काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ओली सरकारका अर्थमन्त्री युवराज खतिवडाले साढे १५ खर्ब हाराहारीको बजेट बुधबार ल्याउँदै छन् । अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गर्ने छन् । अघिल्लो वर्षमा जस्तै दोहोरो अंकको आर्थिक बृद्धिदर कायम गर्न सकिने लक्ष्य र परिकल्पनासहित आगामी आर्थिक वर्षको बजेट बाचन हुने छ ।
स्रोतका अनुसार यो बजेट सामाजिक सुरक्षा र पूर्वाधारमा बढि केन्द्रित भएर आउने छ । अर्थ मन्त्रालयलले यस अघि दिएको जानकारी अनुससार राजश्व र करका दायरा विगतका वर्षहरुम भन्दा बढी फराकिलो बनाइने छ ।
पोहर सालको संघीयता कार्यान्वयनको पहिलो बजेट र त्यसको कार्यान्यनको समीक्षासहित यो बजेट ल्याउन लागिएको बताइएको छ । यसका साथै नीतिगत भाषण र आचारका बारेमा शब्दहरुको थुप्रो लगाइने भएको छ । विदेशी लगानी कर्ताहरुलाई आकर्षित गर्ने र लगानीको वातावरण बनाउने नाममा दलालमुखी अर्थतन्त्रको विकासे मोडेलहरु पनि यसले समेटेर ल्याउने पूर्व संकेत देखिएको छ ।
मन्त्री, सांसद तथा कर्मचारीको तलब बृद्धि भएर आउने भएकाले पहिले नै आकाशिएको महंगीले बजेट भाषणसँगै महंगीको सगरमाथा छुन पुग्ने छ । तर जनताका आधारभूत आवश्यकता र शिक्षा तथा स्वास्थ्य जस्ता जनताका मौलिक कुराहरुलाई अहिलेको बजेट भाषणले पनि त्राण दिने देखिएको छैन ।
करको आकार र दायरा थप बढाइने निश्चित भएको छ ।