, २ नम्बर बजार, शान्तिनगर चोकहुँदै खुलामञ्चमा आएर सभामा परिणत भएको सभाका बीच सम्मेलनको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी कमिटी सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले गरेका थिए ।

हार्दिक शुभकामना !

प्रदेश सम्मेलनले केशव ढल्कुटीको अध्यक्षतामा ३७ सदस्यीय प्रदेश कमिटि निर्वाचित गर्दै सम्पन्न भएको छ । निर्वाचित अन्य पदाधिकारीमा सागर उप्रेती–उपाध्यक्ष, सुरेश तामाङ–सचिव, रोमन महर्जन–सहसचिव, ईन्द्र चिमोरिया–कोषाध्यक्ष र सदस्यहरुमा असल वाईवा, रवि अधिकारी, राजु लोहला, सन्देश तामाङ, अष्ट तामाङ, हरि विक, रामशरण केसी, उमेश मगराती, नितम खड्का, करण घतानी, सुरेश तामाङ, निरन तुलाधर, प्रेमराज श्रेष्ठ, सुरेश खत्री, कृष्ण प्रसाद बेन्जु, वसन्त बिक, रेशम माझी, कृष्ण कुमार राई, उद्धव सापकोटा, कमरेड हरि महत, रवि रोकालगायत रहेका छन् ।
सम्मेलनमा क्रान्तिकारी माओवादीका ३ नं. प्रदेश सचिव दिनेश शर्मा सागर, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, पार्टी केस तथा लिगका ३ नं. प्रदेश इन्चार्ज बसन्त बोगटी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर