आदरणीय श्रमिक साथीहरु ! नेपालको जनसंख्याको ३० प्रतिशत श्रम शक्ति स्वदेश र विदेशका श्रम बजारमा क्रियाशील छन् । निर्वाहमुखी खेतीपाती प्राणालीबाट जीविकोपार्जन र न्यूनतम मानवीय आवश्यकतासमेत पूरा हुन नसक्ने स्थिति पैदा हँुदै गएपछि श्रम बजारमा रोजगारीका लागि उद्योग व्यापार, निर्माण, सेवा आदिका श्रमबजारमा रोजगारीका लागि केन्द्रित हुँदै गरेको विसाल श्रमिकहरुको फौजको संख्या १ करोड वरिपरि देखिदैछ । स्वदेशको श्रम क्षेत्रले श्रमिकहरुको चापलाई धान्न नसक्दा वैदेशिक रोजगारीको कमारोतुल्य जीवन बाँच्न विवश लाखौंलाख श्रमिकहरुको संख्या पनि तिब्र गतिमा विस्तारित भइरहेको छ ।

हार्दिक शुभकामना !

श्रमका क्षेत्रहरु अर्थात् श्रमबजारमा श्रमिकवर्ग र पुँजीपतिवर्गको वर्गीय स्वार्थहरुको बीचमा बहस, विवाद र संघर्षहरु समेत अब नयाँ उचाइमा विकसित हुँदैछन् । पुँजीपति वर्गले लगानीमैत्री राज्य प्रशासन, लगानीमैत्री श्रम नीति, लगानीमैत्री श्रम कानून, लगानीमैत्री ट्रेडयूनियन आदि नारा उठाएर श्रमिकवर्गको श्रमशक्तिको लुट मच्चाएर धनको राश थुपारिरहेका छन् भने अर्को तर्पm श्रमिकहरुको दैनिक गुजाराको आवश्यकता पूरा हुने स्थिति छैन ।

‘सुखी नेपाली, समृद्ध नेपालको’ नारा दिएर बनेको आपूmलाई समाजवादी भन्ने सत्ताधारीहरु श्रमिक विरोधी ऐन, नियम र कानून निर्माण गरिरहेका छन् । कथित समृद्धिको नाममा वैदेशिक पुँजीपति वर्गलाई विशेष सहुलियत दिएर नेपालको प्राकृतिक साधन श्रोतमाथि बेलगाम लुटका लागि ढोका खोलेर स्वागत गरिरहेका छन् र वैदेशिक रोजगारीका नाममा नेपाली श्रम शक्तिलाई अरब, कतार, मलेसिया, जापानजस्ता देशहरुमा निर्यात गरेर ‘रेमिट्यान्स’ भित्र्याउने परिचर्चामा व्यस्त छन्, मानौ वैदेशिक रोजगारीको कमारोतुल्य श्रमबजार उनीहरुको गर्वको विषय हो ।

नेपाली श्रमिकहरुको स्वदेशमा रोजगारीको सुनिश्चितता न्यायोचित पारिश्रमिक, संगठित हुने तथा मागहरु राख्ने हक, आदि आधारभूत मागहरुलाई संबोधन गरिएको छैन, बरु कानूनी र व्यवहारिक दुवै हिसाबले ती अधिकारहरु खोस्ने कार्यलाई अगाडि बढाइएको छ । हायर एण्ड फायरका नाममा अस्थायी, करार र ज्यालादारी प्रथाका आधारमा विगतको श्रम ऐनमा उल्लेखित हक खोसिएको छ भने ‘नो वर्क नो पे’ का नाममा श्रमिकहरुका जायज मागहरु उठाउँदा पारिश्रमिक गुमाउनु पर्ने र रोजगारी गुमाउन पर्ने स्थिति बनाइएको छ फलतः व्यवसायिक प्रतिष्ठानहरुमा श्रमिक संघहरु यात निरीह भइरहेका छन् यात व्यवसायिक घरानाहरुका रुचिअनूरुप चल्न बाध्य बनाइएका छन् ।

बैंक तथा वित्तिय शोषणका जाँतोमा पिल्सिएका र प्रशासनिक दमनको नियमित सिकार भइरहने स्वरोजगार यातायात श्रमिकहरु हुन् । चाहे माग राख्ने अधिकार समेत खोसिएका होटल क्षेत्रका श्रमिकहरु हुन् त्यस्तै लाखौंलाख निर्माण क्षेत्रका श्रमिकहरुले हप्ता बिदा ८ घण्टा कार्य दिनको विश्वव्यापी स्वीकृत नियमको उपभोग गर्ने स्थितिबाट बन्चित भइरहनु पर्ने बाध्यता छ । यो स्थिति पर्यटन, उद्योग, गलैँचा, सेक्युरीटी, अटो लगायत सबै क्षेत्रमा विद्यमान छ । श्रमिकहरुका अध्यारो युग समाप्त पारेर उज्यालो युग सूत्रपात गरेको गफ गर्ने सरकारले न्यूनतम तलव र सामाजिक सुरक्षा कोष, योजना कार्यान्वयन गर्न समेत प्रयत्न गरिरहेको
छैन ।

एकातिर पुँजीपतिवर्गले राज्यबाट विशेष सहुलियत, सेवा सुविधा प्राप्त गरिरहेको छ भने श्रमको दोहन गरेर ट्रेड युनियनहरुमा समेत आफ्नो प्रभावलाई बिस्तार गरिरहेको छ । पुराना, स्थापित र मूल प्रवाह सम्झने ठूला भनिएका यथास्थितिवादी ट्रेड यूनियनहरु बहुराष्ट्रिय कम्पनीहरुका स्वार्थमा काम गर्ने कारिन्दा भै आईएल्ओ लगायतका संस्थाहरुले तयार पारी दिएका परियोजना कार्यान्वयन गर्ने । निकायमा बदलिइसकेका छन् । पुँजीपतिवर्गले जुटाइ दिएको आर्थिक श्रोत प्रयोग गरेर श्रमिकवर्गको क्रान्तिकारी चरित्रलाई समाप्त पार्नु तिनीहरुको धन्दा बन्न पुगेको छ । स्थिति कस्तो छ भने श्रमिक र व्यवसायी बीचमा विवाद हुँदा तिनीहरु मध्यस्तकर्ता झैं बीचमा बसेर दलालको भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरिरहेका छन् ।

यस्तो स्थितिमा हामीले श्रमिकवर्ग माथि पुँजीपति वर्ग र राज्यले गरिरहेको सबैखाले शोषण दमनविरुद्ध संघर्ष गर्दै अगाडि बढ्नु पर्दछ भन्ने मान्यता राख्दछौँ । श्रमिकहरुको सचेत संगठन निर्माण गर्दै क्रान्तिकारी श्रमिक आन्दोलनको विकास गर्नु नै वर्तमान चुनौतीहरुको सामना गर्ने ठीक उपाय हो । यस कारण हामीले श्रमका विभिन्न क्षेत्रमा कृयाशील श्रमिकहरुसँग बहस, छलफलहरुलाई अगाडी बढाउँदै राष्ट्रिय भेला यहि २०७६ साल जेष्ठ ३१ र ३२ गते काठमाण्डौमा सम्पन्न गर्ने योजन बनाएका छौँ र श्रमिकवर्ग माथि थोपरिएका चुनौतीहरुको सामना गर्ने तागत पैदा गर्न श्रम क्षेत्रमा क्रियाशील रहेका सबैले यस दिशामा सकारात्मक भूमिका निर्वाह गर्न हामी हार्दिक अनुरोध गर्दछौँ ।

क्रान्तिकारी अभिवादन सहित !
अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ

प्रतिक्रिया

सम्बन्धित खवर